• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, April 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    या त न्याय दिनुहोस्, या अन्तिम फैसला सुनाउनुहोस् ऐतिहासिक पोखरी मासेर निर्माण गरिएको छाया सेन्टर

    या त न्याय दिनुहोस्, या अन्तिम फैसला सुनाउनुहोस् ऐतिहासिक पोखरी मासेर निर्माण गरिएको छाया सेन्टर

    बेनीमा ‘वडा पर्यटन परियोजना’

    बेनीमा ‘वडा पर्यटन परियोजना’

    पोखरा–मुग्लिन सडक आयोजना : पश्चिम खण्डको तेस्रो पटक म्याद थप

    पोखरा–मुग्लिन सडकको पश्चिम खण्डमा धमाधम काम

    स्वरोजगार प्रवर्द्धनका लागि इलाम नपाद्वारा २० उद्यमीलाई ल्यापटप वितरण

    स्वरोजगार प्रवर्द्धनका लागि इलाम नपाद्वारा २० उद्यमीलाई ल्यापटप वितरण

    होर्मुज बन्दः विश्व बजारमा दबाब

    इयुद्वारा हर्मुज आवागमनमा अनियन्त्रित स्वतन्त्रताको आग्रह

    नेपाल पर्यटन बोर्डले ७० प्रतिशत बजेट अन्तरराष्ट्रिय प्रवर्द्धनमा खर्च गर्ने

    मध्यपूर्व सङ्कटले पर्यटन क्षेत्रमा पार्ने असर न्यूनीकरणका वैकल्पिक रणनीतिबारे छलफल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    या त न्याय दिनुहोस्, या अन्तिम फैसला सुनाउनुहोस् ऐतिहासिक पोखरी मासेर निर्माण गरिएको छाया सेन्टर

    या त न्याय दिनुहोस्, या अन्तिम फैसला सुनाउनुहोस् ऐतिहासिक पोखरी मासेर निर्माण गरिएको छाया सेन्टर

    बेनीमा ‘वडा पर्यटन परियोजना’

    बेनीमा ‘वडा पर्यटन परियोजना’

    पोखरा–मुग्लिन सडक आयोजना : पश्चिम खण्डको तेस्रो पटक म्याद थप

    पोखरा–मुग्लिन सडकको पश्चिम खण्डमा धमाधम काम

    स्वरोजगार प्रवर्द्धनका लागि इलाम नपाद्वारा २० उद्यमीलाई ल्यापटप वितरण

    स्वरोजगार प्रवर्द्धनका लागि इलाम नपाद्वारा २० उद्यमीलाई ल्यापटप वितरण

    होर्मुज बन्दः विश्व बजारमा दबाब

    इयुद्वारा हर्मुज आवागमनमा अनियन्त्रित स्वतन्त्रताको आग्रह

    नेपाल पर्यटन बोर्डले ७० प्रतिशत बजेट अन्तरराष्ट्रिय प्रवर्द्धनमा खर्च गर्ने

    मध्यपूर्व सङ्कटले पर्यटन क्षेत्रमा पार्ने असर न्यूनीकरणका वैकल्पिक रणनीतिबारे छलफल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

बिस्काः नौ दिन आठ रात जात्रा

metakhabar by metakhabar
२७ चैत्र २०८२,
0
बिस्काः नौ दिन आठ रात जात्रा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भादगाउँ (भक्तपुर)। भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का जात्रा आजदेखि सुरु हुँदैछ । साँझ तमारीस्थित पाँचतल्ले मन्दिर अगाडिबाट भद्रकालीको रथलाई घट्खा टोलमा पु¥याई भैलखः(भैरवनाथको रथ) तानातान गरी जात्राको सुरुआत गरिन्छ । अब भक्तपुर नौ दिन आठ रात जात्राको रौनकमा झुम्ने छ ।

काठैकाठले प्यागोडाशैलीमा निर्माण गरिएको तीन तल्ले भैलखःमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतल्ले मन्दिर प्राङ्गणबाट थने (माथिल्लो) र क्वने (तल्लो) टोलमा तानेर लैजाने परम्परा रहेको छ । तान्नु अघि भैलखःमा खड्ग, तरवार, निशान राख्ने गर्दछ ।

बिस्का जात्राको पहिलो दिन पाँचतल्ले मन्दिर प्राङ्गणबाट भैलखलाई क्वने र थनेका बासिन्दाले अगाडि पाँच र पछाडी चार वटा डोरी तानातान गरेर आ–आफ्नो टोलतर्फ लैजाने परपम्परा रहेको छ । जात्राको मुख्य आकर्षण नै भैलखः तानातान गर्नु हो । यसरी तानातान गर्ने क्रममा थनेतर्फ तानेर लानसके दत्तात्रयसम्म लैजाने र त्यहाँबाट तानेर पुनः तमारीहुँदै क्वनेतर्फको तेखापुखुसम्म ल्याएर त्यहाँबाट फर्काएर गःहिटीमा द्योः थातेलाकेगु (भैलखःलाई ठाउँमा पु¥याएर) पहिलो दिनको जात्रा सम्पन्न गरिन्छ ।

