• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    अमेरिकी कूटनीतिक सक्रियता बढ्दो : विशेष दूत गोरको मन्त्रीहरूसँग भेटमा के सहमति ?

    अमेरिकी कूटनीतिक सक्रियता बढ्दो : विशेष दूत गोरको मन्त्रीहरूसँग भेटमा के सहमति ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
१९ बैशाख २०८३,
0
मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मध्यपूर्वमा जारी युद्धले विश्व अर्थतन्त्र, कूटनीति र सुरक्षा अवस्थामाथि एकसाथ गहिरो प्रभाव पारिरहेको छ । तेलको मूल्य चार वर्षयताकै उच्च विन्दुमा पुगेको छ भने अमेरिका, युरोप र रुसबीचको सम्बन्ध पनि थप जटिल बन्दै गएको छ । यसबीच सैन्य गतिविधि, कूटनीतिक वार्ता र आर्थिक असरहरू समानान्तर रूपमा तीव्र भएका छन् ।

ऊर्जा बजारमा सबैभन्दा स्पष्ट प्रभाव देखिएको छ । यो डेलिभरीका लागि ब्रेन्ट कच्चा तेलको मूल्य सात प्रतिशतभन्दा बढी बढेर १२६.४१ डलर पुगेको छ भने वेस्ट टेक्सास इन्टरमिडियेट पनि ३.४ प्रतिशतले बढ्दै ११०.३१ डलरमा पुगेको छ । इरानमाथि अमेरिकी नाकाबन्दी कडा बनाइँदै जाँदा आपूर्ति असन्तुलनको डरले बजार उकालो लागेको हो ।

सैन्य पक्षमा, अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले नाकाबन्दी उल्लङ्घन गर्ने प्रयास गरेका ४२औँ व्यावसायिक जहाजलाई समेत सफलतापूर्वक फर्काइएको जनाएको छ । यससँगै करिब छ अर्ब डलर मूल्य बराबरको छ करोड ९० लाख ब्यारेल तेल बोकेका ४१ ट्याङ्करहरू बजारमा प्रवेश गर्न नपाएको दाबी गरिएको छ ।

यसैबीच, अमेरिका र जर्मनीबीचको सम्बन्धमा तनाव देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्मनीले इरानविरुद्धको युद्धमा साथ नदिएपछि त्यहाँ तैनाथ ३५ हजारदेखि ५० हजार अमेरिकी सैनिक घटाउने विचार गरिरहेको बताउनुभएको छ । जर्मन चान्सलर फ्रेडरिक मर्जले कूटनीतिक समाधानमा जोड दिँदै युद्धमा सहभागी हुन अस्वीकार गरेपछि यो विवाद चर्किएको हो ।

अर्कोतर्फ, रुसले युद्ध विस्तारप्रति गम्भीर चेतावनी दिएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले ट्रम्पसँगको टेलिफोन वार्तामा इरानमाथि पुनः सैन्य आक्रमण नगर्न आग्रह गर्नुभएको छ । उहाँले युद्धविराम विस्तारको निर्णयलाई सकारात्मक भने पनि सैन्य कारबाही पुनः सुरु भए ‘गम्भीर र हानिकारक परिणाम’ आउने चेतावनी दिनुभयो । ट्रम्पले उक्त वार्तालाई सकारात्मक बताउँदै इरानसँगको द्वन्द्व अन्त्य गर्न रुसको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो ।

युद्धको आर्थिक लागत पनि बढ्दै गएको छ । अमेरिकी रक्षामन्त्री पीट हेग्सेथका अनुसार करिब ६० दिनको द्वन्द्वमा हालसम्म २५ अर्ब डलरभन्दा कम खर्च भएको अनुमान गरिएको छ । यद्यपि, उच्च मात्रामा हतियार प्रयोग भएको विषयमा उठेका चिन्ताहरूलाई उहाँले अस्वीकार गर्दै आलोचकहरूलाई शत्रुपक्षलाई फाइदा पु¥याउने आरोप लगाउनुभयो ।

