• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सांसदद्वारा मानव तस्करी, महिला हिंसा, वैदेशिक रोजगारी र धर्मान्तरणबारे सरकारको ध्यानाकर्षण

    सांसदद्वारा मानव तस्करी, महिला हिंसा, वैदेशिक रोजगारी र धर्मान्तरणबारे सरकारको ध्यानाकर्षण

    स्वास्थ्य बिमा र निजी बजारका औषधि समान गुणस्तरका, परीक्षणले देखायो कुनै भिन्नता छैन

    स्वास्थ्य बिमा र निजी बजारका औषधि समान गुणस्तरका, परीक्षणले देखायो कुनै भिन्नता छैन

    रास्वपाको नयाँ विधान प्रस्ताव: परिवारवाद र नातावाद पूर्ण रूपमा निषेध गर्ने व्यवस्था

    रास्वपाको नयाँ विधान प्रस्ताव: परिवारवाद र नातावाद पूर्ण रूपमा निषेध गर्ने व्यवस्था

    कांग्रेसको निर्देशन : जनप्रतिनिधिले आजै सदस्यता अद्यावधिक गर्नुपर्ने, नत्र महाधिवेशनमा सहभागिता नपाउने

    कांग्रेसको निर्देशन : जनप्रतिनिधिले आजै सदस्यता अद्यावधिक गर्नुपर्ने, नत्र महाधिवेशनमा सहभागिता नपाउने

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’

    सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

संविधानसभापछि सिंहदरबार फर्कंदै संसद्

metakhabar by metakhabar
११ चैत्र २०८२,
0
संविधानसभापछि सिंहदरबार फर्कंदै संसद्
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ,  मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर बस्दै आएको संसद् अधिवेशन १७ वर्षपछि सिंहदरबारमै बस्न लागेको छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनपछि संसद् बैठक अब सिंहदरबारस्थित निर्माणाधीन आफ्नै भवनमा बस्न लागेको हो । सोही भवनमा प्रतिनिधिसभाका नवनिर्वाचित २७५ सदस्यको शपथ यही चैत १२ गते दिउँसो २ बजेका लागि तय भएको छ ।

विसं २०६४ चैत २८ गते भएको निर्वाचनबाट ६०१ सदस्यीय संविधानसभा गठन भएपछि पुरानो संसद् (ग्यालरी बैठक) भवन साँघुरो भएकाले संसद्को अधिवेशन नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा बस्दै आएको थियो । संविधानसभा अघिसम्म भने संसद् बैठक सिंहदरबारस्थित पुरानो संसद् (ग्यालरी बैठक) भवनमा बस्दै आएको थियो । विसं २०१६ देखि प्रारम्भ भएको नेपालको संसदीय इतिहास त्यहीँ भवनबाट सुरु भएको थियो ।

गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा आगलागीबाट बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रको भवन ध्वस्त भएको थियो । राष्ट्रियसभाको बैठक भने यसअघि गत माघ ४ गतेदेखि नै अस्थायी रुपमा सिंहदरबारस्थित कृषि समितिको बैठक कक्षमा बस्दै आएको छ ।

सङ्घीय संसद सचिवालयले संविधानसभा बैठकका लागि २०६५ जेठदेखि भाडा र कर्मचारी परिचालनसहित वार्षिक रु पाँच करोड ६० लाख तिर्ने गरी अन्तरराष्ट्रिय सम्मेलन केन्द्र विकास समितिसँग सम्झौता गरेको थियो । समितिका वरिष्ठ कार्यक्रम संयोजक दीपेन्द्रविक्रम सिंहका अनुसार उक्त भाडा प्रत्येक वर्ष १० प्रतिशतले वृद्धि भई पछिल्लो समय गत असोजसम्म पुग्दा वार्षिक रु १६ करोड ५० लाख पुगेको थियो ।

सचिवालयले संसदीय गतिविधिका लागि समितिको १५३ रोपनी क्षेत्रफलमा रहेका मुख्य सभा हलसहित आठ विभिन्न हल, विशिष्ट कक्ष, पार्किङ, बगँैचालगायत प्रयोग गर्दै आएको संयोजक सिंहले बताउनुभयो । जेनजी आन्दोलनपछि संसद् सचिवालयले सूचना प्रकाशित गरी गत असोजदेखि एकतर्फी रुपमा उक्त सम्झौता रद्द गरेको छ ।

तत्काल संसद् बैठक सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको मुख्य हल निर्माण हुन केही समय लाग्ने भएपछि सङ्घीय संसद् सचिवालयले बहुउद्देश्यीय हल तत्कालका लागि प्रयोग गर्ने जनाएको छ । सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले शपथ ग्रहण र प्रारम्भिक बैठकका लागि वैकल्पिक हलको व्यवस्था गरिएको जानकारी दिनुभयो । मुख्य हल तयार हुन केही समय लाग्ने भएपछि तत्कालका लागि वैकल्पिक व्यवस्था गरिएको उहाँको भनाइ छ ।

