• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कफीखेती विस्तारमा षडानन्दको पहल

    कफीखेती विस्तारमा षडानन्दको पहल

    मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

    मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

    भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

    भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि

    डलरको दबाबमा येन

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    कफीखेती विस्तारमा षडानन्दको पहल

    कफीखेती विस्तारमा षडानन्दको पहल

    मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

    मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

    भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

    भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि

    डलरको दबाबमा येन

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

रगतको माग बढ्यो, दाता घट्दो : बिरामी समस्यामा

metakhabar by metakhabar
३ बैशाख २०८३,
0
रगतको माग बढ्यो, दाता घट्दो : बिरामी समस्यामा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चितवन । रगतको माग बढ्दै जाँदा रक्तदाताहरुको सङ्ख्या बढ्न सकेको छैन । बर्सेनि रगतको माग क्रमशः बढ्दै गए पनि रक्तदान गर्नेहरुको सङ्ख्या भने बढ्न नसकेको हो ।

नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार जिल्लामा रगतको माग दैनिक माग बढ्दो छ । उनका अनुसार जिल्लामा दैनिक एकसय १ सय ५० युनिटसम्म रगतको माग हुने गर्दछ ।

यस आर्थिक वर्षको फागुनसम्ममा १ सय ६९ स्थानमा भएका रक्तदान कार्यक्रममा ११ हजार ५ सय ३२ युनिट र केन्द्रमा आएर दिएको सङ्ख्या तीन हजार १ सय ८१ छ ।

अघिल्लो आव २०८१–८२ मा २ सय ८७ स्थानमा भएका रक्तदानमा १८ हजार ५ सय ७७ युनिट र केन्द्रमा चार हजार ६ सय ४० युनिट रगत सङ्कलन भएको थियो । आव २०८०–८१ मा २ सय ९८ स्थानमा भएको रक्तदान कार्यक्रमबाट १८ हजार ४ सय ९ युनिट र केन्द्रमा छ हजार ९ सय २० युनिट रगत सङ्कलन भएको थियो । यसलाई हेर्दा केन्द्रमा आएर रक्तदान गर्नेहरुको सङ्ख्या घट्दो छ । गत वर्ष यहाँ ब्लड डोनर्स सोसाइटीले रक्तदान महोत्सव नै आयोजना गरी एक हजार ७ सय १७ युनिट रगत सङ्कलन भएको थियो ।

प्रमुख पौडेलले देशैभरबाट बिरामी यहाँ आउने भएकाले रगतको माग बर्सेनि बढेको बताए । रक्तदान गर्ने युवा जनशक्ति विदेश गएको, उमेर बढ्दै गएपछि उच्च रक्तचाप, मधुमेहजस्ता रोगका कारण रक्तदान गर्न नमिल्ने भएका कारण दाता घटेको उनको भनाई छ ।

उनले भने, “दाता घट्ने र माग बढ्ने हुँदा सन्तुलन मिलाउन कठिन हुने गरेको छ ।” यहाँ माग उच्च हुँदा छिमेकी जिल्लाहरुबाट समेत रगत ल्याउने गरिन्छ ।

केन्द्र सञ्चालन गरेको नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका सभापति हरि पौडेल छिमेकी १४ भन्दा बढी जिल्लाबाट सङ्कलन गरेर रगत ल्याउँदासमेत पुर्याउन नसकिएको बताउँछन् । यहाँ रहेका क्यान्सर अस्पताल, दुई मेडिकल कलेज, सरकार भरतपुर अस्पताल र निजी अस्पतालमा आउने घाइते र बिरामीहरुका लागि रगतको माग बढ्दा सन्तुलन मिलाउन नसकिएको उनले बताए । राजधानी काठमाडौँपछि धेरै रगत चितवनमा चाहिने भन्दै उनले सबैको साथ र सहयोगबाट मात्रै रगतको पूर्ति गर्न सकिने बताए ।

देशभर रक्तदानमा उत्प्रेरणा गर्दै आएको ब्लड डोनर्स सोसाइटी नेपालका अध्यक्ष अर्जुन अधिकारी रेडक्रस सोसाइटीले सञ्चालन गरेका केन्द्रहरुले व्यवस्थापकीय रुपमा सुधार गर्नसकेमा रक्त सङ्कलन बढ्ने बताउँछन् । केन्द्रले आम रक्तदाता र सङ्घ संस्थाहरुसँग समन्वयकारी भूमिका निर्वाह गरेर काम गर्नुपर्ने उनको सुझाव छ ।

विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा देशैभरिबाट बिरामी आउने गर्दछन् । सबैभन्दा बढी रगत क्यान्सर उपचारमा खपत हुने गर्दछ । यस्तै चितवन मेडिकल कलेजले क्यान्सर इन्स्टिच्युट सञ्चालन गरेको छ । जहाँ रगतको माग उच्च हुने गर्दछ ।

भरतपुर अस्पताल विकास समितिका पूर्वअध्यक्ष डा. भोजराज अधिकारी रक्तदाताहरुलाई उत्प्रेरित गर्नुपर्ने बताउँछन् । विद्यालय र क्याम्पसका पाठ्यक्रमहरुमा रक्तदानको महत्वको बारेमा जानकारी गराउनु पर्ने भन्दै उनले रक्तदान गर्नेहरुलाई राज्यका तर्फबाट केही सहुलियत हुनुपर्ने बताए ।

उनले आफूले सञ्चालन गरेको श्री पुष्पाञ्जली अस्पतालमा स्थापनाका अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५७ जनाले रगत दिएकोमा १८ नयाँ भएको भन्दै उनले नयाँ रक्तदातालाई राज्यकै तर्फबाट उत्प्रेरित गर्नुपर्ने बताए ।

Previous Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Next Post

रसुवामा वैशाख १३, १४ र १५ गते चौँरी महोत्सव

metakhabar

metakhabar

सम्बन्धित खबर

कफीखेती विस्तारमा षडानन्दको पहल
आर्थिक

कफीखेती विस्तारमा षडानन्दको पहल

९ असार २०८३,
मौवाफाँट–दग्नाम सडक स्तरोन्नति
आवाज

मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

९ असार २०८३,
भारतीय पर्यटकले पोखराका होटल भरिभराउ
आवाज

भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

९ असार २०८३,
दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन
आवाज

दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

९ असार २०८३,
जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि
आर्थिक

डलरको दबाबमा येन

९ असार २०८३,
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
आवाज

सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ

९ असार २०८३,
Load More
Next Post
रसुवामा वैशाख १३, १४ र १५ गते चौँरी महोत्सव

रसुवामा वैशाख १३, १४ र १५ गते चौँरी महोत्सव

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In