• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, April 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    होर्मुज बन्दः विश्व बजारमा दबाब

    इयुद्वारा हर्मुज आवागमनमा अनियन्त्रित स्वतन्त्रताको आग्रह

    नेपाल पर्यटन बोर्डले ७० प्रतिशत बजेट अन्तरराष्ट्रिय प्रवर्द्धनमा खर्च गर्ने

    मध्यपूर्व सङ्कटले पर्यटन क्षेत्रमा पार्ने असर न्यूनीकरणका वैकल्पिक रणनीतिबारे छलफल

    भावी सैनिक नेतृत्वसँग जोडिएको बढुवा, उपरथी मगर बन्न सक्छन् प्रधानसेनापति

    भावी सैनिक नेतृत्वसँग जोडिएको बढुवा, उपरथी मगर बन्न सक्छन् प्रधानसेनापति

    उपसभामुख चयन आज : लामा र ठाकुरबीच प्रतिस्पर्धा, निर्णय रास्वपाको समर्थनमा निर्भर

    उपसभामुख चयन आज : लामा र ठाकुरबीच प्रतिस्पर्धा, निर्णय रास्वपाको समर्थनमा निर्भर

    वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

    वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

    राष्ट्रपतिले आज संसदमा सम्बोधन गर्ने

    राष्ट्रपतिले आज संसदमा सम्बोधन गर्ने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

क्लस्टर वारहेडसहित उत्तर कोरियाको परीक्षण

metakhabar by metakhabar
२७ चैत्र २०८२,
0
क्लस्टर वारहेडसहित उत्तर कोरियाको परीक्षण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

उत्तर कोरियाले पछिल्लो हतियार परीक्षणमा क्लस्टर–बम वारहेड जडित ब्यालेस्टिक मिसाइलहरू प्रयोग गरेको दाबी गर्दै आफ्नो सैन्य क्षमता थप आक्रामक ढङ्गले विस्तार गरिरहेको सङ्केत दिएको छ । यस कदमले दक्षिण कोरियामाथि दबाब बढाउने मात्र नभइ, कोरियाली प्रायद्वीपमा तनाव अझ चर्काउने देखिएको छ ।

उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले सार्वजनिक गरेको विवरणअनुसार सोमबारदेखि सुरु भएको तीनदिने परीक्षण क्रममा विभिन्न नयाँ हतियार प्रणालीहरूको प्रदर्शन गरिएको थियो । यसमा विमानविरोधी प्रणाली, कथित विद्युत् चुम्बकीय हतियार तथा कार्बन फाइबर बमसमेत समावेश गरिएको उल्लेख छ । विशेषगरी आणविक क्षमता बोकेको ह्वासोङ–११ ब्यालेस्टिक मिसाइलमा जडान गरिएको क्लस्टर वारहेड प्रणालीलाई प्रमुख उपलब्धिका रूपमा प्रस्तुत गरिएको छ ।

यो जानकारी दक्षिण कोरियाली सेनाले उत्तर कोरियाले दुई दिनभित्रै दोस्रो चरणको प्रक्षेपणमा पूर्वी तटीय क्षेत्रबाट बहुविध क्षेप्यास्त्र प्रहार गरेको पत्ता लगाएको एक दिनपछि सार्वजनिक भएको हो । दक्षिण कोरियाको संयुक्त सेना प्रमुखको कार्यालयका अनुसार ती मिसाइलहरू २४० देखि ७०० किलोमिटरसम्म उडेका थिए र समुद्रमा खस्नुअघि विभिन्न दूरी तय गरेका थिए । कम्तीमा एउटा प्रक्षेपण प्योङयाङ नजिकबाट गरिएको पुष्टि गरिएको छ ।

जापानको रक्षा मन्त्रालयले भने यी प्रक्षेपणहरू आफ्नो विशेष आर्थिक क्षेत्रभित्र नपरेको जनाएको छ । त्यस्तै, अमेरिकी सेनाले पनि ती परीक्षणहरूले तत्कालका लागि अमेरिका वा उसका सहयोगी राष्ट्रहरूलाई प्रत्यक्ष खतरा नदेखिएको प्रतिक्रिया दिएको छ ।

उत्तर कोरियाली दाबीअनुसार, क्लस्टर वारहेड जडित छोटो दूरीका मिसाइलहरूले ६.५ देखि ७ हेक्टर क्षेत्रभित्रका लक्ष्यहरूलाई ‘उच्च घनत्वको आक्रमण’ मार्फत पूर्ण रूपमा ध्वस्त पार्न सक्ने क्षमता राख्छन् । यस्तो डिजाइन रूसी इस्कान्डर मिसाइल प्रणालीसँग मिल्दोजुल्दो रहेको पनि जनाइएको छ, जसले मिसाइल प्रतिरक्षा प्रणाली छल्ने उद्देश्य राख्छ ।

दक्षिण कोरियाका संयुक्त सेना प्रमुखका प्रवक्ता जाङ डो–यङले भने यी प्रक्षेपणहरूको विस्तृत विश्लेषण भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार अमेरिका र जापानसँग समन्वय गरी सूचना आदानप्रदान भइरहेको छ, तर उत्तर कोरियाले दाबी गरेअनुसारको प्राविधिक प्रगतिको स्तरबारे तत्काल निष्कर्ष निकाल्न सकिने अवस्था नरहेको बताउनुभयो ।

यी गतिविधिले उत्तर र दक्षिण कोरियाबीचको सम्बन्ध थप चिसिएको सङ्केत दिएका छन् । प्योङयाङले सियोलको वर्तमान सरकारप्रति कटु टिप्पणी गर्दै आफूहरूका लागि दक्षिण कोरिया ‘सबैभन्दा शत्रुतापूर्ण राष्ट्र’ नै रहने दोहोर्‍याएको छ । उत्तर कोरियाका विदेश मन्त्रालयका प्रथम उपमन्त्री जाङ कुम चोलले वार्ता पुनः सुरु गर्ने प्रयासलाई व्यङ्ग्य गर्दै कडा अभिव्यक्ति दिनुभयो ।

उत्तर कोरियाली नेता किम जोङ–उनले सन् २०१९ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको आणविक वार्ता असफल भएपछि वासिङ्टन र सियोलसँगको कूटनीतिक संवाद प्रायः बन्द गर्नुभएको थियो । त्यसयता उहाँले आणविक क्षमता भएका मिसाइलहरूको विकासलाई तीव्र बनाउँदै अमेरिका र उसका सहयोगीहरूलाई लक्षित रणनीति अघि बढाइरहनुभएको छ ।

यसैक्रममा, उत्तर कोरियाले आफ्नो कूटनीतिक पहुँच विस्तार गर्ने प्रयास पनि जारी राखेको छ । सरकारी सञ्चारमाध्यमका अनुसार चिनियाँ विदेशमन्त्री वाङ यी दुई दिने भ्रमणका लागि बिहीबार प्योङयाङ पुग्ने कार्यक्रम रहेको छ, जसलाई क्षेत्रीय शक्ति सन्तुलनसँग जोडेर हेरिएको छ ।

Previous Post

पूर्वसभामुख महरासहित २८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Next Post

सम्झौताअघि सेना कायमः ट्रम्प

metakhabar

metakhabar

सम्बन्धित खबर

होर्मुज बन्दः विश्व बजारमा दबाब
अन्तर्राष्ट्रिय

इयुद्वारा हर्मुज आवागमनमा अनियन्त्रित स्वतन्त्रताको आग्रह

२७ चैत्र २०८२,
नेपाल पर्यटन बोर्डले ७० प्रतिशत बजेट अन्तरराष्ट्रिय प्रवर्द्धनमा खर्च गर्ने
आर्थिक

मध्यपूर्व सङ्कटले पर्यटन क्षेत्रमा पार्ने असर न्यूनीकरणका वैकल्पिक रणनीतिबारे छलफल

२७ चैत्र २०८२,
भावी सैनिक नेतृत्वसँग जोडिएको बढुवा, उपरथी मगर बन्न सक्छन् प्रधानसेनापति
समाचार

भावी सैनिक नेतृत्वसँग जोडिएको बढुवा, उपरथी मगर बन्न सक्छन् प्रधानसेनापति

२७ चैत्र २०८२,
उपसभामुख चयन आज : लामा र ठाकुरबीच प्रतिस्पर्धा, निर्णय रास्वपाको समर्थनमा निर्भर
समाचार

उपसभामुख चयन आज : लामा र ठाकुरबीच प्रतिस्पर्धा, निर्णय रास्वपाको समर्थनमा निर्भर

२७ चैत्र २०८२,
वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
समाचार

वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

२७ चैत्र २०८२,
राष्ट्रपतिले आज संसदमा सम्बोधन गर्ने
समाचार

राष्ट्रपतिले आज संसदमा सम्बोधन गर्ने

२७ चैत्र २०८२,
Load More
Next Post
ग्रिनल्याण्डका विषयमा असहयोग गर्ने देशहरूमाथि थप भन्सार शुल्क लगाउने ट्रम्पको धम्की

सम्झौताअघि सेना कायमः ट्रम्प

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In