• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    धुलिखेल अस्पतालमा स्वास्थ्य–बिमा सेवा सुरु

    धुलिखेल अस्पतालमा स्वास्थ्य–बिमा सेवा सुरु

    शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेट

    शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेट

    जलविद्युतमा ‘लाइसेन्स राज’ अन्त्य गरी प्रतिस्पर्धी प्रणाली लागू गर्छौँ : मन्त्री श्रेष्ठ

    जलविद्युतमा ‘लाइसेन्स राज’ अन्त्य गरी प्रतिस्पर्धी प्रणाली लागू गर्छौँ : मन्त्री श्रेष्ठ

    विद्युत्सहित आधारभूत सेवामा कर थोपरेर सरकारले जनतालाई सास्ती दियो : सीके राउत

    विद्युत्सहित आधारभूत सेवामा कर थोपरेर सरकारले जनतालाई सास्ती दियो : सीके राउत

    कृषि बीमाको प्रिमियममा अनुदान उपलब्धी गराउने कार्यविधि संशोधन

    कृषि बीमाको प्रिमियममा अनुदान उपलब्धी गराउने कार्यविधि संशोधन

    राष्ट्रियसभामा बाढीपहिरो प्रभावितको उद्धार र राहतमा सरकारको ध्यानाकर्षण

    राष्ट्रियसभामा बाढीपहिरो प्रभावितको उद्धार र राहतमा सरकारको ध्यानाकर्षण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

metakhabar by metakhabar
३१ बैशाख २०८३,
0
जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सिरहा। सिरहाको लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा उद्घाटन गरिएको ‘सिटी स्क्यान’ सेवा जनशक्ति अभावका कारण सञ्चालन हुन सकेको छैन । यही वैशाख २१ गते उद्घाटन गरिए पनि दक्ष प्राविधिक नहुँदा सेवा सञ्चालन हुन नसकेको हो ।

अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष रामनारायण मेहताले मेसिन भएर पनि सेवा दिन नसक्दा जनमानसमा गलत सन्देश गएकाले जनशक्ति व्यवस्थापनका लागि सरकारले सहयोग गर्नुपर्ने बताए ।

“आमनागरिकले सस्तो र सुलभ मूल्यमा विशेषज्ञ सेवा पाउन् भन्ने पवित्र उद्देश्यले धेरै पहल गरेर मेसिन त ल्यायौँ, तर सञ्चालन गर्ने प्राविधिक जनशक्ति नहुँदा अप्ठेरोमा परेका छौँ”, उनले भने ।

अस्पताल प्रशासनका अनुसार यो सेवा पूर्ण रूपमा सञ्चालन गर्न कम्तीमा एक जना रेडियोलोजिस्ट, एक जना रेडियो प्राविधिक र अर्को एक जना सहयोगी गरी तीन जना कर्मचारीको तत्काल आवश्यकता छ । हालै (जेठ २४ गते) कार्यभार सम्हालेकी अस्पताल प्रमुख डा वर्षा प्रकाशले जनशक्ति व्यवस्थापनका लागि प्रदेश सरकारको विषयगत मन्त्रालयमा पहल भइरहेको बताइन् । उनले भनिन्, “हामीले आवश्यक जनशक्तिका लागि सम्बन्धित प्रदेश मन्त्रालयमा निरन्तर समन्वय र ताकेता गरिरहेका छौँ, तर यस विषयका दक्ष जनशक्ति (रेडियोलोजिस्ट) प्रदेशभरि नै अभाव रहेकाले मन्त्रालयले कहिलेसम्म कर्मचारी पठाउँछ भन्ने टुङ्गो लाग्न सकेको छैन ।”

मधेस प्रदेशमा कर्मचारी समायोजनबाट आएका एक्ला वरिष्ठ रेडियोलोजिस्ट डा बृजेन्द्रकुमार साह यसअघि यही अस्पतालमा निमित्त मेसुका रूपमा कार्यरत थिए । प्रदेश सरकारले डा साहकै विज्ञतालाई हेरेर लहानमा सिटी स्क्यान मेसिन पठाएको थियो, तर गत माघ २ गते मन्त्रालयले डा साहलाई सर्लाहीको मलङ्गवास्थित प्रादेशिक अस्पतालमा सरुवा गरेपछि समस्या भएको जानकारहरू बताउँछन् ।

यहाँ मधेस प्रदेशका तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहको कार्यकालमा आर्थिक वर्ष २०८१/८२ मा रु १२ करोड लागतमा दुई वटा सिटी स्क्यान मेसिन खरिद गरिएको थियो । तीमध्ये एउटा मेसिन जनकपुरस्थित मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान र अर्को लहान अस्पतालमा पठाइएको तत्कालीन प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रका महानिर्देशक डा सुनिलप्रसाद कुशवाहाले जानकारी दिए ।

Previous Post

मनास्लु हिमाल आरोहणको ७० वर्ष : तीन हजार ६४३ जनाद्वारा आरोहण

Next Post

एम्बुलेन्समा ‘जिपीएस’ अनिवार्य

metakhabar

metakhabar

सम्बन्धित खबर

धुलिखेल अस्पतालमा स्वास्थ्य–बिमा सेवा सुरु
समाचार

धुलिखेल अस्पतालमा स्वास्थ्य–बिमा सेवा सुरु

१ भदौ २०८३,
शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेट
समाचार

शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेट

१ भदौ २०८३,
जलविद्युतमा ‘लाइसेन्स राज’ अन्त्य गरी प्रतिस्पर्धी प्रणाली लागू गर्छौँ : मन्त्री श्रेष्ठ
राजनीति

जलविद्युतमा ‘लाइसेन्स राज’ अन्त्य गरी प्रतिस्पर्धी प्रणाली लागू गर्छौँ : मन्त्री श्रेष्ठ

१ भदौ २०८३,
विद्युत्सहित आधारभूत सेवामा कर थोपरेर सरकारले जनतालाई सास्ती दियो : सीके राउत
समाचार

विद्युत्सहित आधारभूत सेवामा कर थोपरेर सरकारले जनतालाई सास्ती दियो : सीके राउत

१ भदौ २०८३,
कृषि बीमाको प्रिमियममा अनुदान उपलब्धी गराउने कार्यविधि संशोधन
समाचार

कृषि बीमाको प्रिमियममा अनुदान उपलब्धी गराउने कार्यविधि संशोधन

१ भदौ २०८३,
राष्ट्रियसभामा बाढीपहिरो प्रभावितको उद्धार र राहतमा सरकारको ध्यानाकर्षण
समाचार

राष्ट्रियसभामा बाढीपहिरो प्रभावितको उद्धार र राहतमा सरकारको ध्यानाकर्षण

१ भदौ २०८३,
Load More
Next Post
एम्बुलेन्समा ‘जिपीएस’ अनिवार्य

एम्बुलेन्समा ‘जिपीएस’ अनिवार्य

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In