• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, May 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    क्यासिनोमा दुई लाखभन्दा बढी खर्च गर्नेको विवरण राख्नुपर्ने

    ‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ

    अन्तर्वार्ता- निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिल हुन्छ: अध्यक्ष ढकाल

    अन्तर्वार्ता- निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिल हुन्छ: अध्यक्ष ढकाल

    भन्सार कडाइपछि गौरीफन्टा नाकामा नेपाली बजारमा चहलपहल बढ्यो

    भन्सार कडाइपछि गौरीफन्टा नाकामा नेपाली बजारमा चहलपहल बढ्यो

    सारङ्गीको धुनमा जीवन धान्दै दुई गन्धर्व

    सारङ्गीको धुनमा जीवन धान्दै दुई गन्धर्व

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    बीपी राजमार्गमा साँझ ५ देखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक

    बीपी राजमार्गमा साँझ ५ देखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
२३ बैशाख २०८३,
0
भन्सार कडाइपछि गौरीफन्टा नाकामा नेपाली बजारमा चहलपहल बढ्यो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

धनगढी । भारततर्फबाट आयात हुने मालसामानमा सीमा क्षेत्रमा भन्सार कडाई गरिएपछि यहाँको गौरीफन्टा नाकाको नेपालतर्फका व्यापारिक गतिविधिहरुमा पछिल्लो समयमा चहलपहल बढेको पाइएको छ ।

पहिले सामान्य किनमेलदेखि धेरै बजार गर्नका लागि पनि स्थानीय नागरिक पारितर्फको बजारमा जाने गरेकामा पछिल्लो समय नेपाल सरकारले रु १ सयभन्दा बढीको सामानमा भन्सार कडाइ गरेपछि अहिले नेपालीतर्फको बजारमा नै किनमेल बढेको छ ।

यसरी नेपालतर्फको बजारमा चहलपहल बढ्नुका साथै व्यवसायमा पनि बृद्धि भएपछि नेपाली व्यवसायीहरु खुसी भएको बताएका छन् । उनीहरुले बर्षाैंदेखि सुनसान रहने बजारमा पनि अहिले व्यापारिक गतिविधि बढ्न थालेको जानकारी गराएका हुन् । धनगढीका स्टेशनरी व्यवसायी बिजयराज पन्तले पहिलेको तुलनामा व्यापारिक गतिविधि केही बढेको बताउछन् । उनले भने “पहिले नेपाली उपभोक्ताहरु दुई किलो चिनी लिन पनि सीमा पारी जान्थे, अहिले पारीका बजार नगई चिनी लगायतका समान नेपाली बजारबाटै खरिद गर्दा सकारात्मक प्रभाव परेको छ ।” उनका अनुसार पहिलेको तुलनामा हालका दिनहरुमा चहलपहल बढेको भएपनि अपेक्षित सुधार भने भइनसकेको अनुभव सुनाए ।

धनगढीका उपभोक्ता कृष्णबहादुर चौधरीले घरमा छोरीको विवाहको तयारी स्वरुप तयारी कपडा किन्न सीमा पारी बनगाउँ बजार पुगेर फर्किदा सीमामा सास्ती खेप्नु परेको गुनासो गरे । उनले गुनासो गरे “सीमामा प्रहरी अधिकारीसँग विवाद भयो र ल्याइएका समानको आफूले भन्सार तिरेर लैजान बाध्य भएँ ।” सीमा पारीको बनगाउँ बजारबाट छोरीको विवाहमा चाहिने रु १२ हजार ४०० को तयारी लुगा भित्र्याउँदा भन्सार कार्यालयले सात हजार ९४५ रुपैयाँ कर लिएको उनले सुनाए । तर सीमा क्षेत्रमा प्रहरीको सम्झाई बुझाई भन्दा पनि दबाब बढी हुने गरेको उनको अनुभव छ ।

विदेशबाट आयात हुने समानमा अधिकतम् खुद्रा मूल्य (एमआरपी) लेबल अनिवार्य गरिएपछि भन्सार कार्यालयको काम केही प्रभावित पनि भएको छ । कैलाली भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत अनन्त तिमिल्सेनाले पेट्रोलिमय पदार्थमा ५० प्रतिशत छुट दिने सरकारको निर्णयले चैत महिनाको तुलनामा यो महिना पेट्रोलियममा मात्र ३० प्रतिशतले राजश्व सङककलन प्रभावित भएको बताए । उनले भने “एमआरपी(अधिकतम खुद्रा मूल्य)को जाँच पासमा समस्या सिर्जना हुँदा पनि राजश्व प्रभावित हुन पुगेको छ ।”

एक सय रुपैयाँ भन्दा बढी मूल्यका सामानमा भन्सार शुल्क लिने व्यवस्थामा कडाई गरिँदा धेरै नेपाली उपभोक्ता किनमेलका लागि सीमा पारीका बजारसम्म जान रोकिएको उनी बताउछन् । उनले भन्नुने “भन्सार शुल्क उठाउन कडाई गरिएपछि सीमापारी जानेहरु हाल शून्य प्राय छन्, धेरैजसो नेपाली उपभोक्ताहरु पर्ख र हेरको अवस्थामा बसिरहेको पाइन्छ । तर अहिलेका लागि भने उनीहरु नेपाली बजारमै किनमेल गरिरहेका छन् ।”

