• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि

    कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    रैथाने गाई सङ्कटमा

    रैथाने गाई सङ्कटमा

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्यमा वृद्धि

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि

    कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    रैथाने गाई सङ्कटमा

    रैथाने गाई सङ्कटमा

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्यमा वृद्धि

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

metakhabar by metakhabar
३ चैत्र २०८२,
0
मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मध्यपूर्वमा जारी युद्धका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित हुँदा पर्यटकीय राजधानी पोखरामा पर्यटक आगमन घटेको छ। अमेरिका–इजरायल र इरानबीच तनाव बढ्दै जाँदा दोस्रो मुख्य पर्यटकीययाममै पोखरासहित आसपासका गन्तव्यमा चहलपहल घटेको हो।

पोखरा आउने झन्डै ५० प्रतिशत विदेशी पर्यटकले आफ्नो ‘बुकिङ’ रद्द गरेको ट्रेकिङ ऐजिन्सिज एसोसियसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए। ‘मध्यपूर्वका देश भएर नेपाल आउने युरोप–अमेरिकाका पर्यटक हवाई असुरक्षा र उडान रद्द भएका कारण आउन सकेका छैनन्’, उनले भने, ‘यही अवस्था लम्बिँदै गएमा कोभिड–१९ महामारीमाजस्तै पर्यटन क्षेत्र ठप्प हुनसक्छ।’

पदयात्रामा आउने विदेशी पर्यटक न्यून हुँदा अन्नपूर्ण संरक्षण क्षेत्रलगायत गन्तव्यस्थल सुनसान बनेको उनको भनाइ छ। पदयात्रा पर्यटनका लागि चैत–वैशाखको याम उत्तम मानिन्छ। ‘यो विदेशी पर्यटक बढी आउने याम हो, यही बेला मध्यपूर्वमा चर्किएको युद्धले आवागमन प्रभावित बनेको छ, पर्यटकले बुकिङ रद्द गरिरहेका छन्’, अध्यक्ष आचार्यले भने।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले यस याममा दैनिक तीन हजार पाँच सयदेखि चार हजारसम्म पर्यटक नेपाल भित्रने गरेकामा मध्यपूर्वको तनावपछि एक हजार आठ सयदेखि दुई हजारसम्म मात्र पर्यटक आइरहेको बताए।

‘युरोप, अमेरिकालगायत पश्चिमा मुलुकबाट मध्यपूर्वका देश हुँदै नेपाल आउने पर्यटकको सङ्ख्यामा भारी गिरावट आएको छ’, उनले भने, ‘चाँडो युद्ध समाप्त भएर मध्यपूर्वको अवस्था सामान्य नबन्ने हो भने अझै ठूलो सङ्कट नेपालको पर्यटन क्षेत्रमा आउँछ।’

मध्यपूर्वमा जारी युद्धका कारण कतार र युएईजस्ता मुख्य ‘ट्रान्जिट हब’हरु प्रभावित हुँदा नेपालमा पर्यटक आगामन घटेको प्रमुख लामिछानेले बताए। नेपाल आउने पर्यटकमध्ये ७० देखि ७८ प्रतिशत पर्यटक पोखरा आउने गरेका छन्। ‘पर्यटन बोर्डले पछिल्लो समय दक्षिणपूर्वी एसियाली देशमा पर्यटन प्रवर्द्धनको सोच र योजना बनाइरहेको छ’, प्रमुख लामिछानेले भने, ‘यसले नेपालको पर्यटन बजारलाई अन्तरराष्ट्रिय जगत्मा थप विस्तार गर्छ।’

विदेशी मुलुकमा भइरहेको युद्ध र अशान्तिको असर नेपालको पर्यटन क्षेत्रमा पनि पर्ने भएकाले नयाँ ढङ्गले पर्यटन प्रवर्द्धनको योजना बनाउनुपर्ने उनको भनाइ छ। ‘दा भिन्ची’ टुर्स एन्ड ट्राभल्सका प्रमुख कार्यकारी अधिकृत राजु थापाले नेपाललाई हवाई मार्गबाट जोड्ने कतार, युएई, कुवेतलगायत देशको हवाई उडान प्रभावित हुँदा नेपाल आउने पर्यटकलगायत सर्वसाधारण समस्या परेको बताए।

‘असुरक्षाका कारण धमाधम उडानहरु रद्द भइरहेका छन्, वैकल्पिक हवाई मार्ग प्रयोग गर्दा महँगो शुल्क तिनुपर्ने बाध्यता छ’, उनले भने। नेपाल आउने अधिकांश पर्यटक र यात्रुले ‘प्रि–बुकिङ’ रद्द गरेको प्रमुख कार्यकारी अधिकृत थापाले बताए। युरोप, अमेरिकालगायत पश्चिमा देशबाट नेपाल आएका पर्यटकलाई सम्बन्धित देशमा फर्किन कठिन भइरहेको उनको भनाइ छ।

Previous Post

अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

Next Post

खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

metakhabar

metakhabar

सम्बन्धित खबर

दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?
आवाज

दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

८ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

८ असार २०८३,
कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि
आवाज

कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

८ असार २०८३,
सागम र लप्से गाउँमा खानेपानीको पहुँच
आवाज

सागम र लप्से गाउँमा खानेपानीको पहुँच

८ असार २०८३,
रैथाने गाई सङ्कटमा
आर्थिक

रैथाने गाई सङ्कटमा

८ असार २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्यमा वृद्धि

८ असार २०८३,
Load More
Next Post
खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In