• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जन्तेढुङ्गाको पुमा सामुदायिक ‘होमस्टे’ घरबास छोटो समयमै पाहुनाको रोजाइमा

    जन्तेढुङ्गाको पुमा सामुदायिक ‘होमस्टे’ घरबास छोटो समयमै पाहुनाको रोजाइमा

    अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

    अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

    ललितपुर महानगरपालिकाको काम प्रशंसनीय र उदाहरणीयः गृहमन्त्री गुरुङ

    ललितपुर महानगरपालिकाको काम प्रशंसनीय र उदाहरणीयः गृहमन्त्री गुरुङ

    ठमेलले नेपाललाई अन्तरराष्ट्रियस्तरमा चिनाएको छः मन्त्री श्रेष्ठ

    अब ठमेल २४सै घण्टा खुल्ने

    ‘मौरिस हर्जोग’ पदमार्गमा ‘स्मार्ट’ सूचना प्रणाली तयार

    ‘मौरिस हर्जोग’ पदमार्गमा ‘स्मार्ट’ सूचना प्रणाली तयार

    अमेरिकी नागरिकको रिहाइ ‘शुभेच्छाको इशारा’ : राष्ट्रपति ट्रम्प

    ट्रम्पले गरे इरानमाथि कडा आर्थिक प्रतिबन्धको घोषणा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    जन्तेढुङ्गाको पुमा सामुदायिक ‘होमस्टे’ घरबास छोटो समयमै पाहुनाको रोजाइमा

    जन्तेढुङ्गाको पुमा सामुदायिक ‘होमस्टे’ घरबास छोटो समयमै पाहुनाको रोजाइमा

    अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

    अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

    ललितपुर महानगरपालिकाको काम प्रशंसनीय र उदाहरणीयः गृहमन्त्री गुरुङ

    ललितपुर महानगरपालिकाको काम प्रशंसनीय र उदाहरणीयः गृहमन्त्री गुरुङ

    ठमेलले नेपाललाई अन्तरराष्ट्रियस्तरमा चिनाएको छः मन्त्री श्रेष्ठ

    अब ठमेल २४सै घण्टा खुल्ने

    ‘मौरिस हर्जोग’ पदमार्गमा ‘स्मार्ट’ सूचना प्रणाली तयार

    ‘मौरिस हर्जोग’ पदमार्गमा ‘स्मार्ट’ सूचना प्रणाली तयार

    अमेरिकी नागरिकको रिहाइ ‘शुभेच्छाको इशारा’ : राष्ट्रपति ट्रम्प

    ट्रम्पले गरे इरानमाथि कडा आर्थिक प्रतिबन्धको घोषणा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

इरान–इजरायल युद्ध फैलिँदै

metakhabar by metakhabar
३० फाल्गुन २०८२,
0
इरान–इजरायल युद्ध फैलिँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अमेरिका र इजरायलसँग सुरु भएको युद्ध तीव्र बन्दै जाँदा इरानले बिहीबार इराकमा रहेका कुर्दिश समूहहरूमाथि आक्रमण गरेको जनाएको छ । तेहरानले ती समूहहरूलाई ‘पृथकतावादी गतिविधि’ नगर्न कडा चेतावनीसमेत दिएको छ । युद्ध विस्तार हुँदै जाँदा क्षेत्रीय सुरक्षा, ऊर्जा आपूर्ति र विश्व अर्थतन्त्रमा गम्भीर प्रभाव देखिन थालेको छ ।

इरानका सर्वोच्च नेतामाथि अमेरिका–इजरायलले गरेको आक्रमणपछि गत शनिबार सुरु भएको द्वन्द्व अहिले मध्यपूर्वका धेरै क्षेत्रमा फैलिएको छ । यसले विश्व बजारमा दबाब बढाएको, ऊर्जा आपूर्तिमा अवरोध सिर्जना गरेको र अन्तर्राष्ट्रिय यात्रामा समेत अव्यवस्था ल्याएको देखिएको छ ।

तेहरानले बिहीबार इराकमा आधारित कुर्दिश समूहहरूलाई लक्षित कारबाही गरेको जनाएको छ । इरानका अधिकारीहरूले ती समूहहरूले ‘क्रान्तिविरुद्ध गतिविधि’ गरिरहेको आरोप लगाएका छन् । केही रिपोर्टहरूमा अमेरिकाले कुर्दिश लडाकूहरूलाई इरानमा घुसपैठ गर्न हतियार उपलब्ध गराउन खोजेको दाबी गरिएको छ ।

निर्वासित इरानी कुर्दिश समूहका एक सदस्यको हत्या भएको आक्रमण पनि यिनै घटनाक्रमसँग सम्बन्धित भएको समूहका प्रतिनिधिले बताएका छन् ।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानीले पृथकतावादी गतिविधि सहन नसकिने चेतावनी दिनुभयो । उहाँले ‘पृथकतावादी समूहहरूले अहिलेको अवस्थालाई अवसर ठानेर कुनै कदम चाल्ने भूल नगर्न’ आग्रह गर्नुभयो र सरकारले त्यस्तो गतिविधि कुनै हालतमा स्वीकार नगर्ने स्पष्ट पार्नुभयो ।

बढ्दो द्वन्द्वले क्षेत्रीय शक्तिहरूलाई क्रमशः युद्धतर्फ तानिरहेको देखिएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) की प्रमुख क्रिस्टालिना जर्जिवाले यो सङ्कटले विश्व अर्थतन्त्रको लचिलोपनलाई ‘फेरि एकपटक परीक्षण’ गर्ने चेतावनी दिनुभयो ।

इरानको एलिट रिभोलुसनरी गाड्र्सले होर्मुज जलडमरूमध्य बन्द गरिएको दाबी गरेको छ । विश्वको कच्चा तेलको झण्डै पाँचौँ भाग यही मार्गबाट पार हुने भएकाले यसको प्रभाव विश्व ऊर्जा बजारमा ठूलो हुनसक्ने विश्लेषण गरिएको छ । बजार विश्लेषक संस्था केप्लरका अनुसार तेल ट्याङ्करहरूको आवागमन करिब ९० प्रतिशतले घटेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अन्य अमेरिकी अधिकारीहरूले युद्ध सुरु गर्ने निर्णय र यसको उद्देश्यबारे फरक–फरक व्याख्या दिएका छन् । कङ्ग्रेसको स्पष्ट स्वीकृतिबिना सुरु गरिएको सैन्य अभियान रोक्न अमेरिकी सिनेटमा प्रस्ताव पेश गरिएको थियो, तर बुधबार उक्त प्रस्ताव अस्वीकार भएको छ ।

यसबीच तेहरानमा पनि तनाव कायम छ । इरानी समाचार एजेन्सी तस्निमका अनुसार बिहीबार बिहान राजधानी तेहरानमा धेरै विस्फोटको आवाज सुनिएको छ र सुरक्षालाई सक्रिय बनाइएको छ । विस्फोटका प्रभावबारे तत्काल विस्तृत विवरण सार्वजनिक भएको छैन ।

इजरायलले भने तेहरानभरि ‘इरानी आतङ्कवादी शासनको पूर्वाधारविरुद्ध ठूलो आक्रमण अभियान’ सुरु गरिएको दाबी गरेको छ । त्यसअघि इरानले इजरायलतर्फ क्षेप्यास्त्र प्रहार गरेको थियो । जेरुसेलममा रहेका एएफपीका पत्रकारहरूले पनि विस्फोटको आवाज सुनेका थिए, तर तत्काल हताहतको पुष्टि भएको छैन । पछि इजरायली सेनाले नागरिकहरूलाई सुरक्षित स्थानबाट बाहिर निस्कन अनुमति दिएको जनाएको छ ।

लेबनानमा पनि द्वन्द्व चर्किएको छ । राज्य सञ्चालित राष्ट्रिय समाचार एजेन्सी (एनएनए) का अनुसार बिहीबार बिहान दक्षिण बेरुतस्थित हिजबुल्लाहको गढमा दुई आक्रमण भएका छन्, जहाँबाट धुवाँ उठिरहेको दृश्य एएफपीटिभीले देखाएको छ ।

