• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पश्चिम बङ्गालमा भाजपाको ऐतिहासिक अग्रता

    पश्चिम बङ्गालमा भाजपाको ऐतिहासिक अग्रता

    उद्योग वाणिज्य महासंघको निर्वाचन आज

    उद्योग वाणिज्य महासंघको निर्वाचन आज

    कांग्रेस केन्द्रीय समिति बैठक आज, विशेष महाधिवेशनमा नेतृत्व चयनको तयारी

    काँग्रेसको संसद समन्वय वोर्डको प्रथम बैठक आज बस्दै

    रोशी खोलामा फसेका यात्रुको मध्यरातमा उद्धार

    रोशी खोलामा फसेका यात्रुको मध्यरातमा उद्धार

    तीन हजार १९० हेक्टर वनक्षेत्र अतिक्रमण

    तीन हजार १९० हेक्टर वनक्षेत्र अतिक्रमण

    आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

    आजको मौसमः कोशी र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    पश्चिम बङ्गालमा भाजपाको ऐतिहासिक अग्रता

    पश्चिम बङ्गालमा भाजपाको ऐतिहासिक अग्रता

    उद्योग वाणिज्य महासंघको निर्वाचन आज

    उद्योग वाणिज्य महासंघको निर्वाचन आज

    कांग्रेस केन्द्रीय समिति बैठक आज, विशेष महाधिवेशनमा नेतृत्व चयनको तयारी

    काँग्रेसको संसद समन्वय वोर्डको प्रथम बैठक आज बस्दै

    रोशी खोलामा फसेका यात्रुको मध्यरातमा उद्धार

    रोशी खोलामा फसेका यात्रुको मध्यरातमा उद्धार

    तीन हजार १९० हेक्टर वनक्षेत्र अतिक्रमण

    तीन हजार १९० हेक्टर वनक्षेत्र अतिक्रमण

    आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

    आजको मौसमः कोशी र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

तीन हजार १९० हेक्टर वनक्षेत्र अतिक्रमण

metakhabar by metakhabar
२२ बैशाख २०८३,
0
तीन हजार १९० हेक्टर वनक्षेत्र अतिक्रमण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चन्द्रपुर (रौतहट)।रौतहटमा हालसम्म तीन हजार १९० हेक्टर वनक्षेत्र अतिक्रमणको चपेटामा छ । अतिक्रमणको चपेटामा परेकोमध्ये एक हजार ४२५ हेक्टर चुरेक्षेत्र तथा एक हजार ७४६ हेक्टर भावर तथा तराई क्षेत्र रहेको छ ।

डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्तप्रसाद साहका अनुसार व्यवस्थित वनको एक हजार ३२८ हेक्टर, सामुदायिक वनको ७५४, साझेदारी वनको ९०५ हेक्टर र सागरनाथ वृक्षरोपण क्षेत्रको २०१ हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा छ ।

यसैबीच डिभिजन वन कार्यालयअन्तर्गत सञ्चालित दिगो वन व्यवस्थापन कार्यक्रम र विभिन्न सामुदायिक वन उपभोक्ता समूहबाट आर्थिक वर्ष २०८२÷८३ मा करिब ५४ हजार क्युफिट काठ उत्पादन भएको छ । दिगो वन व्यवस्थापन लागू भएका तीन सामुदायिक वन उपभोक्ता समूह, एउटा साझेदारी वन उपभोक्ता समिति र विभिन्न सामुदायिक वनको वन क्षेत्रबाट उक्त परिमाणको काठ उत्पादन भएको हो ।

यसै वर्षदेखि चन्द्रपुर नगरपालिका–४ र ६ मा रहेको हातेमालो सामुदायिक वन उपभोक्ता समुह, चन्द्रपुर—३ मा रहेको तिलेश्वरनाथ र भोर्लेनी सामुदायिक वन उपभोक्ता समूह तथा रङ्गपुर साझेदारी वन उपभोक्ता समितिको वन क्षेत्रमा दिगो वन व्यवस्थापन कार्यक्रम सञ्चालन भएको कार्यालय प्रमुख साहले जानकारी दिनुभयो ।

