• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    आलेखः सर्पदंशको बढ्दो सन्त्रास

    आलेखः सर्पदंशको बढ्दो सन्त्रास

    एआई डेटिङ एपबाट २६५ जोडीको गरे विवाह

    एआई डेटिङ एपबाट २६५ जोडीको गरे विवाह

    चितवनमा निर्वाचनको तयारी तीव्र

    चितवन जिल्लाका अधिकांश अस्पतालमा बहिरङ्ग सेवा बन्दः एघार हजार बिरामी प्रभावित

    फ्रान्स–स्पेनमा डढेलोको कहर, तीन लाखभन्दा बढी विस्थापित

    फ्रान्स–स्पेनमा डढेलोको कहर, तीन लाखभन्दा बढी विस्थापित

    इरान वार्ताप्रति ट्रम्प आशावादी

    इरान वार्ताप्रति ट्रम्प आशावादी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    आलेखः सर्पदंशको बढ्दो सन्त्रास

    आलेखः सर्पदंशको बढ्दो सन्त्रास

    एआई डेटिङ एपबाट २६५ जोडीको गरे विवाह

    एआई डेटिङ एपबाट २६५ जोडीको गरे विवाह

    चितवनमा निर्वाचनको तयारी तीव्र

    चितवन जिल्लाका अधिकांश अस्पतालमा बहिरङ्ग सेवा बन्दः एघार हजार बिरामी प्रभावित

    फ्रान्स–स्पेनमा डढेलोको कहर, तीन लाखभन्दा बढी विस्थापित

    फ्रान्स–स्पेनमा डढेलोको कहर, तीन लाखभन्दा बढी विस्थापित

    इरान वार्ताप्रति ट्रम्प आशावादी

    इरान वार्ताप्रति ट्रम्प आशावादी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

‘हेल्लो गृष्मा, तिम्रो एसइई कस्तो हुँदैछ ?’

metakhabar by metakhabar
२१ चैत्र २०८२,
0
‘हेल्लो गृष्मा, तिम्रो एसइई कस्तो हुँदैछ ?’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, २१ चैत : ‘हेल्लो गृष्मा, तिम्रो परीक्षा कस्तो हुँदै छ ?’ माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि घरबाट निस्कन लागेकी काठमाडौँको दरबार हाइस्कुलकी विद्यार्थी गृष्मा अधिकारीलाई भिडियो कलमा चासोपूर्वक सोध्ने व्यक्ति उनका प्राचार्य वा शिक्षक होइनन् । गृष्माका नातेदार वा अभिभावक पनि होइनन् । त्यसरी स्नेहपूर्वक चिन्ता राख्ने सामाजिक अभियन्ता याङजोम शेर्पाले गृष्मालाई मात्र होइन अरु धेरै एसइई विद्यार्थीलाई उनीहरुको परीक्षा र भविष्यको बाटोबारे सोधिरहनुभएको छ ।

याङजोमलाई यसरी हरेक वर्ष एसइईका विद्यार्थीलाई चासो राखेर परीक्षा तयारी कक्षा तथा प्रोत्साहन जगाउन तिनै विद्यार्थी र अभिभावकले प्रेरणा दिएका हुन् । याङजोमले आफूले सानो हुँदा त्यो दुर्गम गाउँमा पढ्नका लागि खेप्नु परेको सङ्घर्ष र त्यसबाट अहिले राष्ट्रियस्तरमा चिनिएको व्यक्तित्व प्रेरणाको स्रोत हो । सानैमा आमा गुमाएकी याङजोमले अहिलेका नानीबाबुले आफूले जस्तो अभिभावकविहीन हुनु नपरोस् भन्ने कुराले पनि प्रेरणा पाएर उत्प्रेरणा दिन थाल्नुभएको हो । इमानदार भएर मेहिनतका साथ निरन्तर कर्म गरेमा माथिल्लो तहमा पुग्न सकिन्छ भन्ने उदाहरण उहाँले विद्यार्थीमाझ पु¥याउनुभएको छ ।

याङजोमको घर ताप्लेजुङको दुर्गम तर सुन्दर गाउँ फत्ताङलुङको घुन्सामा हो, जहाँबाट जिल्ला सदरमुकाम फुङलिङ पुग्न त्यसबेला पैदलमा सात दिन लाग्थ्यो । पाँचौँ सन्तान जन्माउने बेलामा उपचार अभावमा कठिन पीडा भोगेर याङजोमकी आमाको दुःखद् निधन भएको थियो ।

