• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, July 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    धुलिखेल–खावा सडकखण्ड : रातका समयमा बन्द नगरिने

    धुलिखेल–खावा सडकखण्ड : रातका समयमा बन्द नगरिने

    कांग्रेसभित्र सहमतिको नयाँ खुलासा, ‘वरिष्ठ नेता’ प्रस्ताव आफूले अस्वीकार गरेको खड्काको दाबी

    कांग्रेसभित्र सहमतिको नयाँ खुलासा, ‘वरिष्ठ नेता’ प्रस्ताव आफूले अस्वीकार गरेको खड्काको दाबी

    आगामी आर्थिक वर्ष ‘कानून सुधार र निर्माण वर्ष’ हुने : मन्त्री गौतम

    आगामी आर्थिक वर्ष ‘कानून सुधार र निर्माण वर्ष’ हुने : मन्त्री गौतम

    विज्ञान क्षेत्रमा बजेट र कार्यक्रम विस्तारको तयारीमा सरकार : मन्त्री पुन

    विज्ञान क्षेत्रमा बजेट र कार्यक्रम विस्तारको तयारीमा सरकार : मन्त्री पुन

    कम्बोडियाको वन्यजन्तु अध्ययनमा एसियाली हात्तीसहित १४ दुर्लभ प्रजाति फेला

    कम्बोडियाको वन्यजन्तु अध्ययनमा एसियाली हात्तीसहित १४ दुर्लभ प्रजाति फेला

    बैतडीमा दुईतले कच्ची घर भत्कियो, तीन जना घाइते

    बैतडीमा दुईतले कच्ची घर भत्कियो, तीन जना घाइते

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कांग्रेस संविधानको रक्षार्थ अघि बढ्छः सभापति थापा

metakhabar by metakhabar
५ जेष्ठ २०८३,
0
कांग्रेसले जिम्मेवार भएर प्रतिपक्षको भूमिका निर्वाह गर्छः सभापति थापा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काभ्रेपलाञ्चोक, नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अब आफ्नो पार्टी संविधानको रक्षार्थ अघि बढ्ने बताउनुभएको छ ।

काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आयोजित प्रदेश तथा स्थानीय तह केन्द्रित बागमती प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै सभापति थापाले अहिले कांग्रेसको सबैभन्दा ठूलो जिम्मेवारी संविधानको रक्षा मात्रै गर्नु रहेको बताउनुभयो ।

“वर्तमान समयमा कांग्रेसको मुख्य जिम्मेवारी संविधानको रक्षा गर्नु रहेको छ,” सभापति थापाले भन्नुभयो । सभापति थापाले मुलुकमा वर्तमान प्रमुख चुनौती आर्थिक सङ्कट रहेको उल्लेख गर्दै महँगीले नागरिकको ‘खल्ती र भान्सा’ दुवै प्रभावित भएको बताउनुभयो ।

“नेपालका बैंकमा पर्याप्त रकम भए पनि लगानी हुन सकेको छैन, सानाठूला व्यवसायी ऋण तिर्न नसकेर भाग्ने अवस्थामा छन् र किसानसमेत समस्यामा परेको वर्तमान अवस्थामा सरकारले अब राजनीतिक विवादभन्दा पनि अर्थतन्त्र सुधारमा ध्यान केन्द्रित गर्नुपर्छ”, सभापति थापाले भन्नुभयो ।

सभापति थापाले फरक प्रसङ्गमा कांगे्रस पार्टीभित्रको गुटबन्दी र सार्वजनिक विवादप्रति असन्तुष्टि जनाउँदै यसले कांग्रेसको छवि क्रमशः कमजोर बनाउँदै गएको बताउनुभयो । आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई मात्र लक्ष्य नबनाई राष्ट्र, लोकतन्त्र र नागरिकको हितलाई केन्द्रमा राखेर काम गर्न उहाँले प्रदेशका नेताकार्यकर्तालाई निर्देशनसमेत दिनुभयो ।

कार्यक्रममा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले पार्टी अहिले ‘गुट भत्काउने र पार्टी बनाउने’ नीतिमा अघि बढिरहेको बताउनुभयो । “विशेष महाधिवेशनमा सहभागी नभएकालाई समेटेर जिम्मेवारी दिइँदै गइएको छ, यसलाई पार्टी एकताको सङ्केतका रूपमा लिनुपर्छ”, उहाँले भन्नुभयो ।

विशेष महाधिवेशनका सहभागीलाई मात्रै जिम्मेवारी दिइयो भने विभाजनलाई बल पुग्ने भएकाले विशेष अधिवेशनमा सहभागी नभएकालाई समेटेर क्रमशः जिम्मेवारी दिइँदै गएकाले थपलाई पनि समेटिने उहाँको भनाइ थियो । सो अवसरमा पार्टीका महामन्त्री प्रदीप पौडेल, बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँलगायतले कांगे्रस पार्टी गरिब निमुखाको पार्टी भएको बताउनुभयो ।

Previous Post

स्वास्थ्य सङ्कटबीच डब्लुएचओ बैठक

Next Post

समय घर्किँदै गएको ट्रम्पको इरानलाई चेतावनी

metakhabar

metakhabar

सम्बन्धित खबर

धुलिखेल–खावा सडकखण्ड : रातका समयमा बन्द नगरिने
आवाज

धुलिखेल–खावा सडकखण्ड : रातका समयमा बन्द नगरिने

२२ असार २०८३,
कांग्रेसभित्र सहमतिको नयाँ खुलासा, ‘वरिष्ठ नेता’ प्रस्ताव आफूले अस्वीकार गरेको खड्काको दाबी
समाचार

कांग्रेसभित्र सहमतिको नयाँ खुलासा, ‘वरिष्ठ नेता’ प्रस्ताव आफूले अस्वीकार गरेको खड्काको दाबी

२२ असार २०८३,
आगामी आर्थिक वर्ष ‘कानून सुधार र निर्माण वर्ष’ हुने : मन्त्री गौतम
समाचार

आगामी आर्थिक वर्ष ‘कानून सुधार र निर्माण वर्ष’ हुने : मन्त्री गौतम

२२ असार २०८३,
विज्ञान क्षेत्रमा बजेट र कार्यक्रम विस्तारको तयारीमा सरकार : मन्त्री पुन
फिचर-ब्यानर

विज्ञान क्षेत्रमा बजेट र कार्यक्रम विस्तारको तयारीमा सरकार : मन्त्री पुन

२२ असार २०८३,
कम्बोडियाको वन्यजन्तु अध्ययनमा एसियाली हात्तीसहित १४ दुर्लभ प्रजाति फेला
फिचर-ब्यानर

कम्बोडियाको वन्यजन्तु अध्ययनमा एसियाली हात्तीसहित १४ दुर्लभ प्रजाति फेला

२२ असार २०८३,
बैतडीमा दुईतले कच्ची घर भत्कियो, तीन जना घाइते
फिचर-ब्यानर

बैतडीमा दुईतले कच्ची घर भत्कियो, तीन जना घाइते

२२ असार २०८३,
Load More
Next Post
ग्रिनल्याण्डका विषयमा असहयोग गर्ने देशहरूमाथि थप भन्सार शुल्क लगाउने ट्रम्पको धम्की

समय घर्किँदै गएको ट्रम्पको इरानलाई चेतावनी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In