निर्वाचन आयोगबाट अन्तिम मतपरिणाम सार्वजनिक भएपछि प्रतिनिधिसभा बैठक बोलाउने गरी तयारी थालिएको हो । त्यसका लागि प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ गराउनुहुने कार्यक्रम तय भएको छ ।

त्यसैगरी, ज्येष्ठ सदस्य केसीले यही चैत १२ गते प्रतिनिधिसभाका नवनिर्वाचित सबै सदस्यहरुलाई नयाँ संसद् भवनमा शपथ गराउनुहुने प्रवक्ता गिरिले बताउनुभयो । नेपालको संविधानको धारा, ९३ अनुसार राष्ट्रपतिले प्रतिनिधिसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र सङ्घीय संसद्को अधिवेशन आह्वान गर्नुपर्छ ।

नयाँ संसद् भवन सिंहदरबारस्थित पुतली बगैँचामा २०७६ असोज १ गते शिलान्यास गरिएको थियो । शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक तथा आयोजना निर्देशक रोशन श्रेष्ठका अनुसार भवनको अधिकांश काम सम्पन्न भइसकेको छ भने केही प्राविधिक काम बाँकी छ ।

विभागका अनुसार संसद् भवनको सिभिल निर्माणतर्फ करिब रु पाँच अर्ब ५० देखि ६० करोड हाराहारी खर्च हुने अनुमान छ भने ‘इन्टेरियर’ निर्माणका लागि थप रु दुई अर्ब ३४ करोड लागत रहेको छ । करिब १५१ रोपनीभन्दा बढी क्षेत्रफलमा निर्माण भइरहेको नयाँ संसद् भवन तयार भएपछि सङ्घीय संसद्का सम्पूर्ण गतिविधि यही नयाँ संरचनाबाट सञ्चालन हुनेछन् ।

यसमा प्रतिनिधिसभा र राष्ट्रियसभाका भवन, अतिविशिष्ट कक्ष र अन्य कार्यालयलगायत १२ भवन हुनेछन् । संसद् भवनभित्र मुख्य भवन आठ छन् । भवनभित्र ३५० सिट क्षमताको संयुक्त ‘लबी’ हुनेछ भने सानाठूला गरी १० संसदीय दलका कार्यालय हुनेछन् । साथै चार अतिरिक्त विशिष्ट कक्ष, दुई संसद् सचिवालय भवन, संसद् ‘लाइब्रेरी’लगायत संरचना निर्माण गरिएका छन् ।

Previous Post

पश्चिमी वायु सक्रिय, केही स्थानमा चट्याङसहित वर्षा हुने

Next Post

दासत्व पीडितहरूको स्मृति दिवस आज

metakhabar

metakhabar

सम्बन्धित खबर

सांसदद्वारा मानव तस्करी, महिला हिंसा, वैदेशिक रोजगारी र धर्मान्तरणबारे सरकारको ध्यानाकर्षण
समाचार

सांसदद्वारा मानव तस्करी, महिला हिंसा, वैदेशिक रोजगारी र धर्मान्तरणबारे सरकारको ध्यानाकर्षण

२७ जेष्ठ २०८३,
स्वास्थ्य बिमा र निजी बजारका औषधि समान गुणस्तरका, परीक्षणले देखायो कुनै भिन्नता छैन
समाचार

स्वास्थ्य बिमा र निजी बजारका औषधि समान गुणस्तरका, परीक्षणले देखायो कुनै भिन्नता छैन

२७ जेष्ठ २०८३,
रास्वपाको नयाँ विधान प्रस्ताव: परिवारवाद र नातावाद पूर्ण रूपमा निषेध गर्ने व्यवस्था
समाचार

रास्वपाको नयाँ विधान प्रस्ताव: परिवारवाद र नातावाद पूर्ण रूपमा निषेध गर्ने व्यवस्था

२७ जेष्ठ २०८३,
कांग्रेसको निर्देशन : जनप्रतिनिधिले आजै सदस्यता अद्यावधिक गर्नुपर्ने, नत्र महाधिवेशनमा सहभागिता नपाउने
फिचर-ब्यानर

कांग्रेसको निर्देशन : जनप्रतिनिधिले आजै सदस्यता अद्यावधिक गर्नुपर्ने, नत्र महाधिवेशनमा सहभागिता नपाउने

२७ जेष्ठ २०८३,
बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
फिचर-ब्यानर

बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

२७ जेष्ठ २०८३,
सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’
फिचर-ब्यानर

सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’

२७ जेष्ठ २०८३,
Load More
Next Post
दासत्व पीडितहरूको स्मृति दिवस आज

दासत्व पीडितहरूको स्मृति दिवस आज

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In