• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    उद्यमीलाई बिनाधितो ऋण

    उद्यमीलाई बिनाधितो ऋण

    छ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी

    छ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी

    मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित

    मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित

    समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

    समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

    ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

    दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो

    दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

metakhabar by metakhabar
३० फाल्गुन २०८२,
0
लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुस्ताङ– माथिल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा निर्मित पाँच शय्याको आधारभूत अस्पताल भवन एक वर्षदेखि प्रयोगविहीन अवस्थामा रहेको छ । नेपाल–चीन सीमावर्ती क्षेत्रका स्थानीय नागरिकलाई विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवाको पहुँच स्थापित गर्ने उद्देश्यले निर्माण गरिएको २७ कोठाको आधारभूत अस्पताल भवन प्रयोगविहीन बनेको हो ।

माथिल्लो मुस्ताङको लोमान्थाङ–४ लोमान्थाङस्थित धुराङ भन्ने स्थानमा एक वर्षअघि सम्पन्न भएको पाँच शय्याको आधारभूत अस्पताल भवन जनशक्ति तथा आवश्यक उपकरणको व्यवस्थापन हुन नसक्दा प्रयोगविहीन बनेको बताइएको छ । सङ्घीय सरकारको एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रम अन्तर्गत लोमान्थाङ गाउँपालिकाको लागत साझेदारीमा दुई तले आधारभूत स्वास्थ्य सेवा अस्पताल भवन निर्माण गरिएको थियो ।

आर्थिक वर्ष २०७८–०७९ मा त्यहाँ आधारभूत अस्पताल भवन निर्माण सुरु गरिएकोमा गतवर्षको फागुन महिनामा निर्माण सम्पन्न भएको थियो । दुई वर्षको सम्झौता अवधि रहेको उक्त आधारभूत अस्पताल भवन निर्माण चलिरहँदा कोभिड माहामारीका कारण एक वर्षपछि ढिलो गरी अस्पताल भवन निर्माण सम्पन्न गरिएको थियो ।

सात करोड १९ लाख लागतमा निर्माण सम्पन्न भएको लोमान्थाङस्थित आधारभूत अस्पताल भवन लोमान्थाङ बजारदेखि तल करिव आधा घण्टाको दूरीमा पर्दछ । एक वर्षअघि निर्माण सम्पन्न गरिएको उक्त आधारभूत अस्पताल भवनबाट विशेषज्ञ चिकित्सकसहितको सेवा प्रवाह गर्ने गरी शल्यक्रिया कक्ष, एक्सरे कक्ष, ल्याब कक्ष, प्रसूति कक्ष, फार्मेसी कक्षलगायत चिकित्सक तथा स्वास्थ्यकर्मी बस्ने आवाससहितको भवन निर्माण गरिएको थियो ।

माथिल्लो मुस्ताङमा आधारभूत स्वास्थ्य सेवाका लागि सामान्य उपचार गर्न स्वास्थ्य चौकी र स्वास्थ्य इकाइहरु रहेपछि विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा नहुँदा माथिल्लो मुस्ताङका नागरिकलाई निकै सास्ती हुने गरेको छ । त्यहाँका नागरिकलाई गम्भिर बिरामी हुँदा वा भरपर्दो स्वास्थ्य सेवा प्राप्त गर्न १०० किलोमिटर दुरीको यात्रा गर्दै जोमसोम झर्नुपर्ने बाध्यता रहेको छ । कतिपय बिरामीलाई जोमसोमसमेत भरपर्दो स्वास्थ्य सेवा उपलब्ध नहुँदा पोखरा÷काठमाडौँलगायतका स्थानमा जानुपर्ने बाध्यता रहेको छ ।

लोमान्थाङ गाउँपालिकाका स्वास्थ्य संयोजक तेन्जिङ नर्बु गुरुङले लोमान्थाङमा निर्मित आधारभूत अस्पताल आवश्यक जनशक्ति, स्वास्थ्य उपकरण र पूर्वाधार नहुँदा सञ्चालन हुन नसकेको जानकारी दिए । उनले सरकारले आधारभूत अस्पतालका लागि चिकित्सक तथा जनशक्तिको दरबन्दी व्यवस्था र आवश्यक उपकरणलगायतको व्यवस्थापन गरिदिएमा अस्पताल सञ्चालन गर्न सकिने बताए ।

चालु वर्ष गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रीको माथिल्लो मुस्ताङको भ्रमण हुँदा यहाँको पाँच शय्याको आधारभूत अस्पताल भवनलाई चाहिने स्वास्थ्य उपकरणलगायत सामग्री खरिदका लागि लागत स्टेमेट र विवरण पठाउन निर्देशन भएको र सोहीअनुसार गाउँपालिकाले डेढ करोड बराबरको स्वास्थ्य उपकरण खरिद गर्न विवरणसहित आवश्यक डकुमेन्ट प्रदेश सरकारलाई पठाइसकिएको स्वास्थ्य संयोजक गुरुङले उल्लेख गरे ।

गण्डकी प्रदेश सरकारले अस्पतालका लागि सामग्री खरिद गर्न लागत र विवरण आएपछि प्रदेश मन्त्रिपरिषद्को बैठकले अनुमोदन गरी व्यवस्थापन गर्ने भनिएको भएपनि उक्त विषय अझै अन्योल मै रहेको उनको भनाइ छ ।

उनले रङ्गरोगनसहित निर्माण सम्पन्न भएको पाँच शय्याको आधारभूत अस्पताल भवनमा तत्कालका लागि हेल्थ पोस्ट स्थान्तरण गरेर सामान्य प्रकारको स्वास्थ्य सेवा सञ्चालन गर्न सकिने अवस्था रहेपनि उक्त भवन लोमान्थाङ बजारदेखि टाढा समुदायलाई अपायक पर्ने भएकाले उक्त आधारभूत अस्पताल भवन प्रयोगमा आउन नसकेको बताए ।

माथिल्लो मुस्ताङका स्थानीय नागरिक तथा पर्यटकलाई भरपर्दो स्वास्थ्य सेवा प्रवाह गर्न यहाँ निर्माण गरिएको अस्पताल भवन सञ्चालनका लागि सङ्घीय तथा प्रादेशिक सरकारको ध्यान जान आवश्यक रहेको स्वास्थ्य संयोजक तेन्जिङ नर्बु गुरुङले उल्लेख गरे ।

Previous Post

धुलिखेल–खावा सडक : चैत ७ देखि २० गतेसम्म रातको समयमा यातायात बन्द गरिने

Next Post

खानेपानी अभावपछि गाउँ हुन थाल्यो खाली

metakhabar

metakhabar

सम्बन्धित खबर

उद्यमीलाई बिनाधितो ऋण
आर्थिक

उद्यमीलाई बिनाधितो ऋण

३० फाल्गुन २०८२,
छ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी
फिचर-ब्यानर

छ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी

३० फाल्गुन २०८२,
मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित
समाचार

मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित

३० फाल्गुन २०८२,
समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै
समाचार

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

३० फाल्गुन २०८२,
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
समाचार

सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

३० फाल्गुन २०८२,
दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो
समाचार

दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो

३० फाल्गुन २०८२,
Load More
Next Post
खानेपानी अभावपछि गाउँ हुन थाल्यो खाली

खानेपानी अभावपछि गाउँ हुन थाल्यो खाली

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In