• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एकै महिना भित्रियो १ खर्ब ६५ अर्ब ३० करोड रेमिट्यान्स, बन्यो ऐतिहासिक रेकर्ड

    राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै

    पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै

    धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह

    बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

    बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    ट्रम्पद्वारा ‘स्ट्रेट अफ होर्मुज’लाई अमेरिकी क्षेत्रका रूपमा देखाउने नक्सा सार्वजनिक

    अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

    अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

    पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा

    पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘बालश्रम मुक्त गर्न स्थानीय तहको भूमिका महत्त्वपूर्ण’

metakhabar by metakhabar
१९ चैत्र २०८२,
0
‘बालश्रम मुक्त गर्न स्थानीय तहको भूमिका महत्त्वपूर्ण’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लुम्बिनी।सरोकारवालाहरुले बालश्रम मुक्त गर्न स्थानीय तहको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको आयोजनामा रुपन्देहीका लुम्बिनी सांस्कृतिक नगरपालिका र गैडहवा गाउँपालिकामा आयोजित ‘बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यविधि कार्यान्वयन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले बालश्रम मुक्त गर्न यससम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् ।

सहभागीहरूले बालश्रम मुक्त समाज निर्माणका लागि जनचेतना अभिवृद्धि, अनुगमन प्रणाली सुदृढीकरण र सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको धारणा राखेका थिए ।

कार्यक्रममा विभागका अधिकृत रामसुन्दर थापाले कार्यपत्र प्रस्तुत गर्दै नेपालको संविधान र विभिन्न कानुनले बालश्रम निवारण गर्न मार्गनिर्देश गरेको बताए । बालश्रमका १७ क्षेत्रमध्ये औद्योगिक र जोखिमपूर्णअन्तर्गत इँटा उद्योग, खानी क्षेत्र, भौतिक, पूर्वाधार निर्माण, यान्त्रिक वा रासायनिक क्षेत्र, जरी तथा बुट्टा भर्ने कामजस्ता क्षेत्र रहेको उनले बताए ।

यस्तै, अनौपचारिक र सेवा क्षेत्रअन्तर्गत यातायात क्षेत्र, मनोरञ्जन क्षेत्र (यौन शोषणसमेत), होटल तथा रेष्टुरेन्ट, सडक व्यापार र छिमेकी देशमा पुर्याई श्रममा लगाउने जस्ता क्षेत्र रहेको औँल्याइयो । कृषि र घरेलु श्रम, घरेलु श्रम, कृषि तथा पशुपालन, बाल भरिया, लागूपदार्थ सङ्कलन÷ओसारपसार, बुनाइ, जडीबुटी सङ्कलन र स्थानीय तहले तोकेका अन्य क्षेत्रसमेत रहेका त्यस अवसरमा बताइयो ।

कार्यपत्रमा बालश्रम मुक्त स्थानीय तह घोषया प्रक्रिया, मापदण्ड र घोषणाका मुख्य सूचकहरूबारे जानकारी गराउँदै विभागका अधिकृत थापाले कम्तीमा बालबालिकाको विद्यालय भर्ना दर कम्तीमा पनि ९५ प्रतिशत हुनुपर्ने र विद्यालय जाने उमेरका सबै बालबालिकाको भर्ना सुनिश्चित हुनुपर्ने बताए ।

यस्तै, बालिबालिका कुनै पनि नाबालकको जन्मसँगै स्थानीय तहमा जन्मेका सबै बालबालिकाको शत्प्रतिशत जन्मदर्ता र अभिलेखीकरण अद्यावधिक तथ्याङ्क अनिवार्य हुनुपर्ने उनको भनाइ छ ।

तोकिएको ढाँचामा घरधुरी सर्वेक्षण गरी र प्रस्ताव तयार गरेर मन्त्रालयमा कार्यक्रम सञ्चालनका लागि प्रस्ताव पठाउनुपर्ने र प्रस्ताव स्वीकृत भएपछि छनोट भएका तहले पाँच लाखसम्मको अनुदान पाउने र लक्षित कार्यक्रमहरू शीर्षक सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ ।

यसैगरी, अनुगमन समितिले सूचक पूरा भएको प्रतिवेदन दिएपछि स्थानीय तहको कार्यपालिकाको निर्णयबाट बालश्रम मुक्त घोषणा गरिने कार्यविधिमा व्यवस्था गरिएको छ । यसरी स्थानीय पालिकाले कार्यपालिकाबाट बालश्रम मुक्त घोषणा गर्ने निर्णय गरेपछि उक्त घोषणा कार्यक्रम सञ्चालनका लागि तीन लाख र घोषणा भहसकेपछि दिगोपनाका लागि दुई लाख अनुदान रकम उपलब्ध गराउने व्यवस्था रहेकासमेत कार्यक्रममा जानकारी दिइयो ।

Previous Post

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

Next Post

इण्डोनेसियामा ७.४ म्याग्निच्यूडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

metakhabar

metakhabar

सम्बन्धित खबर

एकै महिना भित्रियो १ खर्ब ६५ अर्ब ३० करोड रेमिट्यान्स, बन्यो ऐतिहासिक रेकर्ड
आर्थिक

राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै

३ भदौ २०८३,
पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै
कृषि

धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह

३ भदौ २०८३,
बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
फिचर-ब्यानर

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

३ भदौ २०८३,
अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो
अन्तर्राष्ट्रिय

अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

३ भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

ट्रम्पद्वारा ‘स्ट्रेट अफ होर्मुज’लाई अमेरिकी क्षेत्रका रूपमा देखाउने नक्सा सार्वजनिक

३ भदौ २०८३,
पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा
फिचर-ब्यानर

पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा

३ भदौ २०८३,
Load More
Next Post
इण्डोनेसियामा ७.४ म्याग्निच्यूडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

इण्डोनेसियामा ७.४ म्याग्निच्यूडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In