जात्रामा भैलखः तान्ने परम्परागत रुट क्वने (तल्लो टोल) तर्फ तमारी, बुलुँचा, घट्खा, नासमना, मुलाखु, बंशगोपाल, तेखापुखुसम्म र थने (माथिल्लो टोल)तर्फ क्वाछें, साकोठा, सुकुलढोका, गोमारी, इनाचो, दत्तात्रयसम्म रहेको छ । जात्राको दोस्रो दिनलाई शुन्य मानिन्छ । तेस्रो दिन गःहिटीमा भैरवनाथलाई राँगो बली चढाई गुठी संस्थानद्वारा सरकारी पूजा गरिन्छ । उक्त बलिपुजाको मासु प्रसादका रुपमा लाकुलाछेबासीलाई बाँडिन्छ, जसलाई स्थानीय भाषामा ‘स्याःक्वःत्याःक्वः’ भनिन्छ ।

जात्राकोे चौथो दिन बिहान तालाक्वस्थित कुमाले टोलमा ल्हामरु म्ह यसींद्यो(हात नभएको लिङ्गो) उभ्याइन्छ भने साँझपखः तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी ५५ हात लामो यसींद्योः भेलुखेलस्थित ल्यसिङखेलमा उभ्याइन्छ । यसींद्योः( लिङ्गो) उभ्याउने जात्रा बिस्काको अर्को आकर्षण रहेको छ । पुरानो वर्षको विदाइ र नयाँ वर्षको आगमनको पूर्व सन्ध्यामा यसींद्योः उभ्याउने गरिन्छ ।

यसींद्योः कोखामा झुण्ड्याइएका दुई ध्वजाहरुलाई वीरध्वजा र विश्वध्वजा भनिन्छ । एकजोडी ध्वजाहरु फुकाएपछि एउटा संवत फेरिने हुनाले बीचमा फुकाएर हेर्न हुँदैन भन्ने धार्मिक मान्यता रहेको छ । यसींद्योः उभ्याउन बाँधिएका आठवटा डोरीलाई अष्ट मात्रिकाको प्रतिक मानिन्छ । यसींद्योः उठाईसकेपछि राती नवदुर्गा देवगण त्यहाँ उपस्थित हुन्छ । तलेजुमा दुमाजुको विशेष पूजा गरी जात्रा गरिन्छ ।

यसींद्योः उठाएको हेर्नाले शत्रुहरु नाश हुन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यसलाई शत्रुहन्ता जात्रा पनि भनिन्छ । यसदिन भैलखः र भद्रकालीको रथलाई ल्यसिङखेलमा पु¥याइन्छ । यसींद्योः उठ्नासाथ स्थानीय बाराही देवीको तिंप्वाः जात्रा इन्द्रायणी देवीको त्वारिवा जात्रा मनाइन्छ ।

बिस्का जात्राको पाँचौं दिन अर्थात नयाँ वर्ष बैशाख १ गते विहानैदेखि चुपिङघाट र ल्यसिङखेलमा भक्तजनहरुको भिड हुन्छ । यसदिन स्थानीय टोल टोलमा रहेका विभिन्न बाजागाजा बजाएर परम्परागत पोसाक लगाएर भैरव, भद्रकाली, बेताल र यसींद्योःको दर्शनपुजन गरिन्छ । बेताललाई पोथी कुखुराको बली दिइन्छ । साँझ भैरवनाइकेहरुले विधिवत रुपमा पुजा गरी साँझ यसींद्योः ढालिन्छ । त्यसको लगतै भैलखः र भद्रकालीको रथलाई तानेर गाःहिटीमा पु¥याएर एक आपसमा जुधाइ संगम जात्रा मनाइन्छ । जसलाई स्थानीय भाषामा द्योः ल्वाकिगु जात्रा भनिन्छ । तलेजुमा दुमाजु देवीको जात्रा गरिन्छ ।