रणनीतिक रूपमा अमेरिका लामो समयसम्म इरानमाथि दबाब कायम राख्ने तयारीमा देखिएको छ । रिपोर्टहरूका अनुसार ट्रम्प प्रशासनले तेहरानलाई आणविक कार्यक्रम त्याग्न बाध्य पार्न बन्दरगाहहरूमा दीर्घकालीन नाकाबन्दीको योजना बनाइरहेको छ । साथै, इरानलाई लामो समयसम्म युरेनियम संवर्धन रोक्न र कडा प्रतिबन्ध स्वीकार गर्न दबाब दिने रणनीति अपनाइएको छ ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जालमार्फत पनि कडा सन्देश दिनुभएको छ । उहाँले इरानले आणविक सम्झौतामा सहमत हुन नसकेको भन्दै चाँडै निर्णय लिनुपर्ने चेतावनी दिनुभयो ।

युद्धको असर अन्य क्षेत्रहरूमा पनि देखिएको छ । क्यानाडामा आयोजित फिफा काङ्ग्रेसमा सहभागी हुन गएका इरानी फुटबल अधिकारीहरूले टोरन्टो विमानस्थलमा भएको व्यवहारप्रति असन्तुष्टि जनाउँदै कार्यक्रमअघि नै देश छोडेका छन् ।

ऊर्जा कम्पनीहरूले भने बढ्दो मूल्यबाट लाभ लिएका छन् । फ्रान्सेली कम्पनी टोटल एनर्जीले पहिलो त्रैमासिकमा ५१ प्रतिशतले नाफा बढ्दै पाँच अर्ब ८० करोड डलर पुगेको जनाएको छ । ब्राजिल र लिबियामा उत्पादन वृद्धि तथा उच्च मूल्यबाट कम्पनीले फाइदा उठाएको उल्लेख गरिएको छ । साथै, साउदी अरेबियामा हवाई आक्रमणपछि बन्द गरिएको सातोर्प रिफाइनरी पुनः सञ्चालनमा आएको छ र दैनिक दुई लाख ३० हजार ब्यारेल क्षमतामा उत्पादन भइरहेको छ ।

क्षेत्रीय सुरक्षा अवस्था भने अझै अस्थिर छ । लेबनानमा इजरायली आक्रमण जारी रहँदा पछिल्ला दुई दिनमा २० जनाभन्दा बढीको मृत्यु भएको छ । राष्ट्रपति जोसेफ आउनले स्थायी वार्ताअघि युद्धविराम पूर्ण रूपमा कार्यान्वयन गर्न आग्रह गर्नुभएको छ । इजरायलले भने इरान समर्थित हिजबुल्लाह समूहविरुद्ध दक्षिण लेबनानमा सैन्य कारबाही जारी राखेको छ ।

Previous Post

म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

Next Post

८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

metakhabar

metakhabar

सम्बन्धित खबर

८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने
फिचर-ब्यानर

८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

१९ बैशाख २०८३,
म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो
समाचार

म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

१९ बैशाख २०८३,
अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित
अन्तर्राष्ट्रिय

अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

१९ बैशाख २०८३,
मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन
समाचार

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

१९ बैशाख २०८३,
अमेरिकी कूटनीतिक सक्रियता बढ्दो : विशेष दूत गोरको मन्त्रीहरूसँग भेटमा के सहमति ?
फिचर-ब्यानर

अमेरिकी कूटनीतिक सक्रियता बढ्दो : विशेष दूत गोरको मन्त्रीहरूसँग भेटमा के सहमति ?

१९ बैशाख २०८३,
न्यूनतम ज्याला पाएनन् कञ्चनपुरका मजदुरले
समाचार

न्यूनतम ज्याला पाएनन् कञ्चनपुरका मजदुरले

१९ बैशाख २०८३,
Load More
Next Post
८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In