• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

    मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

    मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

    शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

    भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

    भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

    मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

    मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

    शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

    भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

    भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

धार्मिक पर्यटनको केन्द्र बन्दै नवलपुरको दाउन्ने देवी मन्दिर

metakhabar by metakhabar
२६ फाल्गुन २०८२,
0
धार्मिक पर्यटनको केन्द्र बन्दै नवलपुरको दाउन्ने देवी मन्दिर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

त्रिवेणी (नवलपरासी), २६ फागुन : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ मा अवस्थित दाउन्ने देवी मन्दिर धार्मिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्णस्थलका रूपमा परिचित बन्दै गएको छ । पूर्वपश्चिम राजमार्ग नजिकै दाउन्ने डाँडाको चुचुरोमा अवस्थित यस मन्दिरमा पछिल्लो समय दर्शनार्थीको चाप बढ्दै गएको छ ।

समुद्री सतहबाट करिब तीन हजार ३०० फिट उचाइमा रहेको मन्दिर पुग्न दाउन्ने बजारबाट करिब आधा घण्टा उकालो यात्रा गर्नुपर्छ । यहाँ पूजाआराधना गर्दा मनोकामना पूरा हुने विश्वासका कारण देशका विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन् । भारतीय सीमा क्षेत्र नजिक पर्ने धार्मिकस्थल भएका कारण भारतबाट पनि भक्तजन यहाँ आउने गर्दछन् ।

स्थानीयका अनुसार पाल्पाका राजा मणिमुकुन्द सेनको समयदेखि यस क्षेत्रको धार्मिक महