• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, July 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बालाजु र नागार्जुनमा मेलम्चीको पानी वितरण प्रक्रिया सुरु

    मेलम्चीको पानी आपूर्ति बन्द

    हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण

    हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण

    खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक

    खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक

    तेह्र सय घरमा खानेपानी सुविधा विस्तार

    तेह्र सय घरमा खानेपानी सुविधा विस्तार

    भेनेजुएलामा आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको जीवितै उद्धार

    भेनेजुएलामा आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको जीवितै उद्धार

    अस्ट्रियालाई पराजित गर्दै स्पेन विश्वकपको अन्तिम १६ मा

    अस्ट्रियालाई पराजित गर्दै स्पेन विश्वकपको अन्तिम १६ मा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘अटोमेटिक’ प्रविधिबाट नर्सरीमा सिँचाइ

metakhabar by metakhabar
२८ बैशाख २०८३,
0
‘अटोमेटिक’ प्रविधिबाट नर्सरीमा सिँचाइ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बागलुङ । यहाँको बागलुङ नगरपालिका–६ को पञ्चकोट जाने बाटैमा गङ्गाबहादुर थापाको फलफूल नर्सरी छ । उनी सधैँ नर्सरीमै बस्न भ्याइरहन्न । तर उनले नभ्याउँदा पनि आफैँले नियमित सिँचाइ भने गरिरहन्छन् ।

यस्तो कसरी सम्भव भयो होला ? धेरैको मनमा यस्तै जिज्ञासा आउन सक्छ । तर यो प्रविधिको माध्यमबाट सम्भव भएको हो । पाँच रोपनी जमिन ३० हजार रुपैयाँ वार्षिक भाडा तिर्ने गरी लिएर गङ्गाबहादुरले ‘पञ्चकोट फलफूल नर्सरी’ स्थापना गरेका हुन् ।

बीस लाख रुपैयाँ लगानी गरेर स्थापना गरिएको नर्सरीमा टाइफ्लेट नामक जङ्गली तीन पाते सुन्तलाको बिरुवाको जरामा स्थानीय खोकु जातको सुन्तलालाई कलमी गरेर विषम हावापानी सहने बिरुवा उत्पादन गरिरहेका छन् ।

बिरुवालाई कीरा र विभिन्न सङ्क्रमणबाट जोगाउन प्लाष्टिक टनेल र जाली लगाइएको छ । टनेलमा गण्डकी प्रदेशकै नमुना अटोमेसन प्रविधिको जडान गरेको उनले बताए । सोही प्रविधिको माध्यमबाट उनले जुनसुकै स्थानमा बसेर टनेलमा सिँचाइ गर्दै आएका छन् । सिँचाइको आवश्यकतापश्चात् इन्टरनेटको माध्यमबाट मोबाइलबाटै अटोमेसन प्रविधि सञ्चालन गर्न सकिनेछ ।

बिरुवाको आवश्यकताका आधारमा आफू बागलुङ, म्याग्दी र जहाँ भए पनि अटोमेसन प्रविधिले विद्युत् र इन्टरनेटसँगै मोबाइलको सहायताले सिँचाइ गर्न सक्ने उनले बताए । इन्टरनेट र विद्युत्मा समस्या भए धारोबाट थोपा सिँचाइ प्रविधिबाट सिञ्चित गर्ने गरेको उनको भनाइ छ । “सिँचाइको आवश्यकता भएपछि मोबाइलमा अटोमेसन प्रविधिबाट अनुमति दिएपछि टनेलमा रहेको प्रविधि सक्रिय हुन्छ, टनेलमाथिबाट आकाशबाट पानी परेजस्तै गरी सिँचाइ हुन्छ”, थापाले भने, “प्रविधिको प्रयोगले आफू जहाँ भए पनि सिँचाइ गर्न सकिन्छ ।”

