• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

    जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

    छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

    छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

    बढघर हुनु त यस्तो पो …

    बढघर हुनु त यस्तो पो …

    दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

    दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

    उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड

    उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड

    उद्धारदेखि बेलिब्रिजसम्म: मनसुन प्रतिकार्यमा सेनाको व्यापक तयारी

    उद्धारदेखि बेलिब्रिजसम्म: मनसुन प्रतिकार्यमा सेनाको व्यापक तयारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

    जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

    छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

    छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

    बढघर हुनु त यस्तो पो …

    बढघर हुनु त यस्तो पो …

    दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

    दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

    उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड

    उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड

    उद्धारदेखि बेलिब्रिजसम्म: मनसुन प्रतिकार्यमा सेनाको व्यापक तयारी

    उद्धारदेखि बेलिब्रिजसम्म: मनसुन प्रतिकार्यमा सेनाको व्यापक तयारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

metakhabar by metakhabar
७ जेष्ठ २०८३,
0
छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गण्डकी, ७ जेठः हिमाल आरोहणको इतिहासमा आठ हजार मिटरभन्दा बढी उचाइको अन्नपूर्ण प्रथम हिमालको आरोहण पछि मात्रै विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण भएका कारण अन्नपूर्ण प्रथमलाई आरोहणको जेठो हिमालको उपमा दिइन्छ ।

हिमाल आरोहणको इतिहासमा पहिलोपटक सन् १९५० जुन ३ मा फ्रान्सेली नागरिक मौरिस हर्जोगले समुद्री सतहबाट आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेसँगै विश्वमा हिमाल आरोहणले चासो र चर्चा पाएको थियो । हर्जोजको टोलीले अन्नपूर्ण हिमालको आरोहण म्याग्दीतर्फको उत्तरी आधार शिविरबाट गरेका थिए ।

हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको आरोहण गरी विश्व कीर्तिमान राखेसँगै हिमाल आरोहणको क्रम बढ्यो नै यसले अन्नपूर्ण क्षेत्र विश्वव्यापी चासो र चर्चाको विषय बन्यो ।

अन्नपूर्ण प्रथम आरोहणको सफलतापछि सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका थिए ।

अन्नपूर्ण हिमालको आरोहण भएको डेढ दशकपछि सन् १९६६ मा विश्वप्रख्यात पदयात्री एरिक सिप्टनले चार हजार १३० मिटर उचाइको अन्नपूर्ण आधार शिविरको पदयात्रा गरेसँगै अन्नपूर्ण क्षेत्र क्रमिक रुपमा पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै गएको पाइन्छ ।

हर्जोगको टोलीले अन्नपूर्ण प्रथमको आरोहण गरेसँगै गण्डकी प्रदेशमा पर्यटकीय गतिविधि बढेको र त्यसको एक दशकपछि सन् १९६० देखि पोखरामा ‘हिप्पी’ पर्यटकको आगमन भएको विषयले यहाँको पर्यटनसँग अन्नपूर्ण हिमाल प्रत्यक्ष रुपमा जोडिएको पर्यटनका जानकारहरू बताउँछन् ।

अन्नपूर्ण प्रथमको महिमा र गरिमालाई उजागर गर्नकै लागि अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले प्रत्येक २०७५ यता अन्नपूर्ण म्याराथन गर्दै आएको समितिका अध्यक्ष एवं म्याराथन संयोजक ललित गुुरुङले बताउनुुभयो ।

“अन्नपूर्ण हिमालको महिमा र गरिमालाई विश्वमाझ पु¥याउनका लागि २०७४ सालमा हामीले तत्कालीन प्रतिनिधिसभाका विकास समिति सभापति रविन्द्र अधिकारीको प्रमुख आतिथ्यतामा अन्नपूर्ण आधार शिविरमा पहिलोपटक अन्नपूर्ण महोत्सव गरेका थियौँ”, उहाँले भन्नुुभयो, “त्यसयता २०७५ देखि अन्नपूर्ण म्याराथन गर्दै आइएकोमा यस वर्ष जेठ २० गते (जुन ३) का दिन छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन गर्न लागिएको छ ।”

यस म्याराथनमा समुद्री सतहबाट चार हजार १३० मिटर उचाइको अन्नपूर्ण आधार शिविरबाट दौडिएर धावकहरू ४२.१९५ किलोमिटर दूरीमा रहेको घान्द्रुकमा आउँछन् । समान्यतः पदयात्रीले तीन दिनको समय लगाउने यस पदमार्गमा पहिलो हुने धावकहरूले चार घण्टा बढीको समयमा यो दूरी पार गर्ने गरेका छन् ।

यसअघिका पाँचौ संस्करणसम्म प्रथम हुने धावकहरूले चार घण्टा १६ मिनेटदेखि चार घण्टा २७ मिनेटसम्ममा यो दूरी पार गरेको गुरुङले जानकारी दिनुुभयो । “पदयात्राका क्रममा भने यो मार्ग पार गर्न तीन दिन लाग्छ”, उहाँले भन्नुुभयो, “पदयात्राका क्रममा पहिलो दिन पदयात्रीहरू आधार शविरबाट बम्बो या दोभान, दोस्रो दिन छोम्रोङ र तेस्रो दिन घान्द्रुक आउँछन् ।”

अन्नपूर्ण आधार शिविरबाट सुरु हुने यो म्याराथन माछापुच्छे« आधार शिविर, बगर देउराली, हिन्कु केभ, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, तउलु, घुर्जुङ, चुइँले, मेलाँचे, कोम्रोङडाँडा, किम्रोङखोला उरी हुँदै घान्द्रुकमा पुगेर सम्पन्न हुने अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका सचिव मिकास गुरुङले जानकारी दिनुुभयो ।

अन्नपूर्ण प्रथम हिमाल हिमाल आरोहणको ७६ वर्ष पुगेको जानकारी दिँदै उहाँले अघिल्लो पाँचौँ संस्करणको म्याराथनलाई हीरक उत्सवका रुपमा मनाइएको बताउनुुभयो । “यस संस्करणमा महिला तथा पुुरुषतर्फ छुट्टाछुट्टै प्रतिस्पर्धाका लागि स्वदेशी एवं विदेशी धावकहरूले नाम दर्ता गराइरहनुुभएको छ”, उहाँले भन्नुुभयो, “हालसम्म १३ विदेशीसहित ४० जना धावकहरूले नाम दर्ता गराइसक्नुुभएको छ ।”

यस वर्ष अर्जेन्टिनाका चर्चित धावक पाब्लो उरेटाले पनि म्यारथनमा भाग लिने निश्चित भएको उहाँले जानकारी दिनुुभयो । म्याराथनमा पुरुष तथा महिलातर्फ पहिलो, दोस्रा र तेस्रो हुने धावकहरूले क्रमशः रु एक लाख ५० हजार, एक लाख र ७५ हजार नगदसहित प्रमाणपत्र पाउने प्रचारप्रसार संयोजक टंकराज अधिकारीले जानकारी दिनुुभयो ।

हिमाली भूगोल, साहसिक पदमार्गसँगै मनोरम प्राकृतिक सौन्दर्यका कारण यस म्याराथनप्रतिको आकर्षण बर्सेनि बढ्दै गएको उहाँको भनाइ छ । यस म्याराथनले अन्नपूर्ण प्रथमको मात्र नभएर समग्र गण्डकी प्रदेश र नेपालकै हिमाली पर्यटनमा विशिष्ट योगदान पु¥याउने उहाँले बताउनुुभयो ।

आरोहणको जेठो हिमाल अन्नपूर्ण प्रथमसहित गण्डकी प्रदेशभित्र धेरै अग्ला तथा विभिन्न उचाइका हिमाल रहेर पनि गण्डकीमा हिमाल आरोहणले अपेक्षित गति लिन नसकेको अवस्था यस किसिमका गतिविधिले विशेष महत्व राख्ने उहाँको भनाइ छ ।

गण्डकी प्रदेशमा अन्नपूर्ण, धौलागिरि, मनास्लुजस्ता हिमशृङ्खला छन् । अन्नपूर्ण हिमशृङ्खलाअन्तर्गत सात हजार मिटरभन्दा बढी उचाइका अन्नपूर्ण पहिलोसहित, दोस्रो, तेस्रो र चौथो, अन्नपूर्ण साउथ, गङ्गापूर्ण, बराह शिखर हिमाल छन् । अन्नपूर्ण शृङ्खलाअन्तर्गत नै तिलिचो पिक, नीलगिरि, लम्जुङ आदि हिमाल रहेका छन् ।

Previous Post

बढघर हुनु त यस्तो पो …

Next Post

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

metakhabar

metakhabar

सम्बन्धित खबर

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु
आर्थिक

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

७ जेष्ठ २०८३,
बढघर हुनु त यस्तो पो …
आर्थिक

बढघर हुनु त यस्तो पो …

७ जेष्ठ २०८३,
दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन
आर्थिक

दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

७ जेष्ठ २०८३,
उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड
फिचर-ब्यानर

उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड

७ जेष्ठ २०८३,
उद्धारदेखि बेलिब्रिजसम्म: मनसुन प्रतिकार्यमा सेनाको व्यापक तयारी
फिचर-ब्यानर

उद्धारदेखि बेलिब्रिजसम्म: मनसुन प्रतिकार्यमा सेनाको व्यापक तयारी

७ जेष्ठ २०८३,
गोसाइँकुण्डमा गङ्गादशहरामा पाँच हजारले दर्शन गर्ने अनुमान
फिचर-ब्यानर

गोसाइँकुण्डमा गङ्गादशहरामा पाँच हजारले दर्शन गर्ने अनुमान

७ जेष्ठ २०८३,
Load More
Next Post
जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In