आमाको निधनपछि याङजोमले तेह्रथुमको आठ्राई सङ्क्रान्ति बजारस्थित फुपुको होटेलमा सघाउँदै विद्यालय शिक्षा पढ्नुभएको थियो । अहिले उहाँ विद्यालय तहका कैयौँ विद्यार्थीको शैक्षिक आमा बनेर विद्यालय–विद्यालय र भर्चुअल दुनियाँमा छाउनुभएको छ । सामाजिक सञ्जालमा याङजोमले विद्यार्थी भाइ बहिनीका लागि पढाइका कुराका साथै स्वास्थ्य, शिक्षा, अनुशासन र उत्प्रेरणामूलक खुराकहरु निरन्तर प्रवाह गरिरहनुभएको छ ।

केही वर्ष अघि गृह जिल्लाबाट एक आमाले शेर्पालाई फोन गरेर आफ्नो स्नातक गरेका छोरालाई जागिर लगाइदिन आग्रह गरेकी थिइन् । याङजोमले ती विद्यार्थी र आमालाई सँगै लिएर चिनेको एक कम्पनीका प्रमुखको भेट गराउनुभयो । ती प्रमुखले विद्यार्थीलाई उनले पढेका विषयमा प्रश्नहरु सोधे तर चार वर्ष पढेर प्रमाणपत्र पाएका ती विद्यार्थीको व्यावहारिक ज्ञान कमजोर पाइयो ।

पढेर जागिर नपाउने त छन् नै, माध्यमिक तहसम्म पढ्नै नपाउने बालबालिका पनि धेरै छन् । प्रमाणपत्र भएर जागिर नपाउने अनि गरिबी र विविध कारणले राम्रो पढ्न नसकेका विद्यार्थीका लागि निःशुल्क अनलाइन कक्षाको देशव्यापी अभियान लिएर तीन वर्षदेखि याङजोम शेर्पा विद्यार्थी, शिक्षक र अभिभावकमाझ पुग्नुभएको छ । यस अभियानको टोलीमा ३५ विषय विज्ञ शिक्षक जोडिएका छन् ।

भिडियो कलमा गृष्मा र उनकी आमा गीता अधिकारीले परीक्षा राम्रो हुँदै गएको तथा यसरी चासो राख्दा आफूहरुलाई खुसी लागेको प्रतिक्रिया दिएपछि याङजोमलाई थप ऊर्जा मिलेको छ । “मेरो सम्पति भनेकै विद्यार्थी र अभिभावकको खुसी हो । उहाँहरुको सफलताले हाम्रो अभियानको सार्थकता दिएको छ ।” याङजोमले भन्नुभयो, “हामीले एसइईका विद्यार्थीका लागि निःशुल्क अनलाइन कक्षा मात्रै चलाइनौँ, उत्प्रेरणा कक्षा पनि सञ्चालन गर्यौँ । यसको सकारात्मक प्रभाव परेको छ ।”

अघिल्ला वर्षमा उन्नती फाउण्डेशनले सुरु गरेको यो यात्रा अहिले घुन्सा फाउण्डेशनबाट एम्बिसन गुरुको प्राविधिक सहयोगमा सञ्चालित छ । विद्यालयमा भइरहेकाक कोचिङ कक्षाभन्दा यो अनलाइन कक्षा प्रभावकारी भएको विद्यार्थी, शिक्षक र अभिभावकले आफूहरुलाई प्रतिक्रिया दिएको याङजोमले बताउनुभयो ।

विसं २०८० मा ३० हजार विद्यार्थीबाट सुरु गरिएको निःशुल्क अनलाइन कक्षा २०८१ सालमा एक लाख ८१ हजार र २०८२ सालमा एक लाख ७२ हजार विद्यार्थी जोडिएका थिए । विषय विज्ञ र प्रविधिमा पोख्न शिक्षकले नेपाली र अङ्ग्रेजीमा माध्यममा निरन्तर अनलाइन कक्षा दिनुले विद्यार्थीका लागि यो ‘ब्रम्हास्त्र’ सावित हुने ठानिएको छ । गत वर्ष तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एसइई परीक्षामा ४८ प्रतिशत मात्रै विद्यार्थी सफल भइरहेको समस्यालाई सुधार्न दूरसञ्चार सेवा प्रदायक कम्पनीको सहयोगमा निःशुल्क अनलाइन कक्षा सञ्चालन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र सम्बद्ध निकायलाई आव्हान गर्नुभएको थियो ।