उक्त प्रविधिका सञ्चालनका लागि टनेलभित्र विद्युत् र इन्टरनेटको सुविधा भने उपलब्ध भइराख्नुपर्ने हुन्छ । गङ्गाबहादुरले यही स्थानमा फलफुलका बिरुवासँगै गोलभेँडा, खुर्सानी र अन्य तरकारी पनि लगाउनुभएको छ । पाँचवटा हाइटेक टनेलमा विभिन्न मौसमी र बेमौसमी तरकारी खेती गरेका छन् ।

गङ्गाबहादुरको नर्सरी व्यवस्थापनका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बागलुङले पनि सघाएको छ । नर्सरी व्यवस्थापनका लागि चार लाख रुपैयाँ परियोजनाले प्रदान गरेको छ । जिल्लाकै उदाहरणीय फार्मलाई थप व्यवस्थापनका लागि परियोजनाले सहयोग गरेको परियोजनाका प्रमुख नारायण पौडेलले बताए ।

त्यसो त गङ्गाबहादुरको स्थायी ठेगाना जैमिनी नगरपालिका–९ पैयुँथन्थाप हो । उनी पहिलोपटक गौडाकोट आउँदा रुखो रातो माटो, हिउँदमा धुलाम्य, बर्खामा चिप्लो बाटो थियो । उनी जैमिनी छाडेर तरकारी खेती गर्न बागलुङ नगरपालिका छिरेको २० वर्ष भयो । उनले गौडाकोटलाई कृषि गाउँका रूपमा चिनाएर अन्य स्थानमा समेत कृषिका काम थालेका छन् ।

उनले कृषिमा आधुनिक प्रविधिसमेत भित्र्याएर अरूका लागि प्रेरणासमेत बनेका छन् । तरकारी खेती गरेर वार्षिक २० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्ने जिल्लाको अगुवा कृषकका रूपमा उनी छन् ।

बागलुङमा तरकारी र म्याग्दीको भकिम्लीमा १०० रोपनी जमिनमा त्यहाँका स्थानीयसँगको सहकार्यमा सामूहिक किवी खेती फार्म विस्तार गरेका गङ्गाबहादुरले पछिल्लो समय बागलुङ जिल्लामै नमुना प्रविधिसहितको सुन्तलाको नर्सरी स्थापना गरेका हुन् ।

गङ्गाबहादुरको नर्सरी जिल्लामामात्र नभएर देशभरकै किसानलाई समेत सिकाइ केन्द्र बनेको कृषि ज्ञान केन्द्रका प्रमुख राजेश्वर सिलवालले बताए । धार्मिक पर्यटकको आकर्षण बढिरहेको पञ्चकोटमा गङ्गाबहादुरको नर्सरी र नवीनतम सोचले कृषि पर्यटकको नजरसमेत कृषिमा पर्न थालेको छ ।

Previous Post

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

Next Post

रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो ला लिगाको उपाधि

metakhabar

metakhabar

सम्बन्धित खबर

बालाजु र नागार्जुनमा मेलम्चीको पानी वितरण प्रक्रिया सुरु
आवाज

मेलम्चीको पानी आपूर्ति बन्द

१९ असार २०८३,
हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण
कृषि

हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण

१९ असार २०८३,
खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक
अन्तर्राष्ट्रिय

खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक

१९ असार २०८३,
तेह्र सय घरमा खानेपानी सुविधा विस्तार
समाचार

तेह्र सय घरमा खानेपानी सुविधा विस्तार

१९ असार २०८३,
भेनेजुएलामा आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको जीवितै उद्धार
अन्तर्राष्ट्रिय

भेनेजुएलामा आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको जीवितै उद्धार

१९ असार २०८३,
अस्ट्रियालाई पराजित गर्दै स्पेन विश्वकपको अन्तिम १६ मा
खेलमैदान

अस्ट्रियालाई पराजित गर्दै स्पेन विश्वकपको अन्तिम १६ मा

१९ असार २०८३,
Load More
Next Post
रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो ला लिगाको उपाधि

रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो ला लिगाको उपाधि

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In