त्रिपोली नजिकको बेद्दावी नामक प्यालेस्टिनी शरणार्थी शिविरमा रहेको एउटा अपार्टमेन्टमा भएको आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु भएको र एक जना घाइते भएको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै एनएनएले जनाएको छ । दक्षिण लेबनानमा सडकमा गुडिरहेको गाडीमा ड्रोन आक्रमण हुँदा तीन जनाको मृत्यु भएको पनि रिपोर्ट गरिएको छ, यद्यपि आक्रमण कसले गरेको हो भन्ने स्पष्ट भएको छैन ।

इजरायलले पछिल्ला यी आक्रमणहरूको तुरुन्त जिम्मेवारी लिएको छैन । तर हालैका दिनमा इजरायली कारबाहीमा कम्तीमा ७५ जनाको मृत्यु भएको र दशौँ हजार मानिस विस्थापित भएको बताइएको छ । इरान समर्थित हिजबुल्लाहले इजरायलतर्फ रकेट प्रहार गर्न थालेपछि लेबनान पनि द्वन्द्वमा तानिएको हो । अहिले इजरायली सेना सीमावर्ती सहरतर्फ अघि बढेका कारण व्यापक रूपमा बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।

इरानले आफ्नो जवाफी आक्रमणमा खाडी क्षेत्रका अमेरिकी हित र ऊर्जा पूर्वाधारलाई लक्षित गरेको जनाएको छ । कतारले राजधानी दोहास्थित अमेरिकी दूतावास नजिक बस्ने बासिन्दाहरूलाई बिहीबार सुरक्षित स्थानतर्फ सार्न थालेको छ । कतारले यसअघि हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमण प्रयास विफल पारिएको जनाएको थियो ।

कतार सरकारले नागरिकलाई घरभित्र बस्न र अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन चेतावनी दिएको छ । युद्ध सुरु भएयता खाडी क्षेत्रका विभिन्न देशमा कम्तीमा १३ जनाको मृत्यु भएको छ, जसमा सात जना सर्वसाधारण रहेका छन् । मृतकमध्ये कुवेतकी ११ वर्षीया बालिका पनि रहेको बताइएको छ ।

संयुक्त अरब इमिरेट्स (युएई), साउदी अरेबिया र कतारले बुधबार इरानी क्षेप्यास्त्रहरू रोकेको बताएका छन् । तीमध्ये केही ड्रोनले साउदी अरेबियाको विशाल रास तनुरा तेल प्रशोधन केन्द्रलाई लक्षित गरेको बताइएको छ ।

टर्की पनि यस सङ्कटमा तानिएको देखिएको छ । इरानबाट प्रक्षेपण गरिएको एक क्षेप्यास्त्र टर्कीको हवाई क्षेत्रतर्फ अघि बढ्दा नाटोको हवाई रक्षा प्रणालीले त्यसलाई नष्ट गरेको टर्कीले जनाएको छ । एक टर्की अधिकारीका अनुसार उक्त क्षेप्यास्त्र साइप्रसस्थित बेलायती सैन्य आधारतर्फ लक्षित गरिएको देखिएको थियो । टर्कीले यस घटनाबारे स्पष्टीकरण माग्न इरानी राजदूतलाई बोलाएको छ ।

टर्कीका विदेशमन्त्रीले आफ्नो इरानी समकक्षीसँग कुरा गर्दै द्वन्द्वलाई अझ फैलाउने कुनै पनि कदमबाट टाढा रहन आग्रह गर्नुभएको छ ।

यसबीच युद्ध समुद्री क्षेत्रमा पनि फैलिएको सङ्केत देखिएको छ । संयुक्त राज्य अमेरिकाले श्रीलङ्काको तट नजिक इरानी युद्धपोतलाई टारपीडो प्रहार गरेर डुबाएको बताइएको छ । श्रीलङ्काली अधिकारीहरूका अनुसार उक्त घटनापछि समुद्रबाट ८७ वटा शव बरामद गरिएको छ, जसमा ६० भन्दा बढी आइआरआइएस देना फ्रिगेटमा रहेको अनुमान गरिएको छ । श्रीलङ्काली सेनाले ३२ जना नाविकलाई जीवित उद्धार गरेको जनाएको छ ।

