• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, July 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विश्वकप फुटबल अन्तिम १६ मा रोमाञ्चक प्रतिस्पर्धा, यी छन् नेपाली समयअनुसार बाँकी खेलहरूको तालिका

    विश्वकप फुटबल अन्तिम १६ मा रोमाञ्चक प्रतिस्पर्धा, यी छन् नेपाली समयअनुसार बाँकी खेलहरूको तालिका

    निर्वासन पछि स्वदेश पर्केका अफगानहरू पहिचानको अभावमा बहिष्कारको जोखिममा

    निर्वासन पछि स्वदेश पर्केका अफगानहरू पहिचानको अभावमा बहिष्कारको जोखिममा

    रुस–युक्रेन युद्ध : ड्रोन आक्रमण निरन्तर, सैन्य हेलिकोप्टर निशानामा

    रुस–युक्रेन युद्ध : ड्रोन आक्रमण निरन्तर, सैन्य हेलिकोप्टर निशानामा

    नेपालका ठूला पूर्वाधार क्षेत्रमा लगानी बढाउन एनआरएनए पूर्वअध्यक्ष आचार्यको आग्रह

    नेपालका ठूला पूर्वाधार क्षेत्रमा लगानी बढाउन एनआरएनए पूर्वअध्यक्ष आचार्यको आग्रह

    सशस्त्र प्रहरीको स्कुलमा करोडौं रकम हिनामिना, इन्स्पेक्टरसहित २ जना पक्राउ

    सशस्त्र प्रहरीको स्कुलमा करोडौं रकम हिनामिना, इन्स्पेक्टरसहित २ जना पक्राउ

    कानुनी विवादमा परेका बालबालिकासँग मन्त्री बादीको संवाद

    कानुनी विवादमा परेका बालबालिकासँग मन्त्री बादीको संवाद

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

उद्धारदेखि बेलिब्रिजसम्म: मनसुन प्रतिकार्यमा सेनाको व्यापक तयारी

metakhabar by metakhabar
७ जेष्ठ २०८३,
0
उद्धारदेखि बेलिब्रिजसम्म: मनसुन प्रतिकार्यमा सेनाको व्यापक तयारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाली सेनाले विगतका वर्षमा सञ्चालित उद्धार तथा राहत अभियानबाट प्राप्त अनुभव र सिकाइका आधारमा यस वर्ष मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना तयार गरी कार्यान्वयनमा ल्याउने भएको छ । यस अभियानमा सङ्घीय, प्रदेश तथा स्थानीय सरकारका निकाय, अन्य सुरक्षा निकाय, गैरसरकारी संस्था तथा स्थानीय समुदायसँग सहकार्य र समन्वयलाई विशेष प्राथमिकता दिइएको छ ।

सेनाका अनुसार विपद्को समयमा तत्काल परिचालन हुन सक्ने गरी जिल्लास्थित गण तथा गुल्ममा आवश्यक सङ्ख्यामा फौज तयारी अवस्थामा राखिएको छ । प्रदेशस्थित सबै पृतनामा आवश्यक उद्धार उपकरणसहित विशेष क्षमतायुक्त खोज तथा उद्धार टोली तैनाथ गरिएको छ । यसले बाढी, पहिरो तथा अन्य विपद्का घटनामा छिटो र प्रभावकारी उद्धार सम्भव हुने अपेक्षा गरिएको छ ।

विपद्को समयमा दुर्गम क्षेत्रमा उद्धार तथा राहत सामग्री पुर्‍याउन सेनाले हेलिकप्टर तथा अन्य हवाई साधनलाई पनि तयारी अवस्थामा राखेको जनाइएको छ । काठमाडौँबाहेक सुर्खेत र इटहरीमा एक/एक वटा हेलिकप्टर ‘स्ट्यान्डबाई’ राखिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

मनसुनको सुरुआतसँगै सातै प्रदेशमा परिचालन हुन सक्ने गरी अन्य हवाई साधनहरू काठमाडौँमा तयारी अवस्थामा राखिने व्यवस्था मिलाइएको छ । मौसम पूर्वानुमानका आधारमा दुई वटा हवाई साधनलाई उपयुक्त स्थानमा पूर्वतैनाथ गर्ने योजना रहेको सेनाले जनाएको छ ।

बाढी तथा पहिरोका कारण राजमार्ग अवरुद्ध भएमा तत्काल यातायात सञ्चालन गर्न विभिन्न स्थानमा ‘बेलिब्रिज’ तयारी अवस्थामा राखिएको छ । धादिङको गजुरी, चितवनको भरतपुर तथा बाराको जितपुरमा एक/एक सेट बेलिब्रिज राखिएको सेनाले जनाएको छ ।

साथै गाडीमार्फत सजिलै आवश्यकता भएको स्थानमा पुर्‍याएर तुरुन्त सञ्चालन गर्न सकिने तीन वटा द्रुत यान्त्रिक पुलहरू गौचरस्थित ब्यारेकमा राखिएका छन् । विशेष उद्धार कार्यका लागि शीघ्र प्रतिकार्य टोलीलाई गौचर ब्यारेक, काठमाडौँमा तयारी अवस्थामा राख्ने व्यवस्था गरिएको निर्देशनालयले जनाएको छ । उक्त टोलीलाई हवाई साधनमार्फत तुरुन्त प्रभावित क्षेत्रमा परिचालन गर्न सकिनेछ ।

मनसुनजन्य विपद्का समयमा घाइते तथा प्रभावित नागरिकलाई तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउन देशभरका सैनिक अस्पतालबाट चिकित्सकसहितको टोली परिचालन गर्न सकिने गरी आवश्यक जनशक्ति, उपकरण तथा औषधि तयारी अवस्थामा राखिएको छ । यसका साथै प्रत्येक पृतनामा औषधि, खाद्यान्न तथा अन्य राहत सामग्री व्यवस्थापन गरिएको नेपाली सेनाले जनाएको छ ।

