• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

    नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

    चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी

    ट्रम्प–सीबीच व्यापार सहमति

    नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

    नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

    सुनको मूल्य घट्यो

    घट्यो सुनचाँदीको मूल्य

    पाथीभराको भेटी एक करोड छ लाख

    पाथीभराको भेटी एक करोड छ लाख

    नेपाललाई आरोग्य पर्यटन गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड

    नेपाललाई आरोग्य पर्यटन गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
१ जेष्ठ २०८३,
0
नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

म्याग्दी, १ जेठ : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग निर्माण भएको छ । नारच्याङ गाउँको पृष्ठभूमिमा रहेको अग्लो पहाडबाट खस्ने झरना म्याग्दीको नयाँ पर्यटकीय गन्तव्य हो । पदमार्ग बनेपछि झरना अवलोकन गर्न आउने पर्यटकलाई आवतजावत गर्न सहज भएको छ ।

गण्डकी प्रदेश सरकार र अन्नपूर्ण गाउँपालिकाको रु २७ लाख बजेटमा उपभोक्ता समितिमार्फत भिरालो पाखाको उकालोमा पाँच सय मिटरभन्दा बढी रेलिङसहितको पदमार्ग निर्माण भएको नारच्याङका वडाध्यक्ष लोकबहादुर फगामीले बताउनुभयो । “आर्थिक वर्ष २०७९/८० देखि सुरु भएको पदमार्ग निर्माणले यसपालि पूर्णता पाएको हो”, उहाँले भन्नुभयो, “सुरुको वर्ष रु १० लाख बजेट विनियोजन गरेको प्रदेश सरकारले यस वर्ष रु पाँच लाख छुट्याएको थियो । गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ मा रु सात लाख र २०८१/८२ मा रु पाँच लाख विनियोजन गरेको थियो ।”

उपभोक्ताले विनियोजित बजेटको १० प्रतिशतबराबरको श्रमदान गरेर पदमार्ग बनाएका वडाध्यक्ष फगामीले बताउनुभयो । एक दशमलव पाँच मिटर फराकिलो पदमार्गको डिलतर्फ रेलिङ राखिएको छ भने अधिकांश ठाउँमा ढलान गरेर पक्की बनाइएको छ । उकालो बाटोमा व्यवस्थित पदमार्ग नहुँदा चिप्लिएर लड्ने र दुर्घटनाको जोखिम थियो । पहाडको बीच भागमा रहेको थुम्कामा झरना अवलोकनस्थल बनाउन अन्नपूर्ण गाउँपालिकाले चालु आवमा विनियोजन गरेको रु २० लाख बजेट कार्यान्वयनमा समस्या भएको छ ।

इन्धन र निर्माण सामग्रीमा भएको मूल्यवृद्धिका कारण योजना कार्यान्वयन गर्न नसकिएको वडाध्यक्ष फगामीले बताउनुभयो । झरनाले नारच्याङमा पर्यटकको चहलपहल बढाएको छ । छ–सात वर्षअघिसम्म ओझेलमा रहेको यो झरना सुनसान थियो । हाल दैनिक एक सय जना स्वदेशी तथा विदेशी पर्यटक झरना अवलोकन गर्न आउने स्थानीय टकबहादुर पुनले बताउनुभयो ।

अन्य समयको तुलनामा बिदाको दिन पर्यटक बढी आउने गर्छन् । परिवार, सहकारी, विद्यालय, कलेज र विभिन्न सङ्घसंस्थाबाट सामूहिक भ्रमणमा आउने गरेका हुन् । नारच्याङ झरना सुन्दर, आकर्षक र मनमोहक रहेको अवलोकनका लागि जानुभएका पोखराकी रसिला पराजुलीले बताउनुभयो ।

यो झरनाको उचाइ तीन सय मिटरभन्दा बढी छ । यहाँ इन्द्रेणीको पनि दृश्य देख्न सकिन्छ । पर्यटकले झरनासँगै तस्बिर, भिडियो खिच्ने, टिकटक बनाएर सामाजिक सञ्जालमा राख्ने भएकाले प्रचारप्रसारमा सहयोग पुगेको छ । समुदायले नारच्याङ गाउँदेखि झरनासम्म पुग्ने कच्ची पदमार्ग, दृश्यावलोकनस्थल र घेराबार निर्माण गरेका छन् । झरनाको नजिकै रहेको भूमे देवताको थान नारच्याङवासीको धार्मिकस्थल हो । सो ठाउँबाट कालीगण्डकी किनारको समथर भूगोल, नारच्याङ, दाना र तातोपानीको बस्ती देखिन्छ ।

बेनी–जोमसोम सडकको नागढुङ्गादेखि पाँच मिनेट सवारीसाधन र ३० मिनेट पैदल हिँडेर झरनामा पुग्न सकिन्छ । झरना अवलोकनका लागि आउने पर्यटकको सुविधाका लागि नारच्याङका सातवटा घरमा घरबास होमस्टे सञ्चालन भएको छ ।

Previous Post

घट्यो सुनचाँदीको मूल्य

Next Post

ट्रम्प–सीबीच व्यापार सहमति

metakhabar

metakhabar

सम्बन्धित खबर

नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड
अन्तर्राष्ट्रिय

नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

१ जेष्ठ २०८३,
चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी
आर्थिक

ट्रम्प–सीबीच व्यापार सहमति

१ जेष्ठ २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

घट्यो सुनचाँदीको मूल्य

१ जेष्ठ २०८३,
पाथीभराको भेटी एक करोड छ लाख
आर्थिक

पाथीभराको भेटी एक करोड छ लाख

१ जेष्ठ २०८३,
नेपाललाई आरोग्य पर्यटन गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड
आर्थिक

नेपाललाई आरोग्य पर्यटन गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड

१ जेष्ठ २०८३,
सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता
आवाज

प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताबारे छलफल जेठ ४ देखि

१ जेष्ठ २०८३,
Load More
Next Post
चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी

ट्रम्प–सीबीच व्यापार सहमति

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In