इरानको सरकारी इरना समाचार एजेन्सीले युद्ध सुरु भएदेखि एक हजार ४५ जना सैनिक र सर्वसाधारण मारिएको दाबी गरेको छ, तर एएफपीले यसलाई स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन । इरानका अनुसार दक्षिणी सहर मिनामा शनिबार विद्यालयमा भएको आक्रमणमा धेरै बालबालिकासहित १५० भन्दा बढी मानिसको मृत्यु भएको थियो । एएफपीका पत्रकारहरू सुरक्षा कारणले उक्त स्थानमा स्वतन्त्र रूपमा पुग्न सकेका छैनन् । अमेरिकी अधिकारीहरूले भने उक्त घटनाबारे अनुसन्धान भइरहेको बताएका छन् ।

अमेरिकी अधिकारीहरूले पनि युद्धमा आफ्ना छ जना सैनिक मारिएको बताएका छन् ।

युद्धको प्रभाव विश्व अर्थतन्त्रमा पनि देखिन थालेको छ । वासिङ्टनमा अमेरिकी सिनेटले बुधबार अमेरिकी सैन्य कारबाही सीमित गर्ने प्रस्ताव अस्वीकार गरेको छ । रिपब्लिकनहरूले राष्ट्रपति ट्रम्पलाई समर्थन गरेपछि प्रस्ताव असफल भएको हो । उक्त प्रस्ताव पारित भए पनि ट्रम्पले भिटो गर्न सक्ने अवस्था थियो ।

आइएमएफ प्रमुख जर्जिवाले यो सङ्कट दीर्घकालीन आर्थिक असर ल्याउन सक्ने चेतावनी दिनुभएको छ । “हामी सम्भवतः लामो समयसम्म असर पार्ने अवस्थातर्फ जाँदैछौँ”, उहाँले भन्नुभयो ।

द्वन्द्वका कारण समुद्री सुरक्षा पनि प्रभावित भएको छ । कुवेतको समुद्री क्षेत्रमा रहेको एउटा तेल ट्याङ्करमा ठूलो विस्फोट भएपछि तेल फैलिएको बेलायती समुद्री सुरक्षा एजेन्सी युकेएमटीओले जनाएको छ ।

ऊर्जा आपूर्ति सङ्कटको आशङ्काबीच दक्षिण कोरियाले ६८ अर्ब डलरको बजार स्थिरीकरण कोष सक्रिय गरेको जनाएको छ । चीनले भने आफ्ना तेल प्रशोधन कम्पनीहरूलाई डिजेल र पेट्रोल निर्यात रोक्न निर्देशन दिएको छ ।

चीनले मध्यपूर्व सङ्कट समाधानका लागि विशेष दूत पठाउने घोषणा पनि गरेको छ, तर त्यसबारे थप विवरण सार्वजनिक गरिएको छैन ।

Previous Post

नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar

metakhabar

सम्बन्धित खबर

जन्तेढुङ्गाको पुमा सामुदायिक ‘होमस्टे’ घरबास छोटो समयमै पाहुनाको रोजाइमा
आवाज

जन्तेढुङ्गाको पुमा सामुदायिक ‘होमस्टे’ घरबास छोटो समयमै पाहुनाको रोजाइमा

४ भदौ २०८३,
अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो
अन्तर्राष्ट्रिय

अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

४ भदौ २०८३,
ललितपुर महानगरपालिकाको काम प्रशंसनीय र उदाहरणीयः गृहमन्त्री गुरुङ
आर्थिक

ललितपुर महानगरपालिकाको काम प्रशंसनीय र उदाहरणीयः गृहमन्त्री गुरुङ

४ भदौ २०८३,
ठमेलले नेपाललाई अन्तरराष्ट्रियस्तरमा चिनाएको छः मन्त्री श्रेष्ठ
समाचार

अब ठमेल २४सै घण्टा खुल्ने

४ भदौ २०८३,
‘मौरिस हर्जोग’ पदमार्गमा ‘स्मार्ट’ सूचना प्रणाली तयार
समाचार

‘मौरिस हर्जोग’ पदमार्गमा ‘स्मार्ट’ सूचना प्रणाली तयार

४ भदौ २०८३,
अमेरिकी नागरिकको रिहाइ ‘शुभेच्छाको इशारा’ : राष्ट्रपति ट्रम्प
अन्तर्राष्ट्रिय

ट्रम्पले गरे इरानमाथि कडा आर्थिक प्रतिबन्धको घोषणा

४ भदौ २०८३,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In