• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

    जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

    जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सुरु

    जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सुरु

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त

    कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

    कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

    फिफा विश्वकप : ब्राजिल र पाराग्वे अन्तिम १६ मा प्रवेश

    फिफा विश्वकप : ब्राजिल र पाराग्वे अन्तिम १६ मा प्रवेश

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

    जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

    जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सुरु

    जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सुरु

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त

    कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

    कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

    फिफा विश्वकप : ब्राजिल र पाराग्वे अन्तिम १६ मा प्रवेश

    फिफा विश्वकप : ब्राजिल र पाराग्वे अन्तिम १६ मा प्रवेश

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

नेपालमा नर्सहरूको अभाव, स्वास्थ्य क्षेत्रकै गम्भीर चुनौती बन्दै

metakhabar by metakhabar
३० बैशाख २०८३,
0
नेपालमा नर्सहरूको अभाव, स्वास्थ्य क्षेत्रकै गम्भीर चुनौती बन्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपालमा पछिल्लो समय नर्सहरूको अभाव स्वास्थ्य क्षेत्रकै गम्भीर चुनौती बन्दै गएको छ ।

निजी तथा सरकारी अस्पतालहरूमा दक्ष नर्स पाउन कठिन हुन थालेको छ भने ठूलो संख्यामा नेपाली नर्सहरु विदेश पलायन भइरहेका छन् ।
कम तलब, कामको उच्च दबाब, सीमित सेवा–सुविधा र भविष्यप्रतिको असुरक्षाका कारण धेरै नर्स विदेशतर्फ आकर्षित भएका छन् । यद्यपी, देशभर नर्सिङ अध्ययन गर्ने विद्यार्थीहरूको संख्या भने बढ्दो अवस्थामा छ ।

अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा कुरा गर्दै काठमाडौं क्यान्सर सेन्टरकी नर्स इन्चार्ज निस्ता खत्रीले नर्सिङ पेशा केवल जागिर नभइ सेवाभावसँग जोडिएको पेशा भएको बताइन् । उनले बिरामीको पीडालाई आफ्नै पीडा ठानेर काम गर्नसक्ने भावना नभएसम्म सफल नर्स बन्न कठिन हुने बताइन् ।

उनले पछिल्लो समय नेपालमा नर्सिङ अध्ययन गर्ने विद्यार्थीहरूको संख्या बढिरहेको उल्लेख गर्दै देशभित्र मात्र नभइ विदेशमा पनि नेपाली नर्सहरूको माग उच्च रहेको बताइन् ।

खत्रीका अनुसार नर्स बन्न केवल पढाइ पूरा गर्नु पर्याप्त हुँदैन, त्यसका लागि संवेदनशील मन आवश्यक पर्छ । ‘बिरामीलाई आफ्नै परिवारको सदस्य सम्झन सक्नुपर्छ । बिरामीको घाउ, पीडा, मानसिक अवस्था र आर्थिक समस्यालाई बुझेर सेवा गर्न सक्ने व्यक्ति मात्रै असल नर्स बन्न सक्छ,’उनले भनिन् ।

उनले नर्सिङ क्षेत्रमा महिलाको मात्रै सहभागिता भन्ने पुरानो सोच अझै समाजमा रहेको बताइन्। तर पछिल्ला वर्षहरूमा पुरुष नर्सको संख्या पनि विस्तारै बढिरहेको उनको भनाइ छ । ‘पहिले नर्सिङलाई महिलाले मात्र पढ्ने विषय मानिन्थ्यो। अहिले पुरुषहरू पनि नर्सिङ पढिरहेका छन् । विदेशमा नेपाली पुरुष नर्सहरूले राम्रो अवसर पाएका छन् ।

