काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आज ९शुक्रबार० नेपाली कथानक चलचित्र ‘ह्यारी कि प्यारी’ रिलिज भएको छ । डा। कपिल रिजालको निर्देशन रहेको चलचित्र आज रिलिज भएको हो ।
चलचित्रको मुख्य भूमिकामा जितु नेपाल र साम्राज्ञी आरएल शाह छन् । जितु र साम्राज्ञीसँगै विजय बराल र लक्ष्मी गिरी पनि चलचित्रमा मुख्य भूमिकामा छन् । जितुले लिड रोलमा अभिनय गरेको पनि यो पहिलो चलचित्र हो ।
डा। भोला रिजालको प्रोडक्सन कम्पनी बीआर प्रोडक्सनले २० वर्षपछि चलचित्र निर्माण गरेको हो । चलचित्रमा भोला रिजालको लगानी रहेको छ । निर्देशक कपिल रिजाल डा। भोला रिजालका छोरा हुन् । पेसाले कपिल डेन्टिस हुन् । उनको यो डेब्यु निर्देशन हो । कमेडी ड्रामा जानरामा सिनेमा निर्माण भएको छ ।













