• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

    फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

    किसानलाई सिँचाइको समस्या

    किसानलाई सिँचाइको समस्या

    रणनीतिक सडक निर्माणले गति लिन नसक्दा स्थानीय मारमा

    रणनीतिक सडक निर्माणले गति लिन नसक्दा स्थानीय मारमा

    अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो

    अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

धार्मिक महत्वको लुङबुक गुफा

metakhabar by metakhabar
१ चैत्र २०८२,
0
धार्मिक महत्वको लुङबुक गुफा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुस्ताङ। यहाँस्थित वारागुङ मुक्तिक्षेत्र–५ फल्याक र धाकार्रजुङ गाउँमाथिको उच्च लेकमा एक विशाल चट्टानरुपी पहाड छ । त्यही पहाडको तल्लो भागमा एक गुफा छ । यही गुफाको नाम हो– लुङबुक गुफा ।

अहिले यस गुफाको करिब ७० प्रतिशत भाग पूरै हिउँले ढाकिएको छ । बर्खायाममा सामान्य देखिने लुङबुक गुफाको स्वरुप हिउँदयाममा पूरै स्वरुप परिवर्तन हुन्छ । अक्सर यो लुङबुक गुफा बर्सेनि मङ्सिरदेखि चैत महिनासम्म हिउँको घुम्टोभित्र लुकेको हुन्छ । अझै भनौ पुस र माघमा गुफा अवलोकन गर्न जाने हो भने लुङबुक गुफाको सबै भागलाई हिउँले ढाकिदिएको हुन्छ ।

ऐतिहासिक तथा धार्मिक सम्पदाले भरिएको लुङबुक गुफालाई पुस र माघमा विशाल पहाडको उचाइबाट फेदैसम्म सेताम्मे हिउँको बरफका ढिस्का ढिस्काले छपक्कै ढाकिएको हुन्छ । तर, जाडोयाममा यहाँ खासै कोही नजाने हुनाले गुफाको वास्तविक स्वरुप र हिउँदयामको मौसममा गुफाको प्राकृतिक सौन्दर्यताबाट धेरैजसो पर्यटक बेखबरजस्तै हुने गर्छन् ।

लुङबुक गुफा पन्ध्रौँ शताब्दीमा गुरु रिन्पोछे अर्थात् पद्मसम्भवले ध्यान साधना गरेको धार्मिकस्थलका रूपमा लिने गरिन्छ । गुरु पद्मसम्भव त्यसबेला तिब्बत जाने क्रममा यहाँ अवस्थित लुङबुक गुफामा बसेर ध्यान साधना गरेको भन्ने धार्मिक किंवदन्ती रहेको वारागुङ मुक्तिक्षेत्र–५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिनुभयो । उहाँले पद्मसम्भवले ध्यान साधना गरेको स्थान लुङबुक गुफालाई यहाँको फल्याक र धाकार्रजुङ गाउँका स्थानीयले साझा धार्मिकस्थलका रूपमा लिने गरेको बताउनुभयो ।

हिउँदयाममा पूरै हिउँको घुम्टोभित्र लुक्ने लुङबुक अवलोकनका लागि पछिल्लो समय पर्यटक त्यहाँ पुग्ने गरेको पाइएको छ । बर्खायामभन्दा हिउँदयाममा हिउँले ढाकिएको गुफाको सौन्दर्य नियाल्न पर्यटक त्यहाँ पुग्ने गरेका पाइएको छ । लुङबुक गुफाको दर्शन गर्ने र हिउँले ढाकिएको गुफाको प्रोफाइल राख्न फोटो खिच्ने उद्देश्यले पनि हिउँदयाममा पर्यटक केही बढी जाने गरेको वडाध्यक्ष गुरुङको भनाइ छ । हिउँदयाममा हिउँले ढाकिने लुङबुक गुफा गर्मीयाममा विस्तारै पग्लिएर सामान्य स्वरुपमा रहने वडाध्यक्ष गुरुङको भनाइ छ । लुङबुक गुफाभित्र सानो चट्टान प्वालबाट मुन्टो निहुराएर मुस्किलले प्रवेश गर्न सकिन्छ । हिउँदयाममा हिउँ जमेर बस्ने भएकाले गुफाभित्र पस्न सकिँदैन । हिउँको बरफ पग्लिने समय चैत–वैशाखदेखि कात्तिकसम्म गुफा प्रवेश गर्न सकिन्छ ।

स्याङ्जाका पर्यटक नारायण पौडेलले लुङबुक गुफाको दर्शन र हिउँले ढाकिएको गुफाको प्राकृतिक सौन्दयैताले मोहित तुल्याएको बताउनुभयो । बुद्ध धर्म र पद्मसम्भवसँग जोडिएको हुनाले गुफाको धार्मिक महत्व अधिक रहेको र यसको प्रचारप्रसार गर्नसके पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने बताउनुभयो । लुङबुक गुफालाई बुद्ध धर्मअन्तर्गत निङमापा धर्म सम्प्रदायसँग जोडिएको बताइन्छ । गुफामा पुगेर धार्मिक अनुष्ठान गरेमा मोक्ष प्राप्ति हुने भएकाले स्थानीय नागरिकमा ठूलो आस्था र विश्वास छ । गुफाभित्र आश्चार्यचकित लाग्ने प्राकृतिक रूपले निर्मित धार्मिक सम्पदा जीवन्त छ । गुफाभित्र पद्मसम्भवका ससाना प्रतिमा देख्न सकिन्छ । सन्तान नभएकाले सन्तान प्राप्तिका लागि गुफाभित्र दर्शन गरेमा सन्तान प्राप्ति हुने धार्मिक जनविश्वास छ ।

जोमसोमका स्थानीय पवन गुरुङले लुङबुक गुफा एकपटक दर्शन गर्नैपर्ने धार्मिक गन्तव्य रहेको बताउनुभयो । सेताम्मे हिउँले ढाकिएको गुफामा पुग्दा गौरवान्वित महसुस भएको गुरुङले उल्लेख गर्नुभयो । जोमसोम–कोरला मुख्य राजमार्गदेखि २० मिनेटको सवारीसाधनको यात्रा र ४५ मिनेटको पैदलयात्रापछि लुङबुक गुफा पुग्न सकिन्छ । गुफाको रेखदेख तथा संरक्षणका साथै गुफामा पुग्ने भक्तजनलाई पकाएर खाने र बस्नेसमेत व्यवस्था फल्याक र धाकार्रजुङका गाउँ समाजले गरेको छ । गुफासम्म पुुग्ने गोरेटो बाटो प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले निर्माण गरेको छ ।

Previous Post

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

Next Post

बर्दिवासमा खानेपानीको पहुँच हुँदा स्थानीयवासी हर्षित

metakhabar

metakhabar

सम्बन्धित खबर

डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु
आवाज

डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

१ चैत्र २०८२,
साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य
फिचर-ब्यानर

साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

१ चैत्र २०८२,
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन
आर्थिक

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

१ चैत्र २०८२,
किसानलाई सिँचाइको समस्या
समाचार

किसानलाई सिँचाइको समस्या

१ चैत्र २०८२,
रणनीतिक सडक निर्माणले गति लिन नसक्दा स्थानीय मारमा
समाचार

रणनीतिक सडक निर्माणले गति लिन नसक्दा स्थानीय मारमा

१ चैत्र २०८२,
अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो
समाचार

अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो

१ चैत्र २०८२,
Load More
Next Post
बर्दिवासमा खानेपानीको पहुँच हुँदा स्थानीयवासी हर्षित

बर्दिवासमा खानेपानीको पहुँच हुँदा स्थानीयवासी हर्षित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In