उनले भनिन्,‘सुरुमा के भयो भनेदेखि नर्सिङ भन्ने बित्तिकै सबै अब केटीले नै पढ्ने विषय भन्ने भयो । वर्तमान समयमा चाँही हेर्नुहुन्छ भने मेल नर्स नभएको होइन अझैपनि एउटा ब्याचमा दुई–तीन मेल नर्सहरु छन् । नेपालमा मात्रै चेतनाको कमीले पुरुष नर्स कम देखिएका हुन् ।’
खत्रीले अहिले नेपालका अस्पतालहरूमा नर्स अभाव गम्भीर बन्दै गएको बताइन् । उनले भनिन्, ‘धेरै अस्पतालमा दक्ष नर्स पाउन गाह्रो भइरहेको छ । हाम्रो अस्पताल मात्रै होइन, अन्य अस्पतालमा पनि यही समस्या छ ।’

उनका अनुसार कम तलब, सुविधा अभाव र कामको उच्च दबाबका कारण धेरै नर्स विदेश जान बाध्य भइरहेका छन् । उनले नर्सहरूले पछिल्लो समय गरेको आन्दोलनको मुख्य कारण पनि उचित पारिश्रमिक भएको जानकारी दिइन् ।

उनले भनिन्,‘अहिले नर्स पाउन धेरै नै गा¥हो भइरहेको छ । हाम्रै हस्पिटलमा अथवा अन्य कुनै हस्पिटलहरुमा पनि नर्सहरु पाउन गार्हो छ । किनकी नर्सहरुले राम्रो तलब, सुविधा जस्ता कुराहरु कम भएका कारणले गर्दा आन्दोलनहरु पनि हुने गरेका छन् । जति मेहेनत वा जति काम गर्नुहुन्छ, सो अनुसार पारिश्रमिक नभएको कारणले गर्दा सबै नर्सहरु सडकमा उत्रिनु परेको छ ।’

यसमा थप्दै उनले भनिन्,‘नर्सहरूले दिनरात नभनी काम गर्छन् । आठ घण्टादेखि १२ घण्टासम्म ड्युटी गर्नुपर्छ । बिरामीको अवस्था हेरेर कहिलेकाहीँ आफ्नो आराम र खाना समेत छाड्नुपर्छ,।’

उनका अनुसार सरकारले तोकेको सेवा–सुविधा सबै निजी अस्पतालले पूर्ण रूपमा कार्यान्वयन नगर्दा नर्सहरू असन्तुष्ट हुने गरेका छन् । ‘सरकारले तलब, नाइट अलाउन्स, हाजार्ड भत्ता लगायतका व्यवस्था गरेको छ । तर सबै संस्थाले प्रभावकारी रूपमा लागू गरेका छैनन् । जहाँ लागू भएको छ, त्यहाँ कर्मचारी केही सन्तुष्ट छन्,’ उनले सुनाइन् ।

नर्स खत्रीले हाल नेपालमा नर्सिङ क्षेत्रमा रोजगारीको अवसर प्रशस्त रहेको पनि उल्लेख गरिन् । तर अवसर भएपनि भविष्य सुरक्षित गर्ने चाहनाले धेरै नर्स विदेशतर्फ आकर्षित भइरहेको उनको धारणा छ ।अहिले धेरै अस्पतालमा नर्सको माग छ । राम्रोसँग खोज्ने हो भने सजिलै जागिर पाइन्छ,’ उनले भनिन्।

उनका अनुसार दुबई, कतार, अष्ट्रेलिया, अमेरिकालगायतका देशमा नेपाली नर्सहरूको आकर्षण बढ्दो छ । यही कारणले नेपालमा दक्ष नर्सको अभाव बढ्दै गएको उनको विश्लेषण छ ।

नर्स अभावले अस्पतालको सेवा गुणस्तरमा समेत असर पर्ने समेत उनको चिन्ता छ । अस्पतालमा कर्मचारी स्थिर नभएर बारम्बार परिवर्तन भइरहँदा सेवाको गुणस्तरमा असर पर्न सक्ने र नयाँ नर्सलाई काम सिकाउन समय लाग्छ उनको भनाइ छ ।

