• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, April 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चीनको आर्थिक डेटा आश्चर्यजनक रूपमा बलियो, बजार अनुमानभन्दा माथि वृद्धि

    चीनको आर्थिक डेटा आश्चर्यजनक रूपमा बलियो, बजार अनुमानभन्दा माथि वृद्धि

    विवाहपञ्चमी महोत्सव : आज मटकोर विधि गरिँदै

    जानकी जन्म महोत्सवको सांस्कृतिक सन्देश

    बेलायतले युक्रेनलाई कम्तिमा एक लाख २० हजार ड्रोन सहयोग गर्ने

    बेलायतले युक्रेनलाई कम्तिमा एक लाख २० हजार ड्रोन सहयोग गर्ने

    प्याराग्लाइडिङले रङ्गिँदै सुर्खेतको आकाश

    प्याराग्लाइडिङले रङ्गिँदै सुर्खेतको आकाश

    बिस्केट जात्राको अन्तिम दिनः भक्तपुर र बोडेमा लिङ्गो ढालियो

    बिस्केट जात्राको अन्तिम दिनः भक्तपुर र बोडेमा लिङ्गो ढालियो

    सामुदायिक वनको काठ बिक्रीको अनुमतिमा घुस मागेपछि…

    भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले वृद्धि

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
५ बैशाख २०८३,
0
प्याराग्लाइडिङले रङ्गिँदै सुर्खेतको आकाश
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सुर्खेत, ५ वैशाखः सुर्खेतको आकाश केही वर्ष प्याराग्लाइडिङका कारण रङ्गिन थालेका छन् । कर्णाली प्रदेशको राजधानीसमेत रहेको यो सहर पछिल्लो समय साहसिक पर्यटनको नयाँ केन्द्रका रूपमा विस्तार भएको हो ।

चुरे पहाडको काखबाट उडान भर्दा तल देखिने हरियाली वन, फैलिएका बस्ती र टाढासम्म फैलिएको भू दृश्यले जो कोहीलाई केही क्षण भए पनि आनन्द दिलाउँछ । खुला आकाशमा स्वतन्त्र रूपमा उड्ने अनुभूति लिन पनि पर्यटकहरु केही वर्षयता यहाँ आउन थालेका छन् ।

शिक्षण पेसामा आबद्ध रमेश विष्ट यस परिवर्तनका साक्षी मात्र होइनन्, सक्रिय सहभागी पनि हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “छोटो समयमै यहाँको प्याराग्लाइडिङले सबै वर्गका मानिसलाई आकर्षित गरेको छ ।”

सुर्खेतमा प्याराग्लाइडिङ विस्तार हुँदै जाँदा यसको दायरा विस्तार हुँदै गएको छ । व्यवसायी, विद्यार्थी, शिक्षक, डाक्टर, इन्जिनियर सबै पेसाका मानिस प्याराग्लाइडिङमा सहभागी हुन थालेका छन् । अब यो खेल सीमित समुदायका लागि मात्र नभएर सर्वसाधारणको पहुँचमा आएको छ । व्यवस्थापनमा गरिएको सुधार, सुरक्षा मापदण्डको पालना र प्रशिक्षित पाइलटको उपलब्धताले यो व्यवसायप्रति थप विश्वास बढाएको छ ।

पाँच वर्ष जापान बसाइ सकेर फर्किनुभएका ‘सेन्से’ उपनामले परिचित स्थानीय एक युवाले जीवनमै पहिलोपटक प्याराग्लाइडिङ अनुभव लिन सुर्खेत आइपुगेको बताउनुभयो । उहाँका लागि यो केवल मनोरञ्जन होइन, स्वदेशको प्रकृति र पर्यटनको सम्भावनासँग पुनः जोडिने अवसर पनि हो । उहाँले भन्नुभयो, “उडानअघि हल्का डर भए पनि पछि मज्जा भयो ।”

जीवन र रमेशझैँ प्याराग्लाइडिङ अनुभव बटुल्न पहिलोपटक आउनुभएकी निरु चौधरीको अनुभव पनि खासै फरक छैन । “मैले प्याराग्लाइडिङ गरेको धेरै भिडियोहरु देखेकी थिएँ । पोखरा गएर गर्नलाई आर्थिक रुपले र समयको व्यस्तताले सम्भव थिएन । तर यहाँ दूरीले पनि नजिक भएकाले आएकी हुँु”, उहाँले भन्नुभयो ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ स्थित बयलकाँडा क्षेत्रमा निमार्ण गरिएको प्याराग्लाइडिङ गर्ने स्थान विस्तारै व्यवस्थित र योजनाबद्ध रूपमा विकास गर्दै लगेको वेलकम प्याराग्लाइडिङ कम्पनीका सञ्चालकको भनाइ छ । ‘कर्णाली समृद्धि २०८२’ को सन्दर्भसँगै यहाँ सस्तो र सुलभ दरमा प्याराग्लाइडिङ उडान सञ्चालन गरिएको सञ्चालक कम्पनीले जनाएको छ । जसले आन्तरिक पर्यटनलाई चलायमान बनाएको छ ।

