• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, July 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जेलमा रहेका कैदीलाई श्रममा लगाउने तयारीमा बालेन सरकार

    जेलमा रहेका कैदीलाई श्रममा लगाउने तयारीमा बालेन सरकार

    १४ वर्षपछि फेरि उही पीडा : ध्रुवे हात्ती’को आक्रमणमा एउटै परिवारका चार सदस्यको ज्यान

    १४ वर्षपछि फेरि उही पीडा : ध्रुवे हात्ती’को आक्रमणमा एउटै परिवारका चार सदस्यको ज्यान

    गुल्मीमा ८७ प्रतिशत क्षेत्रफलमा रोपाइँ

    देशभर २४.९ प्रतिशत धान रोपाइँ, पर्याप्त वर्षा नहुँदा समस्या

    एल निनो तीव्र बन्दै, चरम मौसमको जोखिम बढ्ने

    एल निनो तीव्र बन्दै, चरम मौसमको जोखिम बढ्ने

    विश्वकप फुटबल अन्तिम १६ मा रोमाञ्चक प्रतिस्पर्धा, यी छन् नेपाली समयअनुसार बाँकी खेलहरूको तालिका

    विश्वकप फुटबल अन्तिम १६ मा रोमाञ्चक प्रतिस्पर्धा, यी छन् नेपाली समयअनुसार बाँकी खेलहरूको तालिका

    निर्वासन पछि स्वदेश पर्केका अफगानहरू पहिचानको अभावमा बहिष्कारको जोखिममा

    निर्वासन पछि स्वदेश पर्केका अफगानहरू पहिचानको अभावमा बहिष्कारको जोखिममा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ट्राउट फार्मबाटै जीवन धान्दै, पर्यटक तान्दै गुरुङ दाजुभाइ

metakhabar by metakhabar
५ जेष्ठ २०८३,
0
ट्राउट फार्मबाटै जीवन धान्दै, पर्यटक तान्दै गुरुङ दाजुभाइ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गण्डकी, ५ जेठ : कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ भुर्जुङखोलास्थित मुलखेत कुनैबेला हिलो र झाडीले भरिएको थियो । धानबालीसमेत खासै फस्टाउँदैनथ्यो । तर हिजोआज त्यही ठाउँ प्रकृतिसँग रमाउँदै ट्राउट माछाको स्वाद लिने आकर्षक पर्यटकीय गन्तव्य बनेको छ ।

‘ज्ञान र सीप सिकेर स्वदेशमै फर्क साथी, त्यही सीपले देश उठाउनुछ माथि’ भन्ने सन्देशमूलक सोचका साथ २०६७ सालमा जापान र बेलायतको सेवासुविधा त्यागेर स्वदेश फर्कनुभएका दुई दाजुभाइले सुरु गर्नुभएको ‘गण्डकी ट्राउट फार्म’ पछिल्लो समय मनग्य आम्दानी र रोजगार सृजनाको आधार बनेको हो ।

भारतीय सेनाबाट अवकाशप्राप्त भई लामो समय जापान बस्दै आउनुभएका कास्की रिभानका अमृत गुरुङ र धान्द्रुकमा जन्मी हङ्कङ, बेलायतको व्यापार व्यवसाय त्यागेर नेपाल फर्कनुभएका लच्छीन गुरुङले सो फार्म सुरु गर्नुभएको थियो । उहाँहरूबीच एउटा साझा सोच मिल्यो, ‘विदेशमा सिकेको ज्ञान र सीपलाई स्वदेशमै उपयोग गर्ने ।’

आफ्नै गाउँठाउँमा केही नयाँ व्यवसाय गर्ने अठोटका साथ नेपाल फर्किनु भएका उहाँहरूले पोखरा र आसपासमा ट्राउट माछापालनको सम्भावना खोज्नुभयो । अन्ततः माछापुच्छ्रे–३ स्थित मूलको चिसो पानी र न्यूनतम १६ र अधिकतम १८ डिग्री सेल्सियस तापक्रम भएको स्थान ट्राउट माछाका लागि उपयुक्त देखेपछि २२ रोपनी जग्गा खरिद गरेर व्यवसाय सुरु गर्नुभएको थियो ।

दुईवटा पोखरीबाट सुरु गरिएको गण्डकी ट्राउट फार्म आज विस्तार हुँदै ६० वटा पोखरीसम्म पुगेका छन् । तत्कालीन गण्डकी अञ्चलमै पहिलोपटक सुरु गरिएको यो ट्राउट फार्म अहिले सफल उदाहरणका रूपमा स्थापित भएको छ । यो प्रयास अहिले सबैका लागि उदाहरणीय बनेको छ । विदेशमा अवसर खोज्ने युवाका लागि यो त झनै फार्मले प्रेरणा दिएको छ ।

विशेषगरी ट्राउट माछा ओमेगा–३ पोषकतत्वले भरिपूर्ण हुन्छ, जसमा नरम काँडा भएका कारण ज्येष्ठ नागरिक र बालबालिकालाई पनि खान सजिलो हुनुका साथै जुन स्वास्थ्यका लागि लाभदायक मानिन्छ । यही कारणले गर्दा यो ट्राउट फार्म पछिल्लो समय पोखरा आउने आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्य बन्ने गरेको छ । दैनिक चार सय बढी पाहुना यहाँ आउने गर्छन् । शनिबार भने यो सङ्ख्या एक हजार ५०० नाघ्ने गरेको सञ्चालक लच्छीन गुरुङ बताउनु हुन्छ ।