यद्यपि, नर्सिङ पढ्ने विद्यार्थीको संख्या भने अझै धेरै रहेको उनले बताइन् । ‘विद्यार्थीहरू नर्सिङ पढ्न उत्साहित छन् । धेरैले विदेश जाने लक्ष्यसहित पनि पढिरहेका छन्,’उनले भनिन्।

अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा सम्पूर्ण नर्सहरूलाई शुभकामना दिँदै खत्रीले नर्सिङ पेशाप्रति गर्व लागेको बताइन् ।
उनले भनिन्,‘हाम्रो यस्तो पेशा हो, जहाँ हामी बिरामीको पीडालाई आफ्नै पीडा सम्झेर काम गर्छौं । बिरामीलाई खुशी बनाउन, पीडा कम गर्न र सेवा दिन दिनरात खटिरहेका हुन्छौं,’ उनले भनिन् ।

उनले सबै नर्सहरूलाई सेवाभावका साथ कामलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउन आग्रह गरिन् । त्यस्तै काठमाडौँ क्यान्सर सेन्टरमा विगत चार वर्षदेखि कार्यरत नर्स सरु खाइजूले पनि नर्सिङ पेशाबारे बोल्दै नर्सिङ सेवा र जिम्मेवारी दुवै भएको बताइन् ।

घर र काम दुवैलाई सन्तुलनमा राख्न चुनौती भएपनि नर्सहरूले आफ्नो कर्तव्यलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ । ‘हामी आफैं इन्डिपेन्डेन्ट हौं भनेर यो पेशामा आएका हुन्छौं, तर कामको दबाब र पारिश्रमिकले कहिलेकाहीँ कठिन बनाउँछ,’उनले भनिन्।

उनका अनुसार लामो ड्युटी, डबल सिफ्ट र ओभरटाइमका कारण नर्सहरूलाई व्यक्तिगत जीवन र परिवारलाई समय दिन कठिनाइ हुने गर्छ । विशेषगरी साना बच्चा भएका महिला नर्सहरूलाई अझ बढी चुनौती हुने उनले बताइन् ।

खाइजूले नर्सहरूको सेवा र मेहनतअनुसार तलब तथा सुविधा सुधार गर्नुपर्ने आवश्यकता औंल्याइन् । उनले भनिन्,‘सरकार र सम्बन्धित निकायले हाम्रो कामअनुसार उचित पारिश्रमिक र सुविधा दिनुपर्छ ।’

उनले धेरै नर्सहरू विदेश जाने सोचमा रहेको उल्लेख गर्दै आफू भने नेपालमै बस्ने चाहना भएपनि अवसर र अवस्थाले प्रभाव पार्ने बताइन् ।
‘नेपालमै राम्रो अवसर र सुविधा भए यहाँ बस्न मन छ, तर अहिलेको अवस्थामा विदेश जाने सोच धेरैमा आउँछ,’ उनले भनिन्।

Previous Post

लालपुर्जाविहीन नागरिकको पीडा : सुदूरपश्चिमका केही पालिकामा घरभन्दा धेरै ‘भूमिहीन’ परिवार

Next Post

आम्दानीमा मेसीको फड्को : तलब मात्रै साढे ३ अर्ब

metakhabar

metakhabar

सम्बन्धित खबर

जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै
आर्थिक

जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

१६ असार २०८३,
जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सुरु
आवाज

जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सुरु

१६ असार २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त

१६ असार २०८३,
कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना
आर्थिक

कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

१६ असार २०८३,
बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
आर्थिक

बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

१६ असार २०८३,
फिफा विश्वकप : ब्राजिल र पाराग्वे अन्तिम १६ मा प्रवेश
खेलमैदान

फिफा विश्वकप : ब्राजिल र पाराग्वे अन्तिम १६ मा प्रवेश

१६ असार २०८३,
Load More
Next Post
आम्दानीमा मेसीको फड्को : तलब मात्रै साढे ३ अर्ब

आम्दानीमा मेसीको फड्को : तलब मात्रै साढे ३ अर्ब

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In