• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, April 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड

    सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड

    पीडादेखि समाज परिवर्तनको अभियानसम्म, ‘बिर्सिएका नानीहरू’

    पीडादेखि समाज परिवर्तनको अभियानसम्म, ‘बिर्सिएका नानीहरू’

    विद्यार्थीलाई पढाइसँगै सीपमूलक तालिम

    विद्यार्थीलाई पढाइसँगै सीपमूलक तालिम

    महिला चेम्बरद्वारा अग्रणी महिला सम्मानित

    महिला चेम्बरद्वारा अग्रणी महिला सम्मानित

    कालीगण्डकी कोरिडोर : लार्जुङ र कैह्कुखोलामा मोटरेबल पुल निर्माण

    कालीगण्डकी कोरिडोर : लार्जुङ र कैह्कुखोलामा मोटरेबल पुल निर्माण

    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
२१ चैत्र २०८२,
0
महिला चेम्बरद्वारा अग्रणी महिला सम्मानित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, २१ चैत : राजनीति, न्याय, शिक्षा, समाजसेवा, कला, प्रशासन, पर्यटन, खेलकूद लगायतका क्षेत्रमा अतुलनीय योगदान पु¥याएवापत अग्रज महिलाहरूलाई विशेष सम्मान अर्पण गरिइएको छ ।

नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीका अवसरमा नेपाल महिला चेम्बरद्वारा आयोजित विशेष कार्यक्रममा प्रथम राष्ट्रपति रामवरण यादव, नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्स हीरक जयन्ती समारोह समितिका अध्यक्ष राजेशकाजी श्रेष्ठ र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले संयुक्त रुपमा विभिन्न क्षेत्रहरूमा ऐतिहासिक योगदान पु¥याएका महिलाहरूलाई विशेष सम्मान गर्नुभएको हो ।

आयोजक सस्थाद्वारा जारी विज्ञप्तिका अनुसार यसरी सम्मानितहुनेहरूमा प्रथम महिला सभामुख ओनसरी घर्ती मगर, प्रथम महिला मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, स्काउटिङ रामवदन जोशी, लैंगिक अधिकार विज्ञ चाँदनी जोशी, प्रथम महिला इञ्जिनियर शान्ति मल्ल, शिक्षाविद् अगाथा थापा, तत्कालीन प्रवेशिका परीक्षामा ‘बोर्ड’ प्रथम लुना भट्ट, प्रथम महिला ‘कमर्शियल पाइलट’ रक्षा राणा, उद्यमी श्यामबदन श्रेष्ठ, पद्मासना शाक्य, शान्ति चड्ढा र पर्यटन व्यवसायी श्रृजना राणा हुनुहुन्छ ।

यसैगरी लायन्स क्लव र रोटरी क्षेत्रमा मिलन थापा र जया राज्यलक्ष्मी शाह, पूर्व मुख्यसचिव लिलादेवी गड्तौला, अर्थशास्त्री डा पुष्पा श्रेष्ठ, कला तथा मनोरञ्जनतर्फ उर्मिला उपाध्याय गर्ग, अभिनेत्री भुवन चन्द, पूर्व प्रशासक उषा नेपाल, प्रहरी अधिकृत बिमला थापा शर्मा, पूर्व सचिव बिन्द्रा हाडा, उद्यमी भवानी राणा, नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर नीलम ढुंगाना तिम्सिना, रानु देवी अधिकारी, सानुनानी कंसाकारलाई सम्मान समर्पण गरिएको थियो ।
सोही अवसरमा रत्नेश्वरी श्रेष्ठ , ओलम्पियन संगिना वैद्य, दृष्टिविहीन शिक्षिका सीता ज्ञवाली, चेपाङ समुदायकी मनजू प्रजा, सामाजिक अभियन्ता अञ्जली देवी मास्के, प्रथम मिस नेपाल रुबी राणा शाह, चालक मच्छरीदेवी चित्रकार, टेम्पो चालक लक्ष्मी शर्मा, कलाकार स्नेहा श्रेष्ठ (इम्याजिन), बडिबिल्डर निर्मला महर्जन, कलाकार मनीषा कोइराला, पौराणिक व्यक्तित्व सीता (जानकी) र वैदिक दार्शनिक गर्गीलाई पनि विशेष रूपमा उक्त सम्मान समर्पण गरिएको थियो ।

