• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अफ्रिकी किसानलाई रूसमा पुनःस्थापना गर्ने पहलले अन्तर्राष्ट्रिय बहस तात्यो

metakhabar by metakhabar
५ बैशाख २०८३,
0
अफ्रिकी किसानलाई रूसमा पुनःस्थापना गर्ने पहलले अन्तर्राष्ट्रिय बहस तात्यो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दक्षिण अफ्रिकी श्वेत किसानहरूलाई रूसमा पुनःस्थापित गर्ने पहल सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय राजनीति, आप्रवासन नीति र जातीय बहस एकैसाथ तातिएको छ । टेक अर्बपति एलन मस्कका पिता एरोल मस्कले दक्षिण अफ्रिकी किसानहरूलाई रूसी भूमिमा शरणार्थीको दर्जा दिलाउने परियोजनामा काम गरिरहेको जानकारी दिनुभएको छ । यो पहल अमेरिकी सरकारको समान कार्यक्रमसँग समानान्तर रूपमा अघि बढिरहेको देखिएको छ ।

टेलिफोनमार्फत मस्कोबाट एएफपीसँग कुरा गर्दै एरोल मस्कले यो योजना दक्षिण अफ्रिकी किसानहरूलाई शरणार्थीका रूपमा रूसमा बसोबास गराउने उद्देश्यले अघि बढाइएको स्पष्ट पार्नुभयो । रुसी अधिकारीहरूका अनुसार प्रारम्भिक चरणमा डच मूलका श्वेत अफ्रिकानर समुदायका करिब ५० परिवारलाई रूसमा पुनःस्थापित गर्ने तयारी भइरहेको छ ।

यही समूहलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले पनि शरणार्थीको रूपमा संयुक्त राज्य अमेरिकामा बसोबास गराउने प्रस्ताव अघि सारेको थियो । उक्त प्रस्तावमा रङ्गभेदपछिको दक्षिण अफ्रिकी सरकारले श्वेत अल्पसङ्ख्यकलाई सताएको भन्ने दाबी गरिएको थियो, जसलाई दक्षिण अफ्रिकी सरकारले पूर्ण रूपमा अस्वीकार गर्दै आएको छ । ट्रम्प प्रशासनले गत वर्ष जनवरीमा पदभार ग्रहण गरेपछि करिब पाँच हजार श्वेत अफ्रिकीहरूलाई शरणार्थीका रूपमा अमेरिका प्रवेश गराइसकेको छ भने अन्य समूहका लागि शरणार्थी कार्यक्रमहरू रोकेको छ ।

देशभित्र कुनै जातीय भेदभाव नरहेको दाबी गर्दै आएको प्रिटोरिया (अफ्रिकी सरकार) लाई अमेरिकी नीतिले असन्तुष्ट बनाएको छ । यसैबीच रूसमा अघि बढाइएको नयाँ पहलले पनि दक्षिण अफ्रिका र रूसबीचको सम्बन्धमा प्रभाव पार्न सक्ने विश्लेषण हुन थालेको छ ।

रूसको भ्लादिमिर क्षेत्रका गभर्नर अलेक्सान्डर अभ्डेयेभले एरोल मस्कसँग यस परियोजनाबारे छलफल भएको पुष्टि गर्दै कृषि विकाससँगै दक्षिण अफ्रिकाबाट आएका परिवारहरूलाई बसोबास गराउने सम्भावनाबारे कुराकानी भएको बताउनुभयो । उहाँले सामाजिक सञ्जाल टेलिग्राममार्फत करिब ५० परिवारलाई बसोबास गराउने विषयमा छलफल भएको जानकारी दिनुभयो ।

एरोल मस्क नियमित रूपमा रूस भ्रमण गर्ने व्यक्तिका रूपमा चिनिनुहुन्छ र हालै उहाँले मस्कोमा आयोजित अर्थोडक्स इस्टर धार्मिक कार्यक्रममा पनि सहभागिता जनाउनुभएको थियो, जहाँ रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको उपस्थिति रहेको थियो । उहाँले रुसी सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा दक्षिण अफ्रिकी श्वेत किसानहरू हत्या तथा हिंसाको जोखिममा रहेको दाबी गर्दै परियोजनालाई उचित ठहराउने प्रयास गर्नुभएको थियो, तर यस्ता आरोपहरू दक्षिण अफ्रिकी सरकारले कडा रूपमा अस्वीकार गर्दै आएको छ ।

