• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सुकुम्बासीहरुको डिजिटल लगत संकलन गर्दै सरकार, राहत तथा अनुदान सिधै बैंक खातामा पठाइने

    सुकुम्बासीहरुको डिजिटल लगत संकलन गर्दै सरकार, राहत तथा अनुदान सिधै बैंक खातामा पठाइने

    दैलेखमा ४२० हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा

    दैलेखमा ४२० हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा

    युद्ध जोखिम बढ्दैः तेल मूल्य उकालो, शेयर बजार ओरालो

    युद्ध जोखिम बढ्दैः तेल मूल्य उकालो, शेयर बजार ओरालो

    इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता

    इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता

    हर्मुज तनावबीच युद्धविराम विस्तार

    स्ट्रेट अफ होर्मुज बन्द हुँदा १५०० भन्दा बढी जहाजहरू समुन्द्रमै ठप्प ः आइएसओ

    यस वर्षको मनसुनमा सरदरभन्दा कम पानी पर्ने, तापक्रम बढ्ने प्रक्षेपण

    यस वर्षको मनसुनमा सरदरभन्दा कम पानी पर्ने, तापक्रम बढ्ने प्रक्षेपण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रासायनिक मललाई प्रतिस्थापन गर्दै गँड्यौला मल

metakhabar by metakhabar
२५ बैशाख २०८३,
0
रासायनिक मललाई प्रतिस्थापन गर्दै गँड्यौला मल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सिरहा, २५ वैशाख : धनगढीमाई नगरपालिका–१० दनुवारी टोलकी अनिता महतोलाई अचेल रासायनिक मलको खोजीमा सहकारी र बजारतिर भौतारिनु पर्दैन । विगत छ महिनादेखि उहाँले आफ्नो खेतमा रासायनिक मलको सट्टा ‘गँड्यौला मल’ प्रयोग गर्न थाल्नुभएको हो ।

अनिताले अहिले करिब पाँच कट्ठा जमिनमा विभिन्न प्रकारका तरकारीखेती गरिरहनुभएको छ । गँड्यौला मलको प्रयोगबाट उत्पादन निकै सन्तोषजनक भएको उहाँको अनुभव छ । “जबदेखि गँड्यौला मल सुरु गरेँ, रासायनिक मलको खोजीमा दौडिनुपरेको छैन”, उहाँले खुसी हुँदै भन्नुभयो, “यसले चिस्यान बढाउनुका साथै अग्र्यानिक तरकारी उत्पादनमा पनि ठूलो सहयोग पुर्याएको छ । माटोको उर्वराशक्ति पनि बढाउँदोरहेछ ।”

अनितामात्र होइन, सोही टोलकी सुगन्धादेवी सिंहले पनि गँड्यौला मलकै प्रयोगबाट खेतीपाती गरिरहनुभएको छ । यो टोलका ११ घरपरिवारले ‘महारानी महिला कृषक समूह’ गठन गरी व्यावसायिक रूपमा गँड्यौला मल उत्पादन गरिरहेका छन् । कुल २६ जना सदस्य रहेको यस समूहका अन्य १२ घरपरिवारले गोठ सुधार गरी कम्पोष्ट मल उत्पादन गरिरहेका छन् । समूहकी कोषाध्यक्ष उर्मिला महतोका अनुसार विस्तारै वडाभरिका किसान गँड्यौला र कम्पोष्ट मलतर्फ आकर्षित हुँदै गएका छन् ।

उर्मिलाका अनुसार गाईभैँसीको मलमूत्र र सड्ने झारपातलाई सङ्कलन गरी त्यसमा गँड्यौला छाडिन्छ । गँड्यौलाले ती वस्तुलाई आहाराका रूपमा खान्छन् र उनीहरूको दिसा नै मलका रूपमा प्रयोग गरिन्छ । यो मलले माटोलाई चिस्यानयुक्त बनाइराख्न मद्दत गर्छ, जुन जलवायुमैत्री कृषिका लागि उपयुक्त मानिन्छ ।

किसानलाई आधुनिक र जलवायु उत्थानशील पद्धतिमा आबद्ध गराउन लहानस्थित ‘राष्ट्रिय कृषक समूह महासङ्घ नेपाल’ले ‘जलवायुमैत्री गाउँ परियोजना’मार्फत सक्रिय भूमिका खेलिरहेको छ । ‘केयर नेपाल’को आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित यस परियोजनाले कृषक पाठशाला सञ्चालन गर्नेदेखि आवश्यक कृषि सामग्री उपलब्ध गराउनेसम्मका कार्य गर्दै आएको छ ।

परियोजनाका फिल्ड सुपरीवेक्षक रविन साहका अनुसार धनगढीमाई नगरपालिकाको वडा नं १४ बाहेकका अन्य सबै वडामा महिला कृषक समूह गठन गरी विभिन्न कार्यक्रम सञ्चालन गरिएका छन् । यसअन्तर्गत गोठ सुधार, गँड्यौला मल उत्पादन, बोरिङ तथा फोहोरा सिँचाइ जडान, झोल मल, जैविक मल, आधुनिक चुलो प्रवर्द्धन र जलवायुमैत्री बीउबिजन वितरणजस्ता कार्यहरू प्रभावकारी रूपमा अघि बढाइएको साहले जानकारी दिनुभयो ।

परियोजनाका वरिष्ठ कार्यक्रम अधिकृत ईश्वर थापाका अनुसार यो कार्यक्रम यहाँका धनगढीमाई नगरपालिका, लक्ष्मीपुर पतारी, भगवानपुर र सखुवानन्कारकट्टी गाउँपालिका गरी चार स्थानीय तह तथा सप्तरीका रुपनी र अग्निसाइर कृष्णासवरन गाउँपालिकामा सञ्चालित छ । उहाँका अनुसार ७० प्रतिशत संस्थाको र ३० प्रतिशत किसानको लागत साझेदारीमा सञ्चालित यो कार्यक्रमले किसानमा अपनत्वको बोध गराएको छ ।

थापाले भन्नुभयो, “मधेस प्रदेशमा हरितगृह ग्यास उत्सर्जन न्यूनीकरण गर्दै लैङ्गिक उत्तरदायी र जलवायु उत्थानशील कृषक समुदायको विकास गर्नु हाम्रो मुख्य उद्देश्य हो । यस अभियानले विशेषगरी कृषिमा महिलाको कार्यबोझ कम गर्दै उनीहरूको क्षमता अभिवृद्धिमा प्रत्यक्ष सहयोग पुर्याउने लक्ष्य राखेको छ । साथै, माटोमा कार्बन सञ्चिति बढाएर उत्पादकत्व सुधार गर्ने र जलवायु परिवर्तनका चुनौतीलाई सामना गर्न सक्नेगरी किसानलाई सक्षम बनाउन हामी केन्द्रित छौँ ।”

जलवायुमैत्री कृषिको महत्व बढ्दै जाँदा सरकारले पनि यसलाई विशेष प्राथमिकता दिएको छ । सरकारको ‘शासकीय सुधारका १०० कार्यसूची’मा समेत माटोमा कार्बन बढाउने विषय समेटिएको छ । विज्ञहरूका अनुसार माटोमा कार्बन बढ्दा पोषकतत्वको चुहावट कम हुने र बिरुवाको जराको फैलावट राम्रो हुने गर्छ । थोरै समयमा नाफा खोज्नेहरूका लागि यो पद्धति ढिलो लागे पनि माटोको दीर्घकालीन स्वास्थ्य र विषादीरहित उत्पादनका लागि गँड्यौला मल अहिलेको उत्तम विकल्प सावित भएको छ ।

Previous Post

हिउँचितुवा गणना गर्न ५६ स्थानमा क्यामेरा राखियो

Next Post

हर्मुज क्षेत्रमा तनावपछि ट्रम्पको प्रतिक्रियाः स्थिति नजिकबाट निगरानीमा

metakhabar

metakhabar

सम्बन्धित खबर

सुकुम्बासीहरुको डिजिटल लगत संकलन गर्दै सरकार, राहत तथा अनुदान सिधै बैंक खातामा पठाइने
फिचर-ब्यानर

सुकुम्बासीहरुको डिजिटल लगत संकलन गर्दै सरकार, राहत तथा अनुदान सिधै बैंक खातामा पठाइने

२६ बैशाख २०८३,
दैलेखमा ४२० हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा
समाचार

दैलेखमा ४२० हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा

२६ बैशाख २०८३,
युद्ध जोखिम बढ्दैः तेल मूल्य उकालो, शेयर बजार ओरालो
अन्तर्राष्ट्रिय

युद्ध जोखिम बढ्दैः तेल मूल्य उकालो, शेयर बजार ओरालो

२६ बैशाख २०८३,
इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता
अन्तर्राष्ट्रिय

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता

२६ बैशाख २०८३,
हर्मुज तनावबीच युद्धविराम विस्तार
अन्तर्राष्ट्रिय

स्ट्रेट अफ होर्मुज बन्द हुँदा १५०० भन्दा बढी जहाजहरू समुन्द्रमै ठप्प ः आइएसओ

२६ बैशाख २०८३,
यस वर्षको मनसुनमा सरदरभन्दा कम पानी पर्ने, तापक्रम बढ्ने प्रक्षेपण
फिचर-ब्यानर

यस वर्षको मनसुनमा सरदरभन्दा कम पानी पर्ने, तापक्रम बढ्ने प्रक्षेपण

२६ बैशाख २०८३,
Load More
Next Post
हर्मुज तनावबीच युद्धविराम विस्तार

हर्मुज क्षेत्रमा तनावपछि ट्रम्पको प्रतिक्रियाः स्थिति नजिकबाट निगरानीमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In