सरकारी निकायले दिएका अनलाइन कक्षाहरुको प्रभाव आमरुपमा पर्न नसकेका बेला सामुदायिकस्तरमा घुन्सा फाउण्डेशनले आफूलाई यस कार्यमा अग्रमोर्चामा प्रस्तुत गरेको छ । गतवर्ष अघिल्लो वर्षको तुलनामा झण्डै १३ प्रतिशतले परीक्षाफलमा सुधार आएको थियो ।

नेपाल ट्रष्टका सञ्चालक समिति सदस्य रहनुभएका याङजोमले यसवर्ष ३४ जिल्लामा ‘मोटिभेसनल क्लास’ दिँदा शैक्षिक सुधारका लागि थप अनुभव र ज्ञान मिलेको बताउनुभयो । यस्ता उप्रेरणामूलक कक्षामा आनी छोइङ डोल्मा जस्ता व्यक्तित्वलाई पनि प्रस्तुत गर्ने गरिएको छ ।

“विद्यार्थीलाई कक्षा कोठाको पर्खालभित्रको पढाइमा मात्रै सीमित राख्नुहुँदैन । वर्षभरि मेहिनत गरेर पढेको र बुझेका कुरा परीक्षामा तोकिएको समयभित्र निर्भयताका साथ प्रस्तुत गर्न सक्ने क्षमता विकास गर्नुपर्छ”, उहाँले भन्नुभयो, “हाम्रा अनलाइन कक्षा र भौतिकरुपमा गरिएकाका मोटिभेसन क्लासले विद्यार्थीमा त्यस प्रकारको मनोबल दिएको छ ।”

अभियन्ता याङजोम कुनै विद्यालयको कक्षामा पुगेर विद्यार्थीलाई सुरुमै भन्ने गर्नुहुन्छ, “नानीबाबहरु, तिमीहरुको आमा बुबा हुनुहुन्छ होला । हुनेहरु भाग्यमानी हुनुहुन्छ । हुने र नहुनेहरुका लागि म अर्की आमा हो । म तिमीहरुको शिक्षा र भविष्यलाई गोरेटोमा लैजान टेवा दिने एउटी आमा सम्झिए पनि हुन्छ । तिमीहरुको उज्ज्वल भविष्यका लागि हामी एउटा साहारा बन्न सक्छौँ, मेहिनत गर्ने त तिमीहरुले नै हो ।’’

राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले यही चैत १९ गतेदेखि २९ गते देशभर एकै पटक विगतमा झैँ यो परीक्षा सञ्चालन गरिरहेको छ । परीक्षाका लागि यस वर्ष पाँच लाख १२ हजार ४२१ विद्यार्थीले आवेदन दिएका थिए । परीक्षाका लागि देशभर एक हजार ९६६ परीक्षा केन्द्र निर्धारण गरिएका छन् ।

Previous Post

नर्सरीमा नयाँ पुस्ता, वार्षिक करोडौँको कारोबार

Next Post

प्रहरी ‘अप्रेसन: १८९ जना पक्राउ

metakhabar

metakhabar

सम्बन्धित खबर

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
फिचर-ब्यानर

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

१२ साउन २०८३,
आलेखः सर्पदंशको बढ्दो सन्त्रास
आर्थिक

आलेखः सर्पदंशको बढ्दो सन्त्रास

१२ साउन २०८३,
एआई डेटिङ एपबाट २६५ जोडीको गरे विवाह
फिचर-ब्यानर

एआई डेटिङ एपबाट २६५ जोडीको गरे विवाह

१२ साउन २०८३,
चितवनमा निर्वाचनको तयारी तीव्र
जीवन शैली

चितवन जिल्लाका अधिकांश अस्पतालमा बहिरङ्ग सेवा बन्दः एघार हजार बिरामी प्रभावित

१२ साउन २०८३,
फ्रान्स–स्पेनमा डढेलोको कहर, तीन लाखभन्दा बढी विस्थापित
फिचर-ब्यानर

फ्रान्स–स्पेनमा डढेलोको कहर, तीन लाखभन्दा बढी विस्थापित

१२ साउन २०८३,
इरान वार्ताप्रति ट्रम्प आशावादी
अन्तर्राष्ट्रिय

इरान वार्ताप्रति ट्रम्प आशावादी

१२ साउन २०८३,
Load More
Next Post
विदेश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ

प्रहरी ‘अप्रेसन: १८९ जना पक्राउ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In