• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि ठेक्का तोडियो

    पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

    मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर

    मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर

    नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका

    नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका

    ३० हजार किमि उड्ने चराको सङ्कट

    ३० हजार किमि उड्ने चराको सङ्कट

    त्रिभुवन र पोखरा विमानस्थलको प्रमुख फेरिए

    नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

    स्वर्ग जस्तै अनूभूति गराउने हेभन डाँडा

    वैज्ञानिक वन कार्यविधि खारेज भएपछि नीतिगत अन्यौलमा सुदूरपश्चिमका वन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
९ चैत्र २०८२,
0
३० हजार किमि उड्ने चराको सङ्कट
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पृथ्वीको एक छेउबाट अर्को छेउसम्म हरेक वर्ष करिब ३० हजार किलोमिटर उडान भर्ने अद्भुत शोरबर्ड प्रजाति हड्सनियन गोडविट अहिले अस्तित्वकै सङ्कटमा पुगेको छ । जलवायु परिवर्तनदेखि मानव गतिविधिसम्मका कारण यसको सङ्ख्या चार दशकमा ९५ प्रतिशतले घटेको तथ्यले विश्व संरक्षण प्रयासमाथि गम्भीर प्रश्न खडा गरेको छ ।

आर्कटिकबाट दक्षिण अमेरिकाको पुछार प्याटागोनियासम्मको कठिन यात्रा गर्दै फेरि फर्किने यो चरालाई विश्वकै असाधारण यात्रु प्रजातिमध्ये एक मानिन्छ । तर बदलिँदो वातावरणीय अवस्थाले यसको बाँच्ने आधार नै कमजोर बन्दै गएको वैज्ञानिकहरू बताउँछन् ।

ब्राजिलमा सोमबारदेखि सुरु हुने आप्रवासी प्रजातिको संरक्षणसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि (सिएमएस) को बैठकमा हड्सनियन गोडविटलाई अन्तर्राष्ट्रिय संरक्षण आवश्यक पर्ने ४२ प्रजातिको सूचीमा राखिएको छ । यस सूचीमा ह्यारी पोटरमा देखाइने हिउँ पर्ने उल्लू, धारीदार हाइना र ह्यामरहेड शार्कजस्ता अन्य जोखिममा रहेका जीवहरू पनि समावेश छन् ।

म्यासाचुसेट्स एम्हस्र्ट विश्वविद्यालयका पारिस्थितिकीविद् नाथन सेनरका अनुसार प्रवासी चराहरूले ‘छिटो र नाटकीय गिरावट’ को सामना गरिरहेका छन् । उहाँले विगत २० वर्षदेखि यस प्रजातिको अध्ययन गर्दै आउनुभएको छ । उहाँका अनुसार गोडविटले एकै पटकमा ११ हजार किलोमिटरसम्म बिना रोकटोक उड्न सक्छ, जहाँ उसले खान, पिउन वा आराम गर्नसमेत पाउँदैन ।

तर यस्तो ‘महाकाव्य उडान’ सफल बनाउन यात्राको हरेक चरणमा पर्याप्त र भरपर्दो खाद्य स्रोत आवश्यक पर्छ । अहिले यही पूर्वानुमानयोग्यता बिग्रँदै गएको छ । आर्कटिक क्षेत्रमा वसन्तको समय परिवर्तन हुँदा बच्चा हुर्किने समय र कीराहरूको उपलब्धताबीच असन्तुलन देखिएको छ, जसले चराको जीवनचक्रमा असर पारेको छ ।

अझै किन गोडविटहरू अघिल्ला वर्षको तुलनामा ढिलो बसाइँ सर्ने थालेका छन् भन्ने रहस्य पनि वैज्ञानिकहरूका लागि चुनौती बनेको छ । सेनरका अनुसार या त उनीहरूले प्रयोग गर्ने प्राकृतिक सङ्केतमा परिवर्तन आएको छ, वा उनीहरूको तयारी प्रक्रियामा समस्या देखिएको छ ।

