• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, April 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    तातोपानी नाकामा चिनियाँ पर्यटकमाथि खुला लुटतन्त्र, प्रशासन मौन

    तातोपानी नाकामा चिनियाँ पर्यटकमाथि खुला लुटतन्त्र, प्रशासन मौन

    ‘प्रधानमन्त्री र मन्त्रीहरूको खेतबारीमा पहेँलपुर तोरी फुलेछ’: गोकुल बास्कोटा

    ‘प्रधानमन्त्री र मन्त्रीहरूको खेतबारीमा पहेँलपुर तोरी फुलेछ’: गोकुल बास्कोटा

    सलहेश फूलबारी मेलाअघि लहानमा श्रद्धालुको चहलपहल, भारतीय भक्तजनको आगमन सुरु

    सलहेश फूलबारी मेलाअघि लहानमा श्रद्धालुको चहलपहल, भारतीय भक्तजनको आगमन सुरु

    उपचारका क्रममा ओली : पित्तथैलीको शल्यक्रिया शिक्षण अस्पतालमा

    उपचारका क्रममा ओली : पित्तथैलीको शल्यक्रिया शिक्षण अस्पतालमा

    सिंहदरबारभित्रका सरकारी निकायमा गुणस्तरीय इन्टरनेट सेवा सुनिश्चित गर्न सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा निर्देशन

    सिंहदरबारभित्रका सरकारी निकायमा गुणस्तरीय इन्टरनेट सेवा सुनिश्चित गर्न सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा निर्देशन

    मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

    मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

यस्तो छ प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण

metakhabar by metakhabar
३० चैत्र २०८२,
0
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, ३० चैत : प्रधानमन्त्री वालेन्द्र शाह र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।

प्रधानमन्त्री शाहकी पत्नी सविना काफ्लेको नाममा रहेको १९० तोला सुन पैत्रिक रूपमा प्राप्त भएको उल्लेख छ । काठमाडौँ धनुषा र महोत्तरीमा बुबाआमाको नाममा घरजग्गा रहेको जनाइएको छ ।

सामाजिक सञ्जालबाट एक करोड ४६ लाख रुपैयाँ आम्दानी गरेको विवरण उल्लेख गर्नुभएको छ ।

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सम्पत्ति विवरणमा चारवटा घर र अपार्टमेन्ट रहेको उल्लेख गर्नुभएको छ । उहाँको सम्पत्ति विवरणमा विदेशको जागिर सम्पत्तिको मुख्य स्रोत रहेको देखाउनुभएको छ । बैंकमा एक करोड ९० लाख रुपैयाँ र ४५ तोला सुन उहाँको विवरणमा समावेश छ । विभिन्न जलविद्युत् आयोजना, एक विकास बैंकमा सेयर रहेको जनाउनुभएको छ ।

गृहमन्त्री सुधन गुरुङको धनकुटामा १९ रोपनी १५ आना जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ । सो जग्गा लगानीबाट जोडेको उल्लेख गर्नुभएको छ ।

उहाँका पिता दिलबहादुरको नाममा चितवनको भरतपुर १८ गुञ्जनगरमा ३० कठ्ठा र बाजे रामसलको नाममा गोरखाको चुननुब्रीमा २ सय २१ रोपनी जग्गा रहेको छ । गृहमन्त्री गुरुङको सेयर मार्केटमा चार करोड ३१ लाख रुपैयाँ बढी लगानी रहेको छ । ८९ तोला सुन र विभिन्न कम्पनीमा सेयर लगानी रहेको उल्लेख गर्नुभएको छ ।

परराष्ट्रमन्त्री शिशिर खनालका बुबा सूर्यभक्त खनालको नाममा काठमाडौँमा पाँच आनाको घर छ । बुबाकै नाममा तनहुँ, नवपुर र नेपालगन्जमा २८ रोपनी दुई कट्ठा जग्गा छ । त्यसैगरी १३ लाख रुपैयाँ नगद र २२ तोला सुन रहेको विवरणमा उल्लेख गर्नुभएको छ । उहाँको र श्रीमतीको नाममा विभिन्न कम्पनीमा सेयर रहेको छ ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले १५ तोला सुन र ५० तोलामा चाँदी रहेको सम्पत्ति विवरणमा उल्लेख गर्नुभएको छ । वीरेन्द्रभक्त श्रेष्ठ र विकास श्रेष्ठका नाममा घर, विभिन्न बैंकमा ६४ लाख ६३६ रुपैयाँ नगद रहेको छ । उहाँसँग विभिन्न कम्पनीको सेयर र सवारीसाधन पनि रहेको छ ।

कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमको काठमाडौँ र चितवनमा घर रहेको विवरण सार्वजनिक गर्नुभएको छ । श्रीमान्का नाममा काठमाडौँमा र सासूका नाममा चितवनमा घर रहेको उल्लेख गर्नुभएको कानुनमन्त्री गौतमसँग १० लाख ५० हजार रुपैयाँ नगद विभिन्न बैंकमा मौज्दात छ । राष्ट्रिय वाणिज्य बैंकबाट २० लाख रुपैयाँ ऋण लिएकामा सात लाख रुपैयाँ चुक्ता गरेको उहाँले सम्पत्ति विवरणमा समावेश गर्नुभएको छ । यस्तै, एभरेष्ट बैंकबाट उहाँले ऋण लिनुभएको देखिन्छ भने उहाँको १५ तोला सुन, एक तोला हीरा र नौ तोला चाँदी रहेको छ ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता बादीको २० वटा कुखुरा र एउटा कुकुर रहेको छ । उहाँसँग एउटा स्कुटर, तीनवटा ल्यापटप र दुईवटा मोबाइल छ । यस्तै, श्रीमान्का नाममा एउटा पल्सर मोटरसाइकल छ । उहाँको नाममा नगद ५० हजार रुपैयाँ, बैंकमा श्रीमान् र उहाँका नाममा १५ लाख रुपैयाँ बराबरको नगद रहेको विवरणमा समावेश छ । मन्त्री बादीको १८ तोला सुन, १५ तोला चाँदी छ । सुन र चाँदी विवाहमा प्राप्त भएको सम्पत्ति विवरणमा समावेश छ । त्यस्तै, सुर्खेतमा ८९.६५ वर्गमिटर जग्गा रहेको उल्लेख छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालको ९० लाख रुपैयाँ बराबरको नगद बैंकमा रहेको सम्पत्ति विवरणमा उल्लेख छ । उहाँसँग ३० तोला सुन, ५० तोला चाँदी र परिवारको नाममा रुपन्देहीमा एक कट्ठा १० धुर जग्गामा रहेको घर, नवलपरासीमा १० कट्ठा १५ धुर जग्गा, स्याङ्जामा सात रोपनी खेत र २२ रोपनी बारी रहेको मन्त्री लम्सालले आफ्नो सम्पत्ति विवरणमा समावेश गर्नुभएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले काठमाडौँमा रहेको घर श्रीमान्को आयका रूपमा उल्लेख गर्नुभएको छ । यस्तै, काठमाडौँ र बारामा जग्गा रहेको उल्लेख गर्नुभएको छ भने उहाँसँग २५ तोला सुन, विभिन्न बैंकमा रु २४ लाखबराबरको बचत रहेको विवरणमा समावेश छ । उहाँको २० लाख रुपैयाँ बराबरको ऋण र ४४ लाख रुपैयाँबराबरको गाडी रहेको छ ।

कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीको पाँच तोला सुन र एक सय तोला चाँदी रहेको छ । विभिन्न बैंकमा एक लाख २६ हजार रुपैयाँ मौज्दात रहेको उल्लेख गर्नुभएको उहाँले माइतीले दिएको दुईवटा बाख्रा र १० वटा कुखुरा रहेको विवरणमा समावेश छ ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको काठमाडौँ र महोत्तरीमा जग्गा रहेको छ । उहाँसँग १८० तोला सुन, दुई किलो चाँदी, दुई सेट हिराको गहना रहेको सम्पत्ति विवरणमा समावेश गर्नुभएको छ । यस्तै, विभिन्न बैंकमा बचत र विभिन्न कम्पनीमा तीन करोड ३८ लाख रुपैयाँबराबरको लगानी रहेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताको सासूसुसुराको नाममा घर जग्गा रहेको उल्लेख गर्नुभएको छ । यस्तै, ३० तोला सुन र ५० तोला चाँदी रहेको छ । विभिन्न बैंकका बचत, विभिन्न कम्पनीको सेयर तथा एउटा सवारीसाधन रहेको उहाँको सम्पत्ति विवरणमा उल्लेख छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री खड्कराज पौडेलको भाउजु सन्तोषी शर्माको नाममा पोखरा महानगरपालिका–१४ मा दुई करोड ६० रुपैयाँमा खरिद गरेको घर रहेको उल्लेख गर्नुभएको छ । पोखरामा पैत्रिक रूपमा प्राप्त भएको जग्गा, ११ तोला सुन र पाँच तोला चाँदी रहेको उहाँको सम्पत्ति विवरणमा समावेश छ । विभिन्न बैंक र सहकारीमा नगद तथा ऋण लिएको समेत उल्लेख गर्नुभएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले श्रीमतीको नाममा काठमाडौँमा घर रहेको उल्लेख गर्नुभएको छ । स्वदेश तथा विदेशमा गरेको कार्यबापतको तलबभत्ता र आम्दानीबाट घर जग्गा खरिद गरेको सञ्चारमन्त्रीले जनाउनु भएको छ । उहाँको विवाहमा पुख्र्यौली सम्पत्तिबाट किनेको तथा उपहार प्राप्त गरेको सुन र चाँदी, १० लाख ३४ हजार ३८६ रुपैयाँ बराबरको बचत रहेको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवको सप्तरीमा पैत्रिक रूपमा प्राप्त घर तथा जग्गा रहेको छ । उहाँको ८० तोला सुन र १५० तोला चाँदी, विभिन्न बैंकमा नगद रहेको जनाइएको छ ।

Previous Post

‘प्रेमको जीत’मा शंकरसँगै अश्विनी र आर्यनको अभिनय

Next Post

वर्षान्त : २०८२ राजनीतिक ‘सुनामी’को वर्ष

metakhabar

metakhabar

सम्बन्धित खबर

तातोपानी नाकामा चिनियाँ पर्यटकमाथि खुला लुटतन्त्र, प्रशासन मौन
फिचर-ब्यानर

तातोपानी नाकामा चिनियाँ पर्यटकमाथि खुला लुटतन्त्र, प्रशासन मौन

३० चैत्र २०८२,
‘प्रधानमन्त्री र मन्त्रीहरूको खेतबारीमा पहेँलपुर तोरी फुलेछ’: गोकुल बास्कोटा
समाचार

‘प्रधानमन्त्री र मन्त्रीहरूको खेतबारीमा पहेँलपुर तोरी फुलेछ’: गोकुल बास्कोटा

३० चैत्र २०८२,
सलहेश फूलबारी मेलाअघि लहानमा श्रद्धालुको चहलपहल, भारतीय भक्तजनको आगमन सुरु
समाचार

सलहेश फूलबारी मेलाअघि लहानमा श्रद्धालुको चहलपहल, भारतीय भक्तजनको आगमन सुरु

३० चैत्र २०८२,
उपचारका क्रममा ओली : पित्तथैलीको शल्यक्रिया शिक्षण अस्पतालमा
फिचर-ब्यानर

उपचारका क्रममा ओली : पित्तथैलीको शल्यक्रिया शिक्षण अस्पतालमा

३० चैत्र २०८२,
सिंहदरबारभित्रका सरकारी निकायमा गुणस्तरीय इन्टरनेट सेवा सुनिश्चित गर्न सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा निर्देशन
फिचर-ब्यानर

सिंहदरबारभित्रका सरकारी निकायमा गुणस्तरीय इन्टरनेट सेवा सुनिश्चित गर्न सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा निर्देशन

३० चैत्र २०८२,
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
आवाज

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

३० चैत्र २०८२,
Load More
Next Post
वर्षान्त : २०८२ राजनीतिक ‘सुनामी’को वर्ष

वर्षान्त : २०८२ राजनीतिक ‘सुनामी’को वर्ष

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In