• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण

    डेंगीबाट जोगिन भन्दै सरकारले पठायो १३ स्थानीय तहलाई पत्र

    अमेरिका–क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

    अमेरिका–क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

    मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित

    अप्रिलमा अमेरिकाको रोजगार दर वृद्धि

    घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान

    घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान

    ‘हान्ताभाइरस’ प्रकोपबारे डब्ल्यूएचओको चेतावनी, थप केस आउन सक्ने

    ‘हान्ताभाइरस’ प्रकोपबारे डब्ल्यूएचओको चेतावनी, थप केस आउन सक्ने

    क्युबामाथि अमेरिकाले कारबाही गर्ने सम्भावना देखिँदैन : राष्ट्रपति लुला यो

    क्युबामाथि अमेरिकाले कारबाही गर्ने सम्भावना देखिँदैन : राष्ट्रपति लुला यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज

metakhabar by metakhabar
२४ बैशाख २०८३,
0
सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

म्याग्दी । प्रशासनिक कामले यसै हप्ता जिल्ला सदरमुकाम बेनी आएकी धौलागिरि गाउँपालिका-१ गुर्जाकी डेकमाया छन्त्याल पाँच घण्टामै घर पुगिन् ।

“यसअघि गाउँपालिकाको केन्द्र मुना आउन करिब नौ घण्टा पैदल र त्यहाँदेखि बेनी पुग्न थप तीन घण्टा गाडीमा यात्रा गर्नुपर्ने अवस्था थियो”, उनले भनिनन्, “सडक यातायातको सुविधा भएपछि बेनीबाट बिहान ५ः०० बजे गाडी चढेर १०ः०० बजे खाना खान घरमै पुगियो ।”

यसअघि गुर्जादेखि लुलाङ हुँदै मुना पुग्न करिब नौ घण्टा भिर, जङ्गल र खोल्साको उकालो, ओरालो पैदलयात्रा गर्नुपर्ने अवस्था थियो । सडक सञ्जालमा जोडिएपछि गुर्जावासीको दैनिकी सहज भएको छ । अल्पसङ्ख्यक छन्त्याल र दलित समुदायका २६५ घरपरिवारको बसोबास रहेको गुर्जाको एउटै बस्ती एकै वडामा समेटिएको छ ।

यहाँको जनसङ्ख्या एक हजार ५०५ जना छ । गुर्जावासीलाई दैनिक उपभोग्य, निर्माण सामग्री ढुवानी, बिरामीलाई समयमै अस्पताल पु¥याउन सहज भएको वडासदस्य गुनराम छन्त्यालले बताए । “पहिले बिरामीलाई अस्पताल लैजान हेलिकप्टर बोलाउनुपर्ने अथवा बोकेर लुलाङ पु¥याउन पर्ने अवस्था थियो”, उनले भने, “गाडीको सुविधा भएपछि बिरामीलाई सहज रूपमा समयमै अस्पताल पु¥याउन र खाद्यान्नलगायत दैनिक उपभोग्य सामग्रीको ढुवानी सहज र सस्तिएको छ ।”

पर्यटकको चहलपहल बढ्यो

लुलाङ–गुर्जा सडक योजनामार्फत गुर्जासम्म मार्ग खुलेपछि पछिल्लो एक महिनायता जिप, ट्याक्टर र मोटरसाइकल सञ्चालन हुन थालेका छन् । ८८ वर्षीया चनमती छन्त्यालले गाडीसँगै आफन्तहरु भेट्न र घुम्न आउन थालेका बताइन् । अर्का स्थानीय गुनप्रसाद विश्वकर्माले गाउँमा गाडी आउँदा खुसी लागेको बताइन् । “गाडी चल्न थालेपछि कृषि, पशुजन्य र जडीबुटी बजारीकरणमा सहज भएको छ” उनले भनिनन्, “गुर्जामा पर्यटकको चहलपहल बढ्न थालेको छ ।”

म्याग्दी जिल्लाका विभिन्न ठाउँका साथै पोखरा, काठमाडौँलगायत सहरबाट गुर्जा घुम्न जानेहरू बढेका छन् । लुकेको बस्तीको रूपमा चिनिएको गुर्जामा छन्त्याल संस्कृति, जीवनशैली, खानी, हिमाल, वनस्पती, जडीबुटी, पशुगोठ, वन्यजन्तुको अवलोकन गर्न सकिन्छ ।

म्याग्दीका सबै वडा सडक सञ्जालमा जोडिए

धौलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले गाउँपालिका, प्रदेश र सङ्घीय सरकारको साझेदारी रहेको लुलाङ–गुर्जा सडक जिल्लाकै प्राथमिकताप्राप्त योजना भएको बताए । “चार वर्षअघि वडा नम्बर २ को महतला भिरमा अड्किएको सडकको मार्ग खोलेर खोरिया, लमसुङ, लुलाङ हुँदै गुर्जासम्म यातायातको सुविधा विस्तार गर्न सफल भएका छौँ”, उनले भने, “गुर्जासँगै धौलागिरिका सातवटै वडा मात्र नभएर म्याग्दीका छ वटा स्थानीय तहका ४५ वटै वडाहरू यातायात सञ्जालमा जोडिएका छन् ।”