यस अभियानको नेतृत्व अनुभवी प्रशिक्षक देशवीर जिमीले गरिरहनुभएको छ । जसले करिब १६ वर्षदेखि यस क्षेत्रमा निरन्तर काम गर्दै आउनु भएको छ । उहाँको नेतृत्वमा सञ्चालन भइरहेको ‘वेलकम प्याराग्लाइडिङ’ कम्पनीमार्फत चार जना दक्ष पाइलटले दैनिक रूपमा व्यावसायिक उडान गरिरहेका छन् ।

समुद्र सतहदेखि करिब एक हजार ५०० मिटर उचाइमा रहेको बयलकाँडा प्राकृतिक रूपमा प्याराग्लाइडिङका लागि उपयुक्तस्थल मानिन्छ । यहाँको हावाको सन्तुलित बहावले उडानलाई सुरक्षित र सहज बनाउने गरेको जिमीको भनाइ छ । जीमीका अनुसार बयलकाँडाबाट उडान भरेपछि वीरेन्द्रनगर–१ स्थित रेडियो नेपाल अगाडिको खुला फाँटमा सुरक्षित अवतरणको व्यवस्था गरिएको छ ।

प्याराग्लाइडिङको सम्पूर्ण अनुभव तीन चरणमा विभाजित हुने उहाँ बताउनुहुन्छ । टेकअफ, फ्लाइङ र ल्यान्डिङ । केही मिनेटको यो उडानले सहभागीलाई जीवनभर सम्झिने अनुभव दिन्छ ।

प्याराग्लाइडिङ फस्टाउँदै एपछि स्थानीय व्यवसायमा पनि यसको सकारात्मक प्रभाव देखिन थालेको छ । होटल, रेष्टुराँ, यातायात र गाइड सेवामा संलग्न व्यक्तिहरूको आम्दानी बढ्न थालेको छ । यसै सन्दर्भमा आन्तरिक राजस्व कार्यालय सुर्खेतका प्रमुख चक्रप्रसाद ढुङ्गानाले कर्णाली प्रदेशको आर्थिक विकास र पर्यटन प्रवर्द्धनमा सुर्खेतमा सञ्चालन हुँदै आएको प्याराग्लाइडिङ गतिविधिले महत्त्वपूर्ण योगदान पु-याएको बताउनुभयो । उहाँका अनुसार प्याराग्लाइडिङले प्रदेशको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग गरेको छ ।

सुर्खेतको आकाशमा उडिरहेका प्याराग्लाइडिङ केवल साहसिक खेलको विस्तार मात्र होइन, यो त कर्णालीको पर्यटन विकासमा सम्भावनाको सङ्केत पनि हो ।

Previous Post

बिस्केट जात्राको अन्तिम दिनः भक्तपुर र बोडेमा लिङ्गो ढालियो

Next Post

बेलायतले युक्रेनलाई कम्तिमा एक लाख २० हजार ड्रोन सहयोग गर्ने

metakhabar

metakhabar

सम्बन्धित खबर

चीनको आर्थिक डेटा आश्चर्यजनक रूपमा बलियो, बजार अनुमानभन्दा माथि वृद्धि
फिचर-ब्यानर

चीनको आर्थिक डेटा आश्चर्यजनक रूपमा बलियो, बजार अनुमानभन्दा माथि वृद्धि

५ बैशाख २०८३,
विवाहपञ्चमी महोत्सव : आज मटकोर विधि गरिँदै
आवाज

जानकी जन्म महोत्सवको सांस्कृतिक सन्देश

५ बैशाख २०८३,
बेलायतले युक्रेनलाई कम्तिमा एक लाख २० हजार ड्रोन सहयोग गर्ने
आर्थिक

बेलायतले युक्रेनलाई कम्तिमा एक लाख २० हजार ड्रोन सहयोग गर्ने

५ बैशाख २०८३,
बिस्केट जात्राको अन्तिम दिनः भक्तपुर र बोडेमा लिङ्गो ढालियो
फिचर-ब्यानर

बिस्केट जात्राको अन्तिम दिनः भक्तपुर र बोडेमा लिङ्गो ढालियो

५ बैशाख २०८३,
सामुदायिक वनको काठ बिक्रीको अनुमतिमा घुस मागेपछि…
समाचार

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले वृद्धि

५ बैशाख २०८३,
‘अनलाइन’बाट मतदाता नामावली दर्ता गर्नेको सङ्ख्यामा वृद्धि
फिचर-ब्यानर

‘अनलाइन’बाट मतदाता नामावली दर्ता गर्नेको सङ्ख्यामा वृद्धि

५ बैशाख २०८३,
Load More
Next Post
बेलायतले युक्रेनलाई कम्तिमा एक लाख २० हजार ड्रोन सहयोग गर्ने

बेलायतले युक्रेनलाई कम्तिमा एक लाख २० हजार ड्रोन सहयोग गर्ने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In