कार्यक्रममा प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारी एवं प्रथम महिला प्रधानमन्त्री एवं प्रथम महिला प्रधानन्यायाधीश सुशीला कार्कीको अतुलनीय योगदानको स्मरण सहित सम्मान अर्पण गरिएको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै प्रथम महिला शासक नायब राजेन्द्र लक्ष्मी शाह, कान्तिराज्य लक्ष्मी देवी, योगमाया न्यौपाने, साहित्यकार बिष्णुकुमारी बाईवा ‘पारिजात’, राजीतिज्ञ शैलजा आचार्य,साधना प्रधान अधिकारी,सहाना प्रधान, मिडियाकर्मी कृष्णा ताम्राकार, गायिका सनुमाया गुरुङ, अधिवक्ता सुशीला सिंह, राजनीतिज्ञ इन्दिरा श्रेष्ठ, समाजसेवी अमृता कठायत,राजनीतिज्ञ द्वारिकादेवी ठकुरानी, चन्द्रकला किरण महत, लोकसेवा आयोग सदस्य उमा पाण्डे, राजदूत बिन्देश्वरी शाह, संसद उपाध्यक्ष कमल राणा, शिक्षाविद् अंगुरबाबा जोशी र पर्यटन उद्यमी अम्बिका श्रेष्ठ, शिक्षाविद् चन्द्रकान्ता देवी मल्ल, सगरमाथा आरोही पासाङ ल्हामु शेर्पा, व्यावसायिक प्रशिक्षक सुनिता मलेकु, सेयर बजारकी सुचित्रा खनाल, चालक रामदेवी श्रेष्ठको योगदानको स्मरण गर्दै मरणोपरान्त सम्मान समर्पण गरिएको थियो । स्वर्गीय व्यक्तित्वहरूका परिवारजनमार्फत सम्मान अर्पण गरिएको विज्ञप्तिमा जनाइएको छ ।

महिला चेम्बरकी अध्यक्ष श्रेष्ठ सम्मानित

सोही अवसरमा नेपाल महिला चेम्बर सम्बद्ध रही हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट सांसद बन्न सफल हुनु हुने लीमा अधिकारी, बसुमाया तामाङ, नीतिमा कार्की भण्डारी र इन्दिरा राना मगरलाई पनि सम्मान गरिएको थियो । साथै कार्यक्रममा नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठलाई समेत सम्मान गरिएको थियो ।

सो अवसरमा प्रथम राष्ट्रपति यादवले विभिन्न क्षेत्रका अग्रणी तथा पथप्रदर्शक महिलाहरुलाई सम्मान गर्न पाउँदा आफूलाई गौरव अनुभूति भएको बताउनुभयो । उहाँले भन्नुभयो, “आज सम्मानित व्यक्तित्वहरुबाट सिंगो समाज र नयाँ पुस्तालाई हौसला प्रदान हुँदै आएको छ । ”
नेपाल चेम्बर अफ कमर्स हीरक जयन्ती समारोह समितिका अध्यक्ष श्रेष्ठले २००७ सालमा स्थापना भएको सस्थाको हीरक जयन्तीका अवसरमा नेपाल महिला चेम्बरले अग्रणी महिला सम्मान कार्यक्रम मार्फत समाजलाई सम्मानित महिलाहरूको जस्तै ओज हासिल गरेको बताउनुभयो ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष अग्रवालले नेपाल चेम्बर अफ कमर्सको इतिहास गर्विलो रहेको उल्लेख गर्दै यसको प्रतिष्ठा र गरिमालाई यस्ता कार्यक्रमले अझ उचो पारेको छ भन्नुभयो ।

नेपाल महिला चेम्बरकी अध्यक्ष श्रेष्ठले देशका अग्रणी महिलाहरुको योगदानको कदर स्वरुप सम्मान कार्यक्रम आयोजना गरिएको जनाउनुहुँदै महिला चेम्बरले महिला सशक्तिकरण, उद्यमशीलता विकास जस्ता विषयलाई जोड दिँदै आएको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो “यस्ता सम्मान कार्यक्रमले महिलाहरूको योगदानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा थप उजागर गर्न सहयोग गर्ने छ । ” कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले धन्यवाद ज्ञापन गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

Previous Post

कालीगण्डकी कोरिडोर : लार्जुङ र कैह्कुखोलामा मोटरेबल पुल निर्माण

Next Post

विद्यार्थीलाई पढाइसँगै सीपमूलक तालिम

metakhabar

metakhabar

सम्बन्धित खबर

सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड
आवाज

सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड

२१ चैत्र २०८२,
पीडादेखि समाज परिवर्तनको अभियानसम्म, ‘बिर्सिएका नानीहरू’
आवाज

पीडादेखि समाज परिवर्तनको अभियानसम्म, ‘बिर्सिएका नानीहरू’

२१ चैत्र २०८२,
विद्यार्थीलाई पढाइसँगै सीपमूलक तालिम
आर्थिक

विद्यार्थीलाई पढाइसँगै सीपमूलक तालिम

२१ चैत्र २०८२,
कालीगण्डकी कोरिडोर : लार्जुङ र कैह्कुखोलामा मोटरेबल पुल निर्माण
आर्थिक

कालीगण्डकी कोरिडोर : लार्जुङ र कैह्कुखोलामा मोटरेबल पुल निर्माण

२१ चैत्र २०८२,
इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए
अन्तर्राष्ट्रिय

इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार

२१ चैत्र २०८२,
रास्वापाले विदेश नीतिमा ठुलो परिवर्तन गर्दैन, भारत, चीन र अमेरिकासँग मित्रवत् र सुमधुर सम्बन्ध रहन्छ : शिशिर खनाल
आर्थिक

मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खनाल

२१ चैत्र २०८२,
Load More
Next Post
विद्यार्थीलाई पढाइसँगै सीपमूलक तालिम

विद्यार्थीलाई पढाइसँगै सीपमूलक तालिम

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In