यसैबीच एलन मस्कले पनि दक्षिण अफ्रिकामा आफ्ना व्यवसायिक गतिविधिहरूलाई लिएर असन्तुष्टि व्यक्त गर्दै आउनुभएको छ । उहाँले आफ्नो स्टारलिङ्क इन्टरनेट सेवाले लाइसेन्स नपाएको विषयलाई जातीय भेदभावसँग जोड्दै आलोचना गर्नुभएको छ । हालै सामाजिक सञ्जालमा उहाँले आफू कालो नभएकै कारण अनुमति नपाएको दाबी गर्नुभएको थियो, जसको दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसाका प्रवक्ताले कडा खण्डन गर्दै त्यसलाई ‘झुट र गलत सूचना’ बताउनुभयो ।

दक्षिण अफ्रिकामा रङ्गभेदपछिको असमानता कम गर्न बनाइएका कानूनअनुसार ठूला कम्पनीहरूमा कम्तीमा ३० प्रतिशत स्वामित्व ऐतिहासिक रूपमा वञ्चित समुदायलाई दिनुपर्ने व्यवस्था रहेको छ, जसले विदेशी लगानीकर्ताहरूका लागि केही जटिलता सिर्जना गर्ने गरेको छ ।

एरोल मस्क स्वयं पनि विवादास्पद अभिव्यक्तिका कारण चर्चामा रहने व्यक्तिका रूपमा चिनिनुहुन्छ । गत वर्ष उहाँले रङ्गभेदकालीन उत्पीडनलाई अस्वीकार गर्ने अभिव्यक्ति दिनुभएको थियो, जसले व्यापक आलोचना निम्त्याएको थियो ।

विश्लेषकहरूका अनुसार रूसतर्फ दक्षिण अफ्रिकी किसान सार्ने पहलले केवल आप्रवासनको विषय मात्र नभई भू–राजनीतिक सन्देश पनि बोकेको हुन सक्छ । साउथ अफ्रिकन इन्स्टिच्युट अफ इन्टरनेसनल अफेयर्ससँग सम्बद्ध पूर्व अनुसन्धानकर्ता फ्रेडरिक भोन ट्रेस्कोले यस पहललाई ‘चाखलाग्दो’ भन्दै यसले प्रिटोरिया र मस्कोबीच तनाव सिर्जना गर्न सक्ने बताउनुभयो ।

इतिहासतः दक्षिण अफ्रिका र रूसबीच घनिष्ठ सम्बन्ध रहँदै आएको छ । यो रङ्गभेदविरुद्धको आन्दोलनका बेला सोभियत सङ्घले अफ्रिकी नेसनल कंग्रेसलाई दिएको समर्थनसँग जोडिएको छ । तर हालका घटनाक्रमले दुवै देशबीचको सम्बन्ध नयाँ मोडमा प्रवेश गर्न सक्ने सङ्केत देखाएका छन् ।

यसै सन्दर्भमा दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसाले हालै युक्रेन युद्धमा संलग्न भएका आफ्ना नागरिकहरूलाई फिर्ता गराउन सहयोग गरेको भन्दै पुटिनप्रति कृतज्ञता व्यक्त गर्नुभएको थियो । तीमध्ये १५ जना स्वदेश फर्किसकेका छन् ।

अर्कोतर्फ, हालै सार्वजनिक भएको एक अनुसन्धानात्मक रिपोर्टमा अफ्रिकी नेसनल कंग्रेसका महासचिव फिकिले मबलुलाले सन् २०२४ को आम निर्वाचनअघि रूसी प्रभावसँग सम्बन्धित व्यक्तिहरूसँग सहयोग लिएको उल्लेख गरिएको थियो । सोही रिपोर्टमा उहाँले पार्टी गतिविधिका लागि आर्थिक सहयोग माग गरेको दाबी पनि गरिएको छ, जसलाई उहाँले अस्वीकार गर्दै ‘गलत सूचना अभियान’ को संज्ञा दिनुभयो ।

Previous Post

इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

Next Post

टोखाको ऐतिहासिक विस्केट जात्रा सम्पन्न

metakhabar

metakhabar

सम्बन्धित खबर

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’
मनोरञ्जन

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

४ असार २०८३,
अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य
अन्तर्राष्ट्रिय

अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

४ असार २०८३,
तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित
आवाज

ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

४ असार २०८३,
डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो
फिचर-ब्यानर

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

४ असार २०८३,
Load More
Next Post
टोखाको ऐतिहासिक विस्केट जात्रा सम्पन्न

टोखाको ऐतिहासिक विस्केट जात्रा सम्पन्न

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In