• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै

    धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह

    बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

    बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    ट्रम्पद्वारा ‘स्ट्रेट अफ होर्मुज’लाई अमेरिकी क्षेत्रका रूपमा देखाउने नक्सा सार्वजनिक

    अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

    अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

    पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा

    पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा

    मजपोक–नेटा–अर्मन–किमचौर–ताराखोला सडक ः स्तोन्नती गर्न पाँच करोड सुनिश्चित

    मजपोक–नेटा–अर्मन–किमचौर–ताराखोला सडक ः स्तोन्नती गर्न पाँच करोड सुनिश्चित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जलस्रोत संरक्षणसँगै पर्यटन प्रवर्द्धनः थलथले पोखरी नयाँ गन्तव्य

metakhabar by metakhabar
१८ चैत्र २०८२,
0
जलस्रोत संरक्षणसँगै पर्यटन प्रवर्द्धनः थलथले पोखरी नयाँ गन्तव्य
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भोजपुर। जलस्रोत संरक्षण र पर्यटन प्रवर्द्र्धनलाई सँगै अघि बढाउने उद्देश्यका साथ भोजपुरको हतुवागढी गाउँपालिका–१ मा अवस्थित थलथले पोखरीको संरक्षण तथा स्तरोन्नति गरिएको छ । प्राकृतिक स्रोतको दीगो व्यवस्थापन गर्दै स्थानीय आर्थिक विकासमा टेवा पु¥याउने लक्ष्यसहित गाउँपालिकाले यो पहल अघि बढाएको हो ।

वर्षौंदेखि स्थानीयका लागि पानीको महत्वपूर्ण स्रोतका रूपमा रहेको थलथले पोखरी पछिल्लो समय संरक्षण अभावका कारण जीर्ण बन्दै गएको थियो । पोखरी वरपर झारपात बढ्नु, संरचना कमजोर बन्दै जानु तथा पानीका मुहानहरू जोखिममा पर्न थालेपछि यसको संरक्षण गरिएको हो । पोखरीको आवश्यकतालाई मध्यनजर गर्दै वडा कार्यालय र गाउँपालिकाको साझेदारीमा संरक्षण कार्य सुरु गरिएको हो ।

पोखरीभन्दा तल रहेका पानीका मुहानहरूको संरक्षणलाई विशेष प्राथमिकतामा राखिएको छ । ती मुहानहरू स्थानीय बासिन्दाको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका छन्, जसले खानेपानी र सिँचाइको प्रमुख आधारका रूपमा काम गर्दै आएका छन् । मुहान जोगाउने उद्देश्यले पोखरी क्षेत्र वरपर सरसफाइ, माटो कटान नियन्त्रण, संरचनागत सुधारका काम गरिएको वडाध्यक्ष कुमार विष्टले जानकारी दिनुभयो ।

वडाध्यक्ष विष्टका अनुसार वडा कार्यालय र गाउँपालिकाको करिब रु सात लाख ५० हजारको लगानीमा पोखरी संरक्षण गरिएको हो । “हामीले जलस्रोत संरक्षणलाई पहिलो प्राथमिकतामा राखेका छौँ,” वडाध्यष विष्टले भन्नुभयो, “यससँगै पर्यटन विकासलाई जोडेर स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने र आर्थिक गतिविधि बढाउने लक्ष्य पनि लिएका छौँ ।”

थलथले पोखरी जोर आहल–संखामचुली पदमार्ग नजिकै पर्ने भएकाले यसको रणनीतिक महत्व अझ बढेको छ । पछिल्लो समय यो पदमार्ग आसपासका क्षेत्रहरूमा आन्तरिक पर्यटकको आकर्षण बढ्दै गइरहेको सन्दर्भमा थलथले पोखरीलाई सोही मार्गको महत्वपूर्ण गन्तव्यका रूपमा विकास गर्न थालिएको हो । पदयात्रामा निस्कने पर्यटकका लागि यो स्थान विश्राम, अवलोकन र प्राकृतिक सौन्दर्यको अनुभूति लिन उपयुक्त स्थल बन्ने विश्वास गरिएको छ ।

पोखरी वरपरको हरियाली, शान्त वातावरण, चिसो हावा र प्राकृतिक दृश्यावलोकनले यस क्षेत्रलाई विशेष बनाएको छ । संरक्षणपछि पोखरीको स्वरूप आकर्षक बनेसँगै फोटो खिच्ने, घुमफिर गर्ने तथा समय बिताउने स्थानका रूपमा यसको सम्भावना बढेको स्थानीयवासी बाचिधन राईले बताउनुभयो । उचित प्रचारप्रसार गर्न सकेमा थलथले पोखरी आन्तरिक पर्यटनको नयाँ केन्द्र बन्न सक्ने उहाँको भनाइ छ । पोखरी संरक्षणसँगै पानीको स्रोत सुरक्षित भएकाले वातावरणीय सन्तुलन कायम राख्न सहयोग पुगेको स्थानीयको भनाइ छ ।

गाउँपालिकाले आगामी दिनमा यस क्षेत्रलाई थप व्यवस्थित र आकर्षक बनाउन विभिन्न योजना अघि बढाउने गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो । स्थानीय समुदायको सहभागितामा संरक्षण र प्रवर्द्धनलाई निरन्तरता दिने उहाँको भनाइ छ । प्राकृतिक मुहानहरुको संरक्षणको लागि गाउँपालिकाले एक टोल एक पोखरीको अवधारणा अनुसार काम गरिरहेको अध्यक्ष राईले बताउनुभयो । यहाँको प्राकृतिक स्रोतको संरक्षण र पर्यटन प्रवर्द्धनलाई एकीकृत रूपमा अघि बढाइएको छ । थलथले पोखरीको संरक्षणले केवल एक जलस्रोत जोगाउने मात्र नभई सामाजिक र पर्यावरणीय विकासमा सकारात्मक प्रभाव पार्ने स्थानीयको भनाइ छ ।

Previous Post

विभिन्न प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने

Next Post

अमेरिकामा पेट्रोलको मूल्य प्रति ग्यालन ४ डलर नाघ्यो, सन् २०२२ यताकै उच्च

metakhabar

metakhabar

सम्बन्धित खबर

पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै
कृषि

धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह

३ भदौ २०८३,
बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
फिचर-ब्यानर

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

३ भदौ २०८३,
अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो
अन्तर्राष्ट्रिय

अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

३ भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

ट्रम्पद्वारा ‘स्ट्रेट अफ होर्मुज’लाई अमेरिकी क्षेत्रका रूपमा देखाउने नक्सा सार्वजनिक

३ भदौ २०८३,
पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा
फिचर-ब्यानर

पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा

३ भदौ २०८३,
मजपोक–नेटा–अर्मन–किमचौर–ताराखोला सडक ः स्तोन्नती गर्न पाँच करोड सुनिश्चित
आर्थिक

मजपोक–नेटा–अर्मन–किमचौर–ताराखोला सडक ः स्तोन्नती गर्न पाँच करोड सुनिश्चित

३ भदौ २०८३,
Load More
Next Post
अमेरिकामा पेट्रोलको मूल्य प्रति ग्यालन ४ डलर नाघ्यो, सन् २०२२ यताकै उच्च

अमेरिकामा पेट्रोलको मूल्य प्रति ग्यालन ४ डलर नाघ्यो, सन् २०२२ यताकै उच्च

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In