प्रमुख साहका अनुसार रौतहटमा दिगो वन व्यवस्थापन लागू भएको हातेमालो सामुदायिक वन उपभोक्ता समूहले आठ हजार ८६४ क्युफिट र १५ चट्टा दाउरा, भोर्लेनी सामुदायिक वन उपभोक्ता समूहबाट १० हजार २५ क्युफिट काठ र २६ चट्टा दाउरा, तिलेश्वारनाथ सामुदायिक उपभोक्ता समूहबाट सात हजार ५०६ क्युफिट काठ र १४ चट्टा दाउरा र रङ्गपुर साझेदारी वनबाट १७ हजार ३२७ क्युफिट काठ र २९ चट्टा दाउरासहित उत्पादन भएको छ ।

उक्त तीन सामुदायिक वन र एउटा साझेदारी वनबाट यस वर्ष मात्रै ४३ हजार ७२२ क्युफिट काठ र ८४ चट्टा दाउरा उत्पादन भएको छ । रौतहटको ४३ सामुदायिक वनमध्ये यस वर्ष तीन सामुदायिक वनमा दिगो वन व्यवस्थापन कार्यक्रम लागू भएको तथा आउँदो आर्थिक वर्षमा जन चाहना सामुदायिक वन उपभोक्ता समूह चन्द्रनिगाहपुर र जनएकता सामुदायिक वन उपभोक्ता समूह चन्द्रनिगाहपुरमा लागू हुने प्रमुख साहले जानकारी दिनुभयो ।

वृक्षरोपण कार्यक्रमलाई व्यापक बनाउन ८० हजार जडीबुटीका बिरुवा, एक लाख ६० हजार ८०१ एकवर्षी र दुई लाख बहुवर्षीय बिरुवा उत्पादन भइरहेको उहाँले जानकारी दिनुभयो । वन पैदावार आपूर्ति समितिमार्फत यस आवभित्र एक हजार ४२६ क्युफिट काठ बिक्री गरेको प्रमुख साहले बताउनुभयो । काठ अभाव नभएको र पर्याप्तमात्रामा काठ भएका कारण आपूर्ति समितिमार्फत मागेको बखत काठ उपलब्ध गराइरहेको उहाँले बताउनुभयो ।

रौतहटमा ४३ सामुदायिक वन, तीन साझेदारी वन, चार धार्मिक वन, एउटा ब्लक फरेस्ट व्यवस्थापन वन रहेको छ । रौतहटमा ३० हजार १७७ हेक्टर अर्थात् २९ प्रतिशत भूभाग वनक्षेत्रले ओगटेको छ जसमा सबैभन्दा बढी चन्द्रपुर, गुजरा, वृन्दावन र फतुवा विजयपुर नगरपालिकाको भू–भागमा वनक्षेत्र पर्दछ । प्रमुख साहले वन अतिक्रमण हटाउनका लागि आवश्यक काम अगाडि बढाइएको जानकारी दिनुभयो । राज्यको नीतिअनुसार अन्य क्षेत्रको पनि वन अतिक्रमित क्षेत्र हटाइने उहाँले जानकारी दिनुभयो ।

Previous Post

आजको मौसमः कोशी र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

Next Post

रोशी खोलामा फसेका यात्रुको मध्यरातमा उद्धार

metakhabar

metakhabar

सम्बन्धित खबर

पश्चिम बङ्गालमा भाजपाको ऐतिहासिक अग्रता
अन्तर्राष्ट्रिय

पश्चिम बङ्गालमा भाजपाको ऐतिहासिक अग्रता

२२ बैशाख २०८३,
उद्योग वाणिज्य महासंघको निर्वाचन आज
समाचार

उद्योग वाणिज्य महासंघको निर्वाचन आज

२२ बैशाख २०८३,
कांग्रेस केन्द्रीय समिति बैठक आज, विशेष महाधिवेशनमा नेतृत्व चयनको तयारी
समाचार

काँग्रेसको संसद समन्वय वोर्डको प्रथम बैठक आज बस्दै

२२ बैशाख २०८३,
रोशी खोलामा फसेका यात्रुको मध्यरातमा उद्धार
फिचर-ब्यानर

रोशी खोलामा फसेका यात्रुको मध्यरातमा उद्धार

२२ बैशाख २०८३,
आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
फिचर-ब्यानर

आजको मौसमः कोशी र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

२२ बैशाख २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल वैशाख २२ गते मंगलबारको राशिफल

२२ बैशाख २०८३,
Load More
Next Post
रोशी खोलामा फसेका यात्रुको मध्यरातमा उद्धार

रोशी खोलामा फसेका यात्रुको मध्यरातमा उद्धार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In