• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

    दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

    दूरसञ्चार सेवा प्रदायकले निष्क्रिय पारे सूचीकरण नभएका सामाजिक सञ्जाल

    सरकारले सार्वजनिक गरिसकेको एनसेल छानबिन प्रतिवेदन तत्काल नखोल्न सर्वोच्चको आदेश

    बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

    बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

    ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

    काठमाडौं उपत्यकामा २४ घण्टामा ११०७ सवारी चालक कारबाहीमा

    भारतको ८०औँ स्वतन्त्रता दिवस : नयाँ चरणतर्फ उन्मुख नेपाल–भारत सम्बन्ध

    भारतको ८०औँ स्वतन्त्रता दिवस : नयाँ चरणतर्फ उन्मुख नेपाल–भारत सम्बन्ध

    इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

    इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता

metakhabar by metakhabar
३ बैशाख २०८३,
0
पाकिस्तानमा ‘तीन करोड गरिबीमा धकेलिए’ः आर्थिक पतन र बढ्दो आप्रवासनका लागि सरकारलाई दोष
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

करिब सात हप्तादेखि जारी अमेरिका–इरान युद्धलाई कूटनीतिक बाटोबाट समाधानतर्फ लैजान प्रयास तीव्र बनिरहेका बेला पाकिस्तान नयाँ प्रमुख मध्यस्थकर्ताको रूपमा उभिएको छ । यसै क्रममा पाकिस्तानी सेना प्रमुख तेहरान पुगेर इरानी नेतृत्वसँग वार्ताको अर्को चरण अघि बढाउने तयारीमा जुट्नुभएको छ ।

मध्यपूर्वमा बढ्दो तनाव कम गर्ने उद्देश्यसहित भएको यो उच्चस्तरीय पहलले अमेरिका र इरानबीच दोस्रो चरणको प्रत्यक्ष संवादको सम्भावना पुनर्जीवित गरेको सङ्केत दिएको छ । ह्वाइट हाउसले पनि इस्लामाबादमा थप वार्ता हुन सक्ने उल्लेख गरेको छ, यद्यपि औपचारिक निर्णय भने भइसकेको छैन ।

यसअघि इस्लामाबादमै भएको प्रत्यक्ष संवादले दुई पक्षबीचको मतभेद घटाउन मद्दत गरेको अधिकारीहरूले बताएका छन् । त्यसकै निरन्तरताका रूपमा विशेषगरी युद्धविरामको समयसीमा सकिनुअघि अर्को चरण सुरु गर्ने लक्ष्यसहित पाकिस्तानले पुनः वार्ताको वातावरण बनाउन खोजिरहेको छ ।

तर कूटनीतिक प्रयाससँगै दबाबको रणनीति पनि जारी छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले ट्रम्प प्रशासनले इरानसँग व्यापार गर्ने मुलुकहरूमाथि थप आर्थिक प्रतिबन्ध लगाउने तयारी गरेको बताउनुभयो । उहाँले यसलाई बम आक्रमणको ‘वित्तीय समकक्ष’ का रूपमा व्याख्या गर्नुभएको छ ।

यता क्षेत्रीय स्रोतहरूका अनुसार अमेरिका र इरानबीच युद्धविराम थप विस्तार गर्ने विषयमा ‘सैद्धान्तिक सहमति’ बनेको छ, जसले थप वार्ताका लागि समय उपलब्ध गराउनेछ । यद्यपि, इरानी बन्दरगाहहरूमा अमेरिकी नाकाबन्दी र तेहरानका कडा प्रतिक्रियाले यो सहमति अझै संवेदनशील अवस्थामा रहेको छ ।

इरानका विदेशमन्त्री अब्बास अराघचीले पाकिस्तानी सेना प्रमुख असिम मुनिरसँग प्रारम्भिक छलफल गरिसक्नुभएको छ । तर, इरानी सैन्य नेतृत्वबाट आएका कडा अभिव्यक्तिहरूले स्थिति अझै जटिल रहेको सङ्केत दिएका छन् । इरानले नाकाबन्दी नहटाइए क्षेत्रीय व्यापार अवरुद्ध गर्ने चेतावनी दिएको छ भने सर्वोच्च नेतृत्वका सल्लाहकारहरूले युद्धविराम विस्तारप्रति असन्तुष्टि जनाएका छन् ।