यात्रुले रु एकसय भन्दा बढीको मालवस्तु ल्याउँदा भन्सार लाग्ने पुरानै व्यवस्थालाई कार्यान्वयन गर्न अहिले कडाई मात्र गरिएको उनले बताए । भन्सार कार्यालयले भित्रिने मालवस्तुमा बढीमा ३९ प्रतिशत सम्म भन्सार शुल्क लिने गरेको छ ।

राजश्व चुहावट नियन्त्रण गर्न रु १ भन्दा बढीका मालवस्तुमा कडाइका साथ भन्सार लिने कार्यले सकारत्मक प्रभाव देखिएको कतिपय नेपाली व्यपारीको प्रतिक्रिया छ । उनीहरु चुहावट नियन्त्रण गर्न सीमामा बस्ने कार्यालय र कर्मचारीलाई थप सशक्त र सक्रिय बनाउनुपर्ने बताउँछन् । सीमावर्ती क्षेत्रका नेपाली उपभोक्ताहरु मलबस्तु खरिद गर्न सीमा पारी पुग्नुपर्ने समान्य जस्तै थियो । तर अहिले भने भन्सारमा कडाई गरिएपछि साइकलमा मालवस्तु भित्र्याउनेहरुको गतिविधि ह्वात्तै घटेको छ । कैलालीको पहलमानपुरका तेजनारायण चौधरी सीमामा मालवस्तु ल्याउन कडाई गरिएपछि चोर नाकाबाट अवैध चोरी हुनेक्रम पनि बढ्ने आशङ्का गर्नुहुन्छ । अहिले यदाकदा उपभोक्ताहरुले यस्तो बाटो प्रयोग गरिरहेको पनि उनले सुनाए ।

उनले भने “भारतमा बनेको लुगा धुने एक पोका निर्मा पाउडरको नेपाली बजारमा रु १५० सम्म मूल्य पर्न थालेको छ, पहिले यो पाउडर रु १०० मा पाउँथ्यो । यो समान चोर नाकाबाट भित्रिएको हुनसक्ने आशङ्का छ ।”

भन्सारमा कडाई गरिएपछि भारतको सीमावर्ती बजार बनगाउँमा चहलपहल घटेको छ । नेपाली उपभोक्तालाई लक्षित गरेर सञ्चालन गरिएको उक्त बजारमा किनमेल गर्ने मध्ये झण्डै ९० प्रतिशत उपभोक्ता यस अघिसम्म नेपाली थिए । बजारमा नेपाली मुद्रामा कारोवार पनि सहज रुपमा हुने गरेको छ ।

यसरी दिनहुँ मालबस्तुमा भन्सार महशुल लिने कार्य राम्रो भए पनि विवाह, ब्रतबन्ध र कतिपय घरायसी प्रयोजनका लागि भित्र्याइने सामानहरुमा भन्सार महशुल लिने कुरा केही व्यवहारिक बनाउनुपर्ने स्थानीय नागरिकको सुझाव छ । “व्यापारिक हिसाबले ल्याइने समानमा भन्सार शुल्क कडाइका साथ लिनुपछ” तेजनारायण चौधरीले भने “तर विवाह ब्रतबन्ध र घर खर्चका लागि ल्याइने समानमा भन्सार शुल्क लिने कुरा व्यवहारिक नभएकोले यसमा केही पुनर्विचार गर्नु जायज हुन्छ । यसो हुँदा हाम्रो वारिपारिको व्यापारिक मात्र नभएर अन्य सम्बन्धका साथै धेरै कुराहरुमा पनि सहज हुन जानेछ । ”

Previous Post

सारङ्गीको धुनमा जीवन धान्दै दुई गन्धर्व

Next Post

अन्तर्वार्ता- निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिल हुन्छ: अध्यक्ष ढकाल

metakhabar

metakhabar

सम्बन्धित खबर

क्यासिनोमा दुई लाखभन्दा बढी खर्च गर्नेको विवरण राख्नुपर्ने
आर्थिक

‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ

२३ बैशाख २०८३,
अन्तर्वार्ता- निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिल हुन्छ: अध्यक्ष ढकाल
आर्थिक

अन्तर्वार्ता- निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिल हुन्छ: अध्यक्ष ढकाल

२३ बैशाख २०८३,
सारङ्गीको धुनमा जीवन धान्दै दुई गन्धर्व
आवाज

सारङ्गीको धुनमा जीवन धान्दै दुई गन्धर्व

२३ बैशाख २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

२३ बैशाख २०८३,
बीपी राजमार्गमा साँझ ५ देखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक
फिचर-ब्यानर

बीपी राजमार्गमा साँझ ५ देखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक

२३ बैशाख २०८३,
स्थलमार्ग भएर नेपाल आउने पर्यटकवाहक सवारीसाधनको दर्ता अनलाइन बाटै
फिचर-ब्यानर

स्थलमार्ग भएर नेपाल आउने पर्यटकवाहक सवारीसाधनको दर्ता अनलाइन बाटै

२३ बैशाख २०८३,
Load More
Next Post
अन्तर्वार्ता- निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिल हुन्छ: अध्यक्ष ढकाल

अन्तर्वार्ता- निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिल हुन्छ: अध्यक्ष ढकाल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In