दक्षिणी चिलीमा सालमन र ओइस्टर खेती विस्तार हुँदा तटीय क्षेत्रहरूमा मानव गतिविधि बढेको छ, जसले चराले खाने स्थानहरूमा असर पारेको छ । उता अमेरिकामा खेती प्रणाली परिवर्तन हुँदा सिमसार क्षेत्र घट्दै गएका छन्, जसले गोडविटलाई आराम र आहारका लागि उपयुक्त स्थान खोज्न कठिन बनाएको छ ।
विशेषज्ञहरूका अनुसार यो समस्या केवल एक प्रजातिमा सीमित नभई धेरै प्रवासी प्रजातिहरूको साझा सङ्कटको प्रतिनिधि हो । ब्राजिलको वातावरणीय निकाय इबामाका प्रमुख रोड्रिगो अगोस्टिन्होले जलवायु परिवर्तनले ‘प्राकृतिक समयचक्रमा निर्भर प्रजातिहरूलाई गम्भीर असर’ पारिरहेको बताउनुभयो ।

सिएमएस बैठकमा सहभागी देशहरूलाई जोखिममा रहेका प्रजातिहरूको संरक्षण, बासस्थान जोगाउने, आप्रवासनमा अवरोध हटाउने र अन्तरदेशीय सहकार्य बढाउने कानूनी दायित्व हुन्छ । तर हालैको प्रतिवेदनअनुसार सूचीबद्ध प्रजातिमध्ये ४९ प्रतिशतको सङ्ख्या अझै घटिरहेको छ, जुन दुई वर्षअघिको तुलनामा बढी हो ।

सिएमएसकी कार्यकारी सचिव एमी फ्रेन्केलका अनुसार विशेषगरी गोडविटजस्ता चराहरूको अवस्था झन् खराब हुँदै गएको छ । उहाँले माछा प्रजातिहरूको अवस्था अझ चिन्ताजनक रहेको उल्लेख गर्दै सूचीबद्ध ९७ प्रतिशत माछा लोप हुने जोखिममा रहेको बताउनुभयो ।

उहाँका अनुसार प्रवासी प्रजातिहरू परागण, कीरा नियन्त्रण र पोषक तत्त्वको ओसारपसारमार्फत स्वस्थ पारिस्थितिक प्रणालीका लागि अत्यन्त आवश्यक छन् ।

यसैबीच, केही सकारात्मक सङ्केत पनि देखिएका छन् । मध्य एसियाको ब्याक्ट्रियन हिरणको सङ्ख्या बढेकाले यसलाई उच्च जोखिम सूचीबाट हटाउने प्रस्ताव बैठकमा प्रस्तुत गरिएको छ ।

Previous Post

नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

Next Post

नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका

metakhabar

metakhabar

सम्बन्धित खबर

सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि ठेक्का तोडियो
आर्थिक

पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

९ चैत्र २०८२,
मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर
फिचर-ब्यानर

मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर

९ चैत्र २०८२,
नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका
आर्थिक

नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका

९ चैत्र २०८२,
त्रिभुवन र पोखरा विमानस्थलको प्रमुख फेरिए
आर्थिक

नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

९ चैत्र २०८२,
स्वर्ग जस्तै अनूभूति गराउने हेभन डाँडा
समाचार

वैज्ञानिक वन कार्यविधि खारेज भएपछि नीतिगत अन्यौलमा सुदूरपश्चिमका वन

९ चैत्र २०८२,
कुवेतमा अवरोध, नेपाली यात्रु उद्धारमा वैकल्पिक मार्ग-साउदी हुँदै गन्तव्यतर्फ प्रस्थान
समाचार

कुवेतमा अवरोध, नेपाली यात्रु उद्धारमा वैकल्पिक मार्ग-साउदी हुँदै गन्तव्यतर्फ प्रस्थान

९ चैत्र २०८२,
Load More
Next Post
नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका

नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In