• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, April 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    डिजेल-मट्टीतेलको मुल्य घट्यो

    ‘क्रुड आयल ’ भन्दा प्रशोधित इन्धनको मूल्य बढी हुन्छ : आयल निगम

    हुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

    हुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

    विषादीरहित तरकारी उत्पादनमा किसान

    विषादीरहित तरकारी उत्पादनमा किसान

    यसरी फेरिदैछ रुपाको रुप

    यसरी फेरिदैछ रुपाको रुप

    प्रचारप्रसार नहुँदा ओझेलमा शुक्लाफाँटा

    वन्यजन्तु सप्ताहः सचेतना र संरक्षणमा जोड

    चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

    भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    डिजेल-मट्टीतेलको मुल्य घट्यो

    ‘क्रुड आयल ’ भन्दा प्रशोधित इन्धनको मूल्य बढी हुन्छ : आयल निगम

    हुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

    हुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

    विषादीरहित तरकारी उत्पादनमा किसान

    विषादीरहित तरकारी उत्पादनमा किसान

    यसरी फेरिदैछ रुपाको रुप

    यसरी फेरिदैछ रुपाको रुप

    प्रचारप्रसार नहुँदा ओझेलमा शुक्लाफाँटा

    वन्यजन्तु सप्ताहः सचेतना र संरक्षणमा जोड

    चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

    भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

हुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

metakhabar by metakhabar
६ बैशाख २०८३,
0
हुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सिरहा, ६ वैशाखः जिल्लामा यस वर्ष आँप उत्पादनमा ह्रास आउने भएको छ । अघिल्लो वर्षको तुलनामा यसपटक उत्पादन बढ्ने अपेक्षा गरिए पनि ‘मधुवा’ रोग र हुरीका कारण मञ्जर र टिकुला (चिचिला) झरेपछि किसानहरू चिन्तित बनेका छन् ।

कृषि ज्ञान केन्द्रका अनुसार करिब नौ हजार २५ हेक्टर क्षेत्रफलमा लगाइएको आँपमा यस वर्ष मञ्जर निकै राम्रो लागेको थियो, तर रोगको जोखिमले गर्दा अहिले रुखहरूमा करिब १० प्रतिशत मात्र फल बाँकी रहेको छ ।

केन्द्रका सूचना अधिकृत सुदीप खनालले भन्नुभयो, “सिरहाको करिब नौ हजार २५ हेक्टर क्षेत्रफलमा गरिएको आँपखेतीबाट यसपटक उल्लेख्य उत्पादनको अपेक्षा थियो । तर रोगका कारण मञ्जर र टिकुला झर्ने क्रम नरोकिँदा उत्पादनमा ठूलो ह्रास आउने देखिएको छ ।” उहाँका अनुसार गत वर्ष जिल्लामा ५९ हजार ८८६ मेट्रिक टन आँप उत्पादन भएको तथ्याङ्क छ ।

लहान नगरपालिकाका कृषि शाखा प्रमुख प्रकाश साह हलुवाइका अनुसार किसानले ‘इमिडाक्लोप्रिड’जस्ता विषादी प्रयोग गरे तापनि प्रकोप नियन्त्रण बाहिर गएको थियो । मञ्जर लाग्ने समयमा भएको वर्षा र अत्यधिक हावाहुरीले समस्या झनै बल्झाएको प्राविधिकहरूको ठहर छ ।

आँपखेतीलाई मुख्य आम्दानीको स्रोत बनाएका किसानहरू यतिबेला निकै निराश छन् । लहान–२४ का किसान प्रमोद यादवले भन्नुभयो, “हामीलाई रोग नियन्त्रणका लागि आवश्यक ज्ञान र सीपको अभाव छ । सरकारले समयमै सचेतनामूलक कार्यक्रम र प्राविधिक सहयोग उपलब्ध गराउनुपर्छ ।”

त्यस्तै, गए रातिको हावाहुरीले बाँकी रहेका टिकुलाहरू पनि झारिदिएपछि लगानी नै नउठ्ने अवस्था आएको लहान–२२ का किसान रामवृक्ष यादवले बताउनुभयो । उहाँले दुखेसो पोख्दै भन्नुभयो, “विषादी र मलजलमा निकै खर्च भयो, तर अहिले रुखमा टिकुला नै छैनन् । आम्दानी हुने बेला रोगको प्रकोप त एकातिर छँदैछ, अर्कोतर्फ बेस्सरी आएको हावाहुरीले आँपका अडिएका चिचिला नै झरेपछि यसपालि लगानी पनि नउठ्ने डर भयो ।”

रोगको क्षतिलाई मध्यनजर गर्दै कृषि ज्ञान केन्द्रले आगामी वर्षहरूमा मञ्जर लाग्नुअगावै सचेतना कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ ।

Previous Post

विषादीरहित तरकारी उत्पादनमा किसान

Next Post

‘क्रुड आयल ’ भन्दा प्रशोधित इन्धनको मूल्य बढी हुन्छ : आयल निगम

metakhabar

metakhabar

सम्बन्धित खबर

डिजेल-मट्टीतेलको मुल्य घट्यो
आर्थिक

‘क्रुड आयल ’ भन्दा प्रशोधित इन्धनको मूल्य बढी हुन्छ : आयल निगम

६ बैशाख २०८३,
विषादीरहित तरकारी उत्पादनमा किसान
आर्थिक

विषादीरहित तरकारी उत्पादनमा किसान

६ बैशाख २०८३,
यसरी फेरिदैछ रुपाको रुप
आवाज

यसरी फेरिदैछ रुपाको रुप

६ बैशाख २०८३,
प्रचारप्रसार नहुँदा ओझेलमा शुक्लाफाँटा
आर्थिक

वन्यजन्तु सप्ताहः सचेतना र संरक्षणमा जोड

६ बैशाख २०८३,
चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र
जीवन शैली

भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

६ बैशाख २०८३,
थिलथिलिएको बिपी राजमार्गमा कहिलेसम्म कठिनाईपूर्ण यात्रा ?
आवाज

बेमौसमी वर्षाले रोशी खोलाको ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध

६ बैशाख २०८३,
Load More
Next Post
डिजेल-मट्टीतेलको मुल्य घट्यो

‘क्रुड आयल ’ भन्दा प्रशोधित इन्धनको मूल्य बढी हुन्छ : आयल निगम

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In