फार्ममा एक केजी माछा पकाएको एक हजार ७०० लिने गरेको उहाँले बताउनुभयो । गुरुङले भन्नुभयो, “रेष्टुरेन्टसँगै आरामदायी कटेज पनि व्यवस्था गरिएको छ । रातमा बस्ने पाहुना थपिए भने पालको समेत व्यवस्था गरिन्छ, जसले पर्यटक थप आकर्षित हुने गरेका छन् ।”

वार्षिक तीन करोड रुपैयाँबराबरको २५ टन माछा उत्पादन हुने गरेको उहाँले बताउनुभयो । उमेरले ६६ वर्षीय लच्छीन भन्नुहुन्छ, “फार्ममा अहिलेसम्म सात करोड लगानी भइसकेको छ । चौबीस जनाले दैनिक र १० जनाले अप्रत्यक्ष रूपमा रोजगार प्राप्त गरेका छन् ।”

माग अत्यधिक भएपछि आफ्नै उत्पादनले मात्र अपुग हुने हुँदा आसपासका अन्य फार्मबाट पनि माछा खरिद गर्ने गरेको उहाँको भनाइ छ । यसबाहेक भुरा उत्पादनका लागि धान्द्रुकमा २५ लाख रुपैयाँ लगानीमा भुरा उत्पादनका लागि ह्याचरी निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।

अमृत भने ६५ वर्षको हुनुभयो । उहाँहरुको यो व्यवसायलाई निरन्तरता दिन परिवारको पूर्ण सहयोग रहेको अमृतले बताउनुभयो । उहाँका अनुसार नेपाल सरकार र विभिन्न स्वदेशी तथा विदेशी सङ्घसंस्थाबाट पनि राम्रो सहयोग मिलेको छ ।

पोखरा आउने दुई प्रतिशत पर्यटक सो क्षेत्रमा पुर्याउन सकेमात्र पनि पर्यटकको एक दिनको बसाइ लम्ब्याउन र थप रोजगार सृजना गर्न सकिने उहाँले बताउनुभयो । सो स्थानसम्म पुग्न पोखरा पुरानो बजार महेन्द्रपुलबाट नदीपुर, बगर, लामाचौर अकला, पुरन्चौर हुँदै लगभग १७ किलोमिटर दूरी छ ।

प्रकृतिसँग रमाउँदै स्वादिलो ट्राउट माछा चाख्न पाइने यो स्थान अहिले केवल व्यवसायमात्र होइन, आत्मनिर्भरता र प्रेरणाको केन्द्र बनेको सो फार्ममा पुग्ने जोकोही बताउँछन् । यहाँ परम्परागत लिङ्गे, चारपिर्के पिङ, पौडीपोखरीलगायत मनोरञ्जनका सामग्री पनि राखिएका छन् । जसका कारण टिकटकलगायत सामाजिक सञ्जालमा रमाउनेहरू पनि यहाँ आउने गर्छन् ।

Previous Post

विपद् मा नसर्ने रोगी उच्च जोखिममा : भजनी र लालझाडीद्वारा ‘पेन डी प्याकेज’ लाई नीति तथा कार्यक्रममा समावेश गराउँदै

Next Post

कोरिया–जापान सम्बन्ध थप नजिकिँदै

metakhabar

metakhabar

सम्बन्धित खबर

जेलमा रहेका कैदीलाई श्रममा लगाउने तयारीमा बालेन सरकार
फिचर-ब्यानर

जेलमा रहेका कैदीलाई श्रममा लगाउने तयारीमा बालेन सरकार

२१ असार २०८३,
१४ वर्षपछि फेरि उही पीडा : ध्रुवे हात्ती’को आक्रमणमा एउटै परिवारका चार सदस्यको ज्यान
फिचर-ब्यानर

१४ वर्षपछि फेरि उही पीडा : ध्रुवे हात्ती’को आक्रमणमा एउटै परिवारका चार सदस्यको ज्यान

२१ असार २०८३,
गुल्मीमा ८७ प्रतिशत क्षेत्रफलमा रोपाइँ
फिचर-ब्यानर

देशभर २४.९ प्रतिशत धान रोपाइँ, पर्याप्त वर्षा नहुँदा समस्या

२१ असार २०८३,
एल निनो तीव्र बन्दै, चरम मौसमको जोखिम बढ्ने
फिचर-ब्यानर

एल निनो तीव्र बन्दै, चरम मौसमको जोखिम बढ्ने

२१ असार २०८३,
विश्वकप फुटबल अन्तिम १६ मा रोमाञ्चक प्रतिस्पर्धा, यी छन् नेपाली समयअनुसार बाँकी खेलहरूको तालिका
अन्तर्राष्ट्रिय

विश्वकप फुटबल अन्तिम १६ मा रोमाञ्चक प्रतिस्पर्धा, यी छन् नेपाली समयअनुसार बाँकी खेलहरूको तालिका

२१ असार २०८३,
निर्वासन पछि स्वदेश पर्केका अफगानहरू पहिचानको अभावमा बहिष्कारको जोखिममा
अन्तर्राष्ट्रिय

निर्वासन पछि स्वदेश पर्केका अफगानहरू पहिचानको अभावमा बहिष्कारको जोखिममा

२१ असार २०८३,
Load More
Next Post
कोरिया–जापान सम्बन्ध थप नजिकिँदै

कोरिया–जापान सम्बन्ध थप नजिकिँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In