लुलाङदेखि गुर्जासम्म सडकको दूरी करिब २२ किलोमिटर छ । आर्थिक वर्ष २०७९/०८० मा लुलाङदेखि सडकको मार्ग खोल्न थालिएको थियो । चालु आवमा रु एक करोड ७० लाख बजेट विनियोजन गरेको योजनामार्फत छनोट भएको ठेकेदार कम्पनी लुलु कन्ट्रक्सनले गत पुष महिनामा रु ८८ लाख ८५ हजारमा ठेक्का सम्झौता गरेको थियो ।

सडक स्तरोन्नतिको माग

यातायात व्यवसायी लुकेश रसाइलीले लुलाङ र गुर्जाको सिमाना देउराली र लत्रवाङ खण्डको सडक स्तरोन्नति गर्नुपर्ने बताए । तीन हजार मिटर उचाइमा रहेको देउराली र लत्रवाङ क्षेत्रको सडकलाई फराकिलो बनाउनुपर्ने घुम्ती, ग्रेड मिलाउन तथा ढलान र सोलिङ गर्नुपर्ने उनले बताए ।

“चिसोमा हिउँ नपग्लिदै र बर्खामा आकाशबाट पानी नपर्दै लत्रवाङ–देउराली खण्ड पार गरिसक्नुपर्छ”, उनले भने, “हिलो र चिप्लोमा सवारीसाधन उक्लन नसक्ने, फस्ने समस्याका साथै साघुरा घुम्तीमा गाडी गुडाउन जोखिम पनि उत्तिकै छ ।” गुर्जा नजिकैको कम्जाखोलामा मोटरेबल पुल बनाउन आवश्यक छ ।

हाल खोलाबाटै सवारी साधन आवतजावत गर्छन् । काठमाडौँमा बसोबास गर्ने गुर्जावासीहरुले कम्जाखोलामा अस्थायी पुल बनाउन आर्थिक सङ्कलन अभियान चलाएका छन् । धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले चालु आवकै ठेक्काकाको बाँकी काम र प्रदेश सरकारले हस्तान्तरण गरेको रु ५० बजेटबाट अप्ठ्यारो ठाउँमा सुधार, मर्मत र स्तरोन्नति गरिने बताए ।

प्रदेश सरकारले पालिकामा पठाएको रु ५० लाख बजेटको योजना कार्यान्वयनका लागि ठेक्का सम्झौताको क्रममा रहेको छ । गुर्जा जोड्ने सडकमा पर्ने लमसुङस्थित दरखोलामा प्रदेश सरकारले २५ मिटर लामो मोटरेबल पुल निर्माण थालेको छ ।

गुर्जा हुँदै डोल्पा जोड्ने उच्च पहाडी राजमार्गको परिकल्पना

धौलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष झक छन्त्यालले गुर्जा हुँदै कर्णाली प्रदेशको डोल्पा जोड्ने उच्च पहाडी राजमार्ग बनाउन सकेमा डोल्पा, मुगु र जुम्लाका बासिन्दालाई राजधानी काठमाडौँ पुग्न छोटो बाटो बन्ने बताए ।

“गुर्जाका बासिन्दाहरू पहिला भोटमा नुन लिन र गोठ लिएर डोल्पा जान आउन प्रयोग गर्ने मार्गलाई सडक बनाउन सकेमा डोल्पाबाट ५०० किलोमिटर दूरीमै काठमाडौँ पुग्न सकिन्छ”,उनले भने, “हिमाली र उच्च पहाडी भूगोलमा पर्ने भएकाले म्याग्दीको गुर्जा हुँदै डोल्पा जोड्ने सडकलाई उच्च पहाडी मार्गको रूपमा विकास गर्न सकिन्छ ।”

वडाध्यक्ष छन्त्यालले प्रतिनिधिसभा सदस्य महाविर पुन र म्याग्दी १(ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीमार्फत गुर्जा डोल्पा जोड्ने उच्च पहाडी लोकमार्गको प्रस्ताव सङ्घीय र प्रदेश सरकारसँग गरिएको बताए ।

Previous Post

उजाड बगरबाट पर्यटक गन्तव्य बनेको श्रम संस्कृति पार्क

Next Post

आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

metakhabar

metakhabar

सम्बन्धित खबर

डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण
फिचर-ब्यानर

डेंगीबाट जोगिन भन्दै सरकारले पठायो १३ स्थानीय तहलाई पत्र

२६ बैशाख २०८३,
अमेरिका–क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत
अन्तर्राष्ट्रिय

अमेरिका–क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

२६ बैशाख २०८३,
मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
अन्तर्राष्ट्रिय

अप्रिलमा अमेरिकाको रोजगार दर वृद्धि

२६ बैशाख २०८३,
घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान
फिचर-ब्यानर

घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान

२६ बैशाख २०८३,
‘हान्ताभाइरस’ प्रकोपबारे डब्ल्यूएचओको चेतावनी, थप केस आउन सक्ने
अन्तर्राष्ट्रिय

‘हान्ताभाइरस’ प्रकोपबारे डब्ल्यूएचओको चेतावनी, थप केस आउन सक्ने

२६ बैशाख २०८३,
क्युबामाथि अमेरिकाले कारबाही गर्ने सम्भावना देखिँदैन : राष्ट्रपति लुला यो
अन्तर्राष्ट्रिय

क्युबामाथि अमेरिकाले कारबाही गर्ने सम्भावना देखिँदैन : राष्ट्रपति लुला यो

२६ बैशाख २०८३,
Load More
Next Post
आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In