• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ:अध्ययन

    बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ:अध्ययन

    पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी चाप बढ्यो

    पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी चाप बढ्यो

    भोटेकोशी बाढी : सहयोग प्राप्त हुनेक्रम जारी

    बाढीपछि प्रभावित क्षेत्रमा झाडापखालाका बिरामी देखिन थाले

    नेपाललाई बाढी प्रभावित क्षेत्रमा उद्धारमा र सहयोग गर्ने भारतका रक्षामन्त्रीको प्रतिवद्धता

    नेपाललाई बाढी प्रभावित क्षेत्रमा उद्धारमा र सहयोग गर्ने भारतका रक्षामन्त्रीको प्रतिवद्धता

    ‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’

    ‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’

    पुवाखोलामा बेलिब्रिज जडान सुरु, दुई साताभित्र सञ्चालनमा ल्याउने तयारी

    पुवाखोलामा बेलिब्रिज जडान सुरु, दुई साताभित्र सञ्चालनमा ल्याउने तयारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

म्याग्दीको मिस्त्रीखोलामा माछा पाइन छाडे

metakhabar by metakhabar
९ जेष्ठ २०८३,
0
म्याग्दीको मिस्त्रीखोलामा माछा पाइन छाडे
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ भएर बग्ने मिस्त्रीखोलामा माछा पाइन छाडेका छन् ।

जलविद्युत आयोजना निर्माण भएपछि मिस्त्रीखोलामा पानीको सतह घट्न घट्दा त्यसको असर माछालगायत जलचरमा परेको हो । अन्नपूूर्ण गाउँपालिका–४ नारच्याङको बाँसबोटका अविन चोचाङ्गीले खोलामा बग्ने पानी जलविद्युत् आयोजनाको बाँधदेखि सुरुङमार्फत विद्युत्गृहमा पुग्न थालेपछि माछा, पाहा पाइन छाडेको बताए ।

‘पहिले मिस्त्रीखोलामा प्रशस्त माछा, पाहा पाइन्थ्यो, पानी सुकेपछि अहिले पाइन छाड्यो,’ उनले भने, ‘खोलामा भएको १० प्रतिशत पानी छाडेपनी सतह घटेपछि माछालगायत जलचरले बासस्थान छाड्दा रहेछन् ।’

२०७७ सालमा ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजना निर्माण भएपछि नारच्याङ्को दोभिल्नादेखि कालीगण्डकीको दोभानसम्म हिउँदको मङ्सिरदेखि जेठ महिनासम्म मिस्त्रीखोलामा न्युन मात्रामा पानी बग्ने गर्छ । मुख्य याममै माछा पाइन छाडेपछि माछा मारेर जिविकोपार्जन गर्दै आएकाले ज्याला मजदुरी र खेती किसानीको वैकल्पिक पेशा रोजेको बताउँछन् ।

बाँसबोट, नारच्याङ, पटार टोलका बासिन्दाले मिस्त्रीखोलामा माछा मार्ने गरेका थिए । अन्नपूूर्ण र निलगिरि हिमालको फेदीबाट बगेर आउने चिसो पानीमा हुर्किएका मिस्त्रीखोलाका असला माछाको प्रमुख बजार पर्यटकीयस्थल भुरुङ्ग तातोपानी हो । स्थानीय माछाले माग धान्न नसकेपछि बाहिरबाट मगाउनुपरेको होटल ब्यवसायी अमृतमान शेरचनले बताए ।

असला माछाको स्थानीय बजार भाउ प्रतिकिलोग्राम एक हजार ५०० देखि एक हजार ७०० रहेको छ । अन्नपूूर्ण गाउँपालिका–४ नारच्याङका वडा अध्यक्ष लोकबहादुर फगामीले जलविद्युत् आयोजनाबाट भौतिक पूर्वाधार र आर्थिक हिसाबले फाइदा पुगेपनि नदीमा पाइने जलचर पाइन छाडेको, पानीका परम्परागत मुहान सुकेर वैकल्पिक व्यवस्था मिलाउनुपरेको र वन्यजन्तुले बासस्थान छाड्ने असर देखिएको बताए ।

‘हाइड्रो आएपछि सडक यातायात सुविधा, स्थानीय पूर्वाधार आयोजनामा सहयोग, प्रभावितलाई सेयर लगानीको अवसर मिल्नुका साथै केही नकारात्मक असर पनि देखिएका छन,’ उनले भने, ‘सबैभन्दा ठूलो असर माछालगायत जलचर पाइन र नजिकका जङ्गलमा वन्यजन्तु देखिन छाडेका छन् ।’

नियमअनुसार १० प्रतिशत पानीलाई खोलामा छाड्न लगाइएको र समय समयमा अनुगमन तथा निगरानी गरिएको वडा अध्यक्ष फगामीले बताए । नारच्याङ ऊर्जा गाउँको रूपमा परिचित छ । यहाँ ७१ मेगावाटको निलगिरि, ३८ मेगावाटको निलगिरि पहिलो, ४२ मेगावाटको मिस्त्रीखोला, पाँच मेगावाटको घलेम्दीखोला, छ दशमलब पाँच मेगावाटको रेलेखोला जलविद्युत् आयोजना निर्माण सकिएर सञ्चालनमा आएका छन् ।

६६.५ मेगावाटको मध्य कालिगण्डकी र नौ दशमलब १२ मेगावाटको सुपर घलेम्दी निर्माणाधिन छन् । १८४ मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माणको तयारीमा छ । १२ मेगावाट क्षमताको मिस्त्रीखोला ‘क्यासकेड’ सर्वेक्षणको प्रक्रियामा छ ।

Previous Post

आज पनि एमाले सचिवालय बैठक, १२ जना नेताले बोल्ने कार्यसूची, कार्यविभाजन प्रस्तावमा छलफल हुने

Next Post

सोलेडाँडामा ‘जडीबुटी पार्क’

metakhabar

metakhabar

सम्बन्धित खबर

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ:अध्ययन
फिचर-ब्यानर

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ:अध्ययन

१५ भदौ २०८३,
पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी चाप बढ्यो
समाचार

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी चाप बढ्यो

१५ भदौ २०८३,
भोटेकोशी बाढी : सहयोग प्राप्त हुनेक्रम जारी
समाचार

बाढीपछि प्रभावित क्षेत्रमा झाडापखालाका बिरामी देखिन थाले

१५ भदौ २०८३,
नेपाललाई बाढी प्रभावित क्षेत्रमा उद्धारमा र सहयोग गर्ने भारतका रक्षामन्त्रीको प्रतिवद्धता
समाचार

नेपाललाई बाढी प्रभावित क्षेत्रमा उद्धारमा र सहयोग गर्ने भारतका रक्षामन्त्रीको प्रतिवद्धता

१५ भदौ २०८३,
‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’
समाचार

‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’

१५ भदौ २०८३,
पुवाखोलामा बेलिब्रिज जडान सुरु, दुई साताभित्र सञ्चालनमा ल्याउने तयारी
समाचार

पुवाखोलामा बेलिब्रिज जडान सुरु, दुई साताभित्र सञ्चालनमा ल्याउने तयारी

१५ भदौ २०८३,
Load More
Next Post
सोलेडाँडामा ‘जडीबुटी पार्क’

सोलेडाँडामा ‘जडीबुटी पार्क’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In