जात्राको छैटौँ दिन महाकाली र महालक्ष्मीको जात्रा गरिन्छ । सातौँ दिन तचपालमा ब्रम्हायणी र महेश्वरीको जात्रा गरिन्छ । यसै दिन तालाक्वमा बटुकभैरव र ज्याठा गणेशको सिन्दूर जात्रा गरिन्छ भने खँलामा परदेशी भीमसेनको खटजात्रा मनाइन्छ । आठौँ दिनमा भक्तपुरका शक्तिशाली देवदेवीहरुलाई आ–आफ्नो द्यो छेंबाट निकाली प्राङ्गण, सतल र पाटीहरुमा राखेर पूजा गरी विभिन्न प्रसाद चढाएर द्यो स्वगं पूजा (सगुन जात्रा) मनाइन्छ । यो जात्रा दिनभरि मनाइन्छ ।

जात्राकोे अन्तिम दिन बिहान तालाक्वस्थित कुमाले टोलमा ल्हामरु म्ह यसींद्यो (हात नभएको लिङ्गो) ढाल्ने जात्रा मनाइन्छ । साँझ चोछें टोलमा छुमा गणेश जात्रा मनाइन्छ । यस दिन भैलखःलाई गःहिटीबाट पहिलो दिनमा जस्तो थने(माथिल्लो) र क्वने(तल्लो) टोलका बासिन्दाले तानातान गरी जात्रा सम्पन्न गरिन्छ ।

बिस्का जात्राका ऐतिहासिक पक्षका सम्बन्धमा तमारीस्थित यक्ष मल्लको पालाको शिलालेखमा पहिलो पल्ट जात्रालाई सम्बोधन गर्दा विश्व जात्रा भनि उल्लेख गरिएको संस्कृतिविद् एवम् इतिहासविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठ बताउनुभयो । भक्तपुरको राजदरबारमा नेपालसंवत् ८०८ र ८१८ को राजा जीतामित्र र भूपतिन्द्र मल्लको पालामा लेखिएको अभिलेखमा विस्क्यात शब्द उल्लेख रहेको प्रा डा श्रेष्ठले बताउनुभयो । तलेजुमा अहिलेसम्म चल्ने बिस्का जात्राको सङ्कल्प पूजामा विश्वजात्रा महापर्व भनेर सम्बोधन गरिएको उहाँले भन्नुभयो ।

प्राडा श्रेष्ठले बिस्का जात्राको प्रचलित किंवदन्ती गलत भएको दाबी गर्नुभएको छ । उहाँले बिस्का जात्रा नितान्त भैरवनाथ र भद्रकालीसँग सम्बन्धित रहेको र यसको प्रचलित सर्प मारेको, नागनागिनीसँग जोडिएको किंदन्ती भ्रम रहेको बताउनुभयो । “यो जात्रा विश्वनाथ भैरवको मात्र नभई उनकै शक्ति भद्रकालीको हो । विश्व भैरवनाथको प्रतिक जात्राकोे चौथो दिन भेलुखेलको ल्यसिंङखेलमा उठाएको योसिंद्योःमा फहराइने एकजोडी हलिपत(ध्वजा) साक्षात भैरव र भद्रकालीको हो । यसलाई जर्वजस्ती वि को अर्थ सर्प र स्यातको अर्थ मारियो भन्ने अर्थमा बिस्क, बिस्का, बिस्केत चल्दै आएको भम्र मानसिकता व्याप्त रहेको छ ।

उहाँले भन्नुभयो, “नाम, प्रमाण र भाषा विज्ञानकै साहारा लिएर भन्ने हो भन्ने वि को अर्थ हो पुरानो । नवदुर्गा गणलाई वि त्वंकेगु भन्दा तान्त्रिक विधि पुर्वक पुरानो रगत खुवाउने प्रचलन अहिलेसम्म चलिआएको छ । स्यातको अर्थ मारियो हो तर बिस्क, बिस्कामा कहाँ क हरायो त भन्ने मेरो प्रश्न हो ? स्यातबाट कसरी स्का हुन गयो ? यो जात्राको विषयमा अहिलेसम्म चलेका प्रमाण, अभिलेखक र मल्लकालिन राजा जगत प्रकाश मल्लदेखि शाह वंशिय राजा त्रिभुवन, ज्ञानेन्द्र र तत्कालिन प्रधानमन्त्री गिरिजाले फेरेका हलिपतमा हेर्न हो भन्ने विश्वकेतु, विरध्वजा लेखिएको छ । यस मानेमा विश्वनाथको ध्वजा विश्वध्वजा र विरध्वजा हो भन्ने कुरा स्पष्ट छ । यसमा विर भनेर भैरवको वाहान विर बेताललाई भनिएको हो । त्यस मानेमा ध्वाजा विश्वध्वाजा र विरध्वाजा मान्न सकिन्छ । तर जनमानसमा यो नागनागिनी भनेर प्रचलित छ यो गलत हो ।”

