• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची

    रास्वपाको सचिवालय बैठक बस्दै

    जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने

    ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन

    एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

    एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

    अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै

    अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै

    गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

    गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

    ज्यानको बाजी लगाएर भीरमा मह सिकार, विदेशीसमेत मोहित

    ज्यानको बाजी लगाएर भीरमा मह सिकार, विदेशीसमेत मोहित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची

    रास्वपाको सचिवालय बैठक बस्दै

    जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने

    ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन

    एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

    एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

    अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै

    अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै

    गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

    गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

    ज्यानको बाजी लगाएर भीरमा मह सिकार, विदेशीसमेत मोहित

    ज्यानको बाजी लगाएर भीरमा मह सिकार, विदेशीसमेत मोहित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

metakhabar by metakhabar
२७ बैशाख २०८३,
0
गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बेनी (म्याग्दी), २७ वैशाखः धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको छ । छन्त्याल र दलित समुदायको बसोबास रहेको परम्परागत ढुङ्गे घरहरू गुजमुज्ज मिलेर बसेको गुर्जा गाउँमा चलचित्र ‘सारथी’को छायाङ्कन सुरु गरिएको हो ।

सदरमुकाम बेनीदेखि सबैभन्दा टाढाको दूरीमा जिल्लाको अन्तिम बस्तीका रूपमा रहेको गुर्जामा यसअघि विभिन्न म्युजिक भिडियोको छायाङ्कन गरिएको भए पनि चलचित्रको छायाङ्कन थालिएको भने पहिलो पटक हो । गुर्जा र चुरेन हिमाल अवस्थित गुर्जामा रहेको प्राकृतिक, सांस्कृतिक र परम्परागत जनजीवनको पाटोलाई समेत समेटेर चलचित्रका दृश्य खिच्न थालिएको छ । सामाजिक कथावस्तुमा आधारित सारथी चलचित्रको निर्माण टोली दुई सातादेखि गुर्जामै बसेर चलचित्र निर्माणका लागि कलाकारहरूको अभिनय छायाङ्कन गरिरहेको प्रमुख निर्माता तारा थापाले बताउनुभयो ।

फिल्म निर्माणका लागि करिब ६० जनाको समूह गुर्जा पुगेको छ । गुर्जाको मुख्य बस्ती, देउराली डाँडालगायत क्षेत्रमा दृश्य छायाङ्कनको काम भइरहेको छ । उत्तम प्रधान, निरुता सिंह, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसीलगायत नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकारको अभिनय रहने यस चलचित्रमा गुर्जाकै कलाकार गिरी विश्वकर्मासहित गायत्री जोशी, मदन थापा, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मालगायतका नयाँ कलाकारको पनि अभिनय रहने प्रमुख निर्माता थापाले बताउनुभयो ।

यस चलचित्रको अधिकांश दृश्य गुर्जा वरपर नै छायाङ्कन गरिने निर्देशक कुमार गजुरेलले जानकारी दिनुभयो । गुर्जाकै सामाजिक विषयलाई कथावस्तु बनाएर तयार गर्न लागिएको यस चलचित्रको माध्ययमबाट गुर्जामा लुकेर रहेको पर्यटन सम्भावनालाई समेत विश्वमाझ परिचित गराउन सहयोग पुग्ने उहाँले बताउनुभयो ।

“केही वर्षअघि हामी गुर्जा हिमालको आधार शिविर पुगेका थियौँ, त्यसबखत नै हामीले गुर्जामा फिल्म बनाउने निधो गरेका थियौँ, यहाँको भूबनोट र प्राकृतिक सौन्दर्यताले गुर्जालाई फिल्म सिटीका रूपमा विकास गर्न सकिने प्रशस्त सम्भावना छ”, निर्देशक गजुरेलले भन्नुभयो । गुर्जामा संसारलाई चिनाउनुपर्ने धेरै ठाउँ र कला संस्कृति भएकाले राष्ट्रियस्तरबाट यसको पहल हुनुपर्ने उहाँको भनाइ छ ।

जिल्लाकै सबैभन्दा दुर्गम बस्तीको उममा पाएको गुर्जामा हालैमात्र सडक सञ्जालको पहुँच जोडिएको छ । भूगोलले दूरी टाढा भए पनि प्राकृतिक सौन्दर्य र सम्भावनाले भरिपूर्ण गुर्जामा फिल्म छायाङ्कनले राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा प्रचारप्रसारमा सघाउने धवलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो । “पहिले केही गीतहरूको भिडियो छायाङ्कन भएका थिए, यसपटक ठूलो पर्दाको चलचित्र नै यहाँ बनिरहेको छ, यसले गुर्जालाई थप परिचित गराउन भूमिका खेल्ने अपेक्षा गरेका छाँै”, उहाँले भन्नुभयो ।

किम्भे प्रोडक्सन तथा धीरज इन्फिनिटी फिल्मस्को सहकार्यमा चलचित्र बन्नेछ । तीस वर्ष लामो फिल्म सम्पादनको अनुभव सम्हाल्नुभएका तारा थापाले निर्माण गर्न लाग्नुभएको यस चलचित्रको निर्मातामा सौर्यल थापा, रदिप श्रेष्ठ, धीरज तामाङ र प्रदीप रायमाझी निर्माताका रूपमा रहनुभएको छ भने कुमार गजुरेलको डेव्यु निर्देशन रहेको छ ।

Previous Post

ज्यानको बाजी लगाएर भीरमा मह सिकार, विदेशीसमेत मोहित

Next Post

अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै

metakhabar

metakhabar

सम्बन्धित खबर

रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची
आर्थिक

रास्वपाको सचिवालय बैठक बस्दै

२७ बैशाख २०८३,
जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने
आर्थिक

ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन

२७ बैशाख २०८३,
एघार वर्षपछि ग्रामीण सडक कालोपत्र
आवाज

एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

२७ बैशाख २०८३,
अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै
अन्तर्राष्ट्रिय

अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै

२७ बैशाख २०८३,
ज्यानको बाजी लगाएर भीरमा मह सिकार, विदेशीसमेत मोहित
फिचर-ब्यानर

ज्यानको बाजी लगाएर भीरमा मह सिकार, विदेशीसमेत मोहित

२७ बैशाख २०८३,
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
समाचार

हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

२७ बैशाख २०८३,
Load More
Next Post
अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै

अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In