वार्ताका मुख्य अवरोधहरू पनि स्पष्ट देखिएका छन् । इरानको आणविक कार्यक्रम, होर्मुज जल डमरूमध्यको नियन्त्रण र युद्धका क्रममा भएको क्षतिको क्षतिपूर्ति—यी तीन विषयमा सहमति जुटाउन मध्यस्थकर्ताहरूले दबाब बढाइरहेका छन् । इरानले युरेनियम संवर्धनबारे छलफल गर्न तयार रहेको जनाए पनि आफ्नो आवश्यकतानुसार संवर्धन जारी राख्न पाउनुपर्ने अडान दोहोर्‍याएको छ ।

युद्धको प्रभाव विश्वव्यापी रूपमा महसुस भइरहेको छ । होर्मुज जल डमरूमध्य हुँदै हुने तेल ढुवानी प्रभावित हुँदा ऊर्जा बजार अस्थिर बनेको छ । तेलको मूल्य आकासिएपछि इन्धन, खाद्यान्न र अन्य आवश्यक वस्तुको मूल्य वृद्धि विश्वभर देखिएको छ । यद्यपि, हालै युद्ध अन्त्य हुने आशामा तेलको मूल्य केही घटेको छ र अमेरिकी सेयर बजारले पनि नयाँ उचाइ छोएको छ ।

यसबीच चीनले पनि कूटनीतिक पहललाई समर्थन गर्दै होर्मुज जल डमरूमध्य पुनः खोल्न आग्रह गरेको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले शान्तिको अवसर खुलिरहेको उल्लेख गर्दै इरानको सार्वभौमिकता सम्मान गर्दै जलमार्गको स्वतन्त्रता सुनिश्चित गर्नुपर्ने बताउनुभयो ।

अमेरिकी सेनाले इरानी ढुवानीमाथि लगाएको नाकाबन्दी अझै प्रभावकारी रहेको जनाएको छ । हालसम्म कुनै जहाजले उक्त नाकाबन्दी पार गर्न नसकेको र केही जहाजहरूलाई फर्काइएको जानकारी दिइएको छ । यो कदम इरानमाथि थप आर्थिक दबाब सिर्जना गर्ने उद्देश्यले चालिएको हो ।

यसैबीच, इजरायल–लेबनान मोर्चामा पनि तनाव घटेको छैन । दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमण र स्थल कारबाही जारी छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हिजबुल्लाहविरुद्धको अभियान जारी राख्ने बताउनुभएको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो आक्रमणमा तीन जना प्यारामेडिक्सको मृत्यु भएको छ भने अन्य घाइते भएका छन् । यसले मानवीय सङ्कट अझ गहिरिँदै गएको संकेत गरेको छ ।

सन् १९४८ मा इजरायल स्थापना भएयता लेबनानसँगको द्वन्द्व औपचारिक रूपमा अन्त्य नभएको अवस्थामा अहिलेको अवस्था थप जटिल बनेको देखिन्छ । यस समग्र परिस्थितिमा पाकिस्तानको मध्यस्थताले कूटनीतिक समाधानतर्फ नयाँ सम्भावना खोल्ने अपेक्षा गरिएको छ ।

Previous Post

युद्ध, नाकाबन्दी र आणविक पेचबीच इरान–अमेरिका सम्झौतामा सकारात्मक संकेत

Next Post

काठमाडौँ महानगर र नेपाल प्रहरीबीच सहकार्य बारे छलफल

metakhabar

metakhabar

सम्बन्धित खबर

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै
आवाज

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

३० साउन २०८३,
दूरसञ्चार सेवा प्रदायकले निष्क्रिय पारे सूचीकरण नभएका सामाजिक सञ्जाल
समाचार

सरकारले सार्वजनिक गरिसकेको एनसेल छानबिन प्रतिवेदन तत्काल नखोल्न सर्वोच्चको आदेश

३० साउन २०८३,
बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै
समाचार

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

३० साउन २०८३,
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
समाचार

काठमाडौं उपत्यकामा २४ घण्टामा ११०७ सवारी चालक कारबाहीमा

३० साउन २०८३,
भारतको ८०औँ स्वतन्त्रता दिवस : नयाँ चरणतर्फ उन्मुख नेपाल–भारत सम्बन्ध
समाचार

भारतको ८०औँ स्वतन्त्रता दिवस : नयाँ चरणतर्फ उन्मुख नेपाल–भारत सम्बन्ध

३० साउन २०८३,
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प
अन्तर्राष्ट्रिय

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

३० साउन २०८३,
Load More
Next Post
काठमाडौँ महानगर र नेपाल प्रहरीबीच सहकार्य बारे छलफल

काठमाडौँ महानगर र नेपाल प्रहरीबीच सहकार्य बारे छलफल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In