जात्रामा पहिलो र अन्तिम दिन भैलखः तान्ने क्रममा झडप हुने गरेको छ । सम्भावित झडप रोकी जात्रालाई व्यवस्थित रुपमा मनाउन दिउँसो ३ बजे भैलखः तानेर ५ बजे जात्रा सम्पन्न गर्ने तयारी गरिएको छ । रातको समयमा जात्रा सञ्चालन हुँदा भैलखःले किचेर मानिसको मृत्यु हुने, जात्रा हुने स्थानका घर र सार्वजनिक पाटीपेटीमा क्षति पुग्ने भएकाले त्यसलाई रोक्न दिउँसो जात्रा शुरु गर्ने सम्पुर्ण तयारी पुरा भएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।

जात्रालाई मर्यादित र शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न चरणवद्धरुपमा सरोकारवालाहरुसँग छलफल गरेर विभिन्न रणनीति तयार गरेको बताउँदै प्रजिअ ढकालले यसवर्ष जात्रामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र सादा पोशाकमा करिव २ हजार सुरक्षाकर्मी परिचालन गर्ने जानकारी दिनुभयो । जात्रामा उत्श्रृंखल गतिविधि गर्ने र हुलदंगा मच्चाउन खोज्नेको पहिचान गर्न व्यापकरुपमा सादा पोशाकमा सुरक्षाकर्मी परिचालन गर्ने उहाँले बताउनुभयो ।

भैलखःमा अनियन्त्रित तरिकाले धेरै मानिस चढ्नाले रथबाट खसेर घाईते हुनु, च्यापनु, किचेर ज्यान जाने भएकाले त्यसलाई नियन्त्रण गर्न भैलखःमा भैरव नाईके, गुथि र स्थानीय क्लवका सिमित पदाधिकारीहरु मात्र चढ्ने व्यवस्था गरिएको छ । साथै यसवर्ष रथमा बस्ने सबैले नाङ्गो खुट्टा राख्ने व्यवस्था मिलाएको छ ।

जात्रामा हुलदंगा गर्नेको पहिचानका लागि चोक चोकमा सिसी क्यामेरा जडान गरिएको जानकारी दिँदै प्रजिअ ढकालले क्यामेराको फुटेजका आधारमा जात्रापछि पनि नियन्त्रणमा लिई कारबाही गरिने बताउनुभयो । जात्रामा हुलदङ्गा गरी सुरक्षा व्यवस्थामा खलल पुर्याउनेलाई पक्राउ गरी प्र्रचलिन कानुन बमोजिम कारबाही गरी विदेश जान नहुने गरी रेर्कड राखिो बताउनुभयो ।

Previous Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Next Post

कञ्चनपुरमा २२३ जनामा सिकलसेल एनिमिया

metakhabar

metakhabar

सम्बन्धित खबर

या त न्याय दिनुहोस्, या अन्तिम फैसला सुनाउनुहोस् ऐतिहासिक पोखरी मासेर निर्माण गरिएको छाया सेन्टर
आर्थिक

या त न्याय दिनुहोस्, या अन्तिम फैसला सुनाउनुहोस् ऐतिहासिक पोखरी मासेर निर्माण गरिएको छाया सेन्टर

२७ चैत्र २०८२,
बेनीमा ‘वडा पर्यटन परियोजना’
आर्थिक

बेनीमा ‘वडा पर्यटन परियोजना’

२७ चैत्र २०८२,
पोखरा–मुग्लिन सडक आयोजना : पश्चिम खण्डको तेस्रो पटक म्याद थप
आर्थिक

पोखरा–मुग्लिन सडकको पश्चिम खण्डमा धमाधम काम

२७ चैत्र २०८२,
स्वरोजगार प्रवर्द्धनका लागि इलाम नपाद्वारा २० उद्यमीलाई ल्यापटप वितरण
आर्थिक

स्वरोजगार प्रवर्द्धनका लागि इलाम नपाद्वारा २० उद्यमीलाई ल्यापटप वितरण

२७ चैत्र २०८२,
होर्मुज बन्दः विश्व बजारमा दबाब
अन्तर्राष्ट्रिय

इयुद्वारा हर्मुज आवागमनमा अनियन्त्रित स्वतन्त्रताको आग्रह

२७ चैत्र २०८२,
नेपाल पर्यटन बोर्डले ७० प्रतिशत बजेट अन्तरराष्ट्रिय प्रवर्द्धनमा खर्च गर्ने
आर्थिक

मध्यपूर्व सङ्कटले पर्यटन क्षेत्रमा पार्ने असर न्यूनीकरणका वैकल्पिक रणनीतिबारे छलफल

२७ चैत्र २०८२,
Load More
Next Post
कञ्चनपुरमा २२३ जनामा सिकलसेल एनिमिया

कञ्चनपुरमा २२३ जनामा सिकलसेल एनिमिया

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In