आवश्यक परेको अवस्थामा सैनिक इन्जिनियरिङ विभागबाट ‘हेभी इक्विप्मेन्ट’ तथा ‘अपरेटर’सहितका सवारीसाधन तुरुन्त परिचालन गर्न सकिने गरी तयारी अवस्थामा राखिएको छ । यसले पहिरो पन्छाउने, सडक खुलाउने तथा क्षतिग्रस्त संरचनाको मर्मतजस्ता कार्यमा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ ।

विपद् व्यवस्थापन केवल एउटा निकायको प्रयासबाट मात्र सम्भव नहुने भएकाले स्थानीय समुदाय र सबै सरोकार भएका निकायबिच समन्वयात्मक तथा योजनाबद्ध प्रतिकार्य आवश्यक रहेको नेपाली सेनाले जनाएको छ । विगतका मनसुनजन्य विपद्बाट सिकेका पाठका आधारमा केन्द्रदेखि जिल्ला तहसम्म सरोकारवाला निकाय तथा स्थानीय समुदायलाई सहभागी गराएर तयारीलाई अझ प्रभावकारी बनाइएको छ ।

यसै क्रममा सेनाको नेतृत्व तथा पहलमा नेपाल सरकारका विभिन्न मन्त्रालय, सरकारी निकाय तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहभागितामा गत वैशाख २१ देखि २३ गतेसम्म जङ्गी अड्डामा केन्द्रीय तहको एकीकृत अभ्यास ‘अभ्यास हातेमालो’ सञ्चालन गरिएको थियो । उक्त अभ्यासमार्फत विपद्सम्बन्धी गतिविधिको समीक्षा, प्रतिकार्य क्षमता अभिवृद्धि तथा सरोकारवाला निकायबिचको समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको थियो । यस खालका अभ्यास क्रमशः प्रदेश तथा जिल्ला तहसम्म सञ्चालन गरिने जनाइएको छ ।

यसैगरी, स्थानीय समुदायको सहभागितामा सामूहिक विपद् प्रतिकार्य तालिमसमेत सञ्चालन गरिएको छ । यस्ता अभ्यास र तालिमले विपद्को समयमा नागरिक र सुरक्षा निकायबिच समन्वयलाई अझ बलियो बनाउने विश्वास गरिएको छ ।

सैनिक प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतका अनुसार प्रत्येक वर्ष दोहोरिने मनसुनजन्य विपद्को प्रभावकारी प्रतिकार्यका लागि पूर्व तयारी योजनाअनुसार संयुक्त अभ्यास सञ्चालन गर्दै आवश्यकताअनुसार सबै सरोकारवाला निकायसँग समन्वय र सहकार्य गरी योजनाको सफल कार्यान्वयनमार्फत जनधनको क्षति न्यूनीकरण गर्न नेपाली सेना कटिबद्ध रहेको छ ।

मनसुनजन्य विपद्को चुनौती बढ्दै गइरहेको वर्तमान अवस्थामा सेनाले गरेको यो व्यापक पूर्व तयारीले विपद् व्यवस्थापन प्रणालीलाई थप सुदृढ बनाउनाका साथै नागरिकमा सुरक्षा र भरोसाको भावना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।

Previous Post

गोसाइँकुण्डमा गङ्गादशहरामा पाँच हजारले दर्शन गर्ने अनुमान

Next Post

उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड

metakhabar

metakhabar

सम्बन्धित खबर

विश्वकप फुटबल अन्तिम १६ मा रोमाञ्चक प्रतिस्पर्धा, यी छन् नेपाली समयअनुसार बाँकी खेलहरूको तालिका
अन्तर्राष्ट्रिय

विश्वकप फुटबल अन्तिम १६ मा रोमाञ्चक प्रतिस्पर्धा, यी छन् नेपाली समयअनुसार बाँकी खेलहरूको तालिका

२१ असार २०८३,
निर्वासन पछि स्वदेश पर्केका अफगानहरू पहिचानको अभावमा बहिष्कारको जोखिममा
अन्तर्राष्ट्रिय

निर्वासन पछि स्वदेश पर्केका अफगानहरू पहिचानको अभावमा बहिष्कारको जोखिममा

२१ असार २०८३,
रुस–युक्रेन युद्ध : ड्रोन आक्रमण निरन्तर, सैन्य हेलिकोप्टर निशानामा
अन्तर्राष्ट्रिय

रुस–युक्रेन युद्ध : ड्रोन आक्रमण निरन्तर, सैन्य हेलिकोप्टर निशानामा

२१ असार २०८३,
नेपालका ठूला पूर्वाधार क्षेत्रमा लगानी बढाउन एनआरएनए पूर्वअध्यक्ष आचार्यको आग्रह
समाचार

नेपालका ठूला पूर्वाधार क्षेत्रमा लगानी बढाउन एनआरएनए पूर्वअध्यक्ष आचार्यको आग्रह

२१ असार २०८३,
सशस्त्र प्रहरीको स्कुलमा करोडौं रकम हिनामिना, इन्स्पेक्टरसहित २ जना पक्राउ
समाचार

सशस्त्र प्रहरीको स्कुलमा करोडौं रकम हिनामिना, इन्स्पेक्टरसहित २ जना पक्राउ

२१ असार २०८३,
कानुनी विवादमा परेका बालबालिकासँग मन्त्री बादीको संवाद
समाचार

कानुनी विवादमा परेका बालबालिकासँग मन्त्री बादीको संवाद

२१ असार २०८३,
Load More
Next Post
उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड

उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In