• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 8, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    लिपुलेकमा देखिएको समस्या समाधानका लागि कूटनीतिक प्रयास गर्न सांसदहरुको आग्रह

    लिपुलेकमा देखिएको समस्या समाधानका लागि कूटनीतिक प्रयास गर्न सांसदहरुको आग्रह

    जिम्मेवार प्रेसले लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउँछः राष्ट्रपति पौडेल

    जिम्मेवार प्रेसले लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउँछः राष्ट्रपति पौडेल

    परराष्ट्रमन्त्रीसँग सार्क महासचिवको भेट

    परराष्ट्रमन्त्रीसँग सार्क महासचिवको भेट

    उत्तर कोरियाद्वारा दक्षिण कोरियासँगको एकीकरण खारेज

    उत्तर कोरियाद्वारा दक्षिण कोरियासँगको एकीकरण खारेज

    चीनमा ‘एआई’ रोबोटको तीव्र विस्तार

    चीनमा ‘एआई’ रोबोटको तीव्र विस्तार

    डब्ल्यूएचओद्वारा दोस्रो हान्टाभाइरस सङ्मणको पुष्टि

    डब्ल्यूएचओद्वारा दोस्रो हान्टाभाइरस सङ्मणको पुष्टि

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
२४ बैशाख २०८३,
0
जिम्मेवार प्रेसले लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउँछः राष्ट्रपति पौडेल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, २४ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले जिम्मेवार प्रेसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउने बताउनुभएको छ । विभिन्न समयमा भएका जनआन्दोलन तथा सङ्घर्षमा नेपाली जनताले प्रकट गरेको सुशासन, विकास, प्रगति र आर्थिक समृद्धिको युगानुकूल चाहनालाई पूरा गर्ने अभियानमा नेपाली प्रेसले अझै प्रभावकारी ढङ्गले काम गर्ने उहाँले विश्वास व्यक्त गर्नुभएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा आज यहाँ आयोजित पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपालको राजनीतिक, सामाजिक, सांस्कृतिकलगायत हरेक परिवर्तनमा नेपाली पत्रकारिता जगतले खेलेको भूमिका उल्लेखनीय रहँदै आएको स्मरण गर्नुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूत गरेको हो । संविधानको यो मर्म र भावनाअनुसार पत्रकारलाई निर्भय तथा स्वतन्त्रतापूर्वक समाचार सम्प्रेषण गर्ने वातावरण निर्माण गर्नु राज्यको दायित्व हो । सत्यतथ्य समाचार सम्प्रेषण गरेर जनतालाई सुसूचित गर्नु जिम्मेवार प्रेसको धर्म हो । यसतर्फ नेपाली प्रेस सदैव सजग र चनाखो हुने नै छ भन्ने मैले विश्वास लिएको छु ।”

राष्ट्रपति पौडेलले पत्रकारिता परिवर्तनको वाहक र राष्ट्र निर्माणको एउटा सशक्त तथा प्रभावकारी माध्यम भएको उल्लेख गर्दै स्वतन्त्र, निष्पक्ष र तटस्थ पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य शर्त हो भने स्वतन्त्र र निष्पक्ष पत्रकारिताबिना लोकतन्त्रको कल्पना गर्न नसकिने स्पष्ट पार्नुभयो ।

समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने उल्लेख गर्दै राष्ट्रपति पौडेलले सुरक्षित र जोखिममुक्त वातावरणमा समाचार सङ्कलन तथा सम्प्रेषण गर्ने अवस्थाको सुनिश्चितातर्फ हामी सबैको ध्यान जान आवश्यक रहेको बताउनुभयो । उहाँले श्रमजीवी पत्रकारको हकहित र सञ्चारगृहको आर्थिक दिगोपनका लागि सरकार र निजी क्षेत्र दुवैले समन्वय गर्न जरुरी रहेको बताउनुभयो ।

सूचना प्रविधिको विकाससँगै बढ्दो सामाजिक सञ्जाल र नागरिक पत्रकारिताको प्रयोगले आधारहीन तथा मिथ्या सूचना सम्प्रेषणबाट जनतालाई दिग्भ्रमित पार्न सक्ने खतराको सामना गर्नु वर्तमान आमसञ्चारमाध्यमसामु थपिएको चुनौती रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले यो चुनौतीको सामना गर्न नेपाली प्रेस सक्षम हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

राष्ट्रपति पौडेलले वरिष्ठ पत्रकारिता सम्मान र राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकारले दशकौँदेखि कलमका माध्यमबाट समाजलाई देखाउनुभएको बाटो तथा पु¥याउनुभएको योगदानको कदरस्वरूप राज्यको सम्मान भएको बताउँदै पुरस्कृत सबैलाई बधाई दिनुभयो । उहाँले पुरस्कृत पत्रकारको साधनाले नयाँ पुस्ताका पत्रकारलाई व्यावसायिक निष्ठा र सत्यको मार्गमा लागिरहन सधैँ उत्प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा राष्ट्रपति पौडेलले ‘वरिष्ठ पत्रकार’ सम्मानबाट चन्द्रकिशोर झा र नम्रता शर्मालाई सम्मान गर्नुभयो भने भोला पासवान, उमेश श्रेष्ठ र रुपा गहतराजलाई ‘राष्ट्रिय पत्रकारिता’ पुरस्कार प्रदान गर्नुभयो ।

Previous Post

परराष्ट्रमन्त्रीसँग सार्क महासचिवको भेट

Next Post

लिपुलेकमा देखिएको समस्या समाधानका लागि कूटनीतिक प्रयास गर्न सांसदहरुको आग्रह

metakhabar

metakhabar

सम्बन्धित खबर

लिपुलेकमा देखिएको समस्या समाधानका लागि कूटनीतिक प्रयास गर्न सांसदहरुको आग्रह
आर्थिक

लिपुलेकमा देखिएको समस्या समाधानका लागि कूटनीतिक प्रयास गर्न सांसदहरुको आग्रह

२४ बैशाख २०८३,
परराष्ट्रमन्त्रीसँग सार्क महासचिवको भेट
आवाज

परराष्ट्रमन्त्रीसँग सार्क महासचिवको भेट

२४ बैशाख २०८३,
उत्तर कोरियाद्वारा दक्षिण कोरियासँगको एकीकरण खारेज
अन्तर्राष्ट्रिय

उत्तर कोरियाद्वारा दक्षिण कोरियासँगको एकीकरण खारेज

२४ बैशाख २०८३,
चीनमा ‘एआई’ रोबोटको तीव्र विस्तार
फिचर-ब्यानर

चीनमा ‘एआई’ रोबोटको तीव्र विस्तार

२४ बैशाख २०८३,
डब्ल्यूएचओद्वारा दोस्रो हान्टाभाइरस सङ्मणको पुष्टि
फिचर-ब्यानर

डब्ल्यूएचओद्वारा दोस्रो हान्टाभाइरस सङ्मणको पुष्टि

२४ बैशाख २०८३,
चुँदीरम्घालाई साहित्यिक पर्यटनको केन्द्र बनाइने
फिचर-ब्यानर

चुँदीरम्घालाई साहित्यिक पर्यटनको केन्द्र बनाइने

२४ बैशाख २०८३,
Load More
Next Post
लिपुलेकमा देखिएको समस्या समाधानका लागि कूटनीतिक प्रयास गर्न सांसदहरुको आग्रह

लिपुलेकमा देखिएको समस्या समाधानका लागि कूटनीतिक प्रयास गर्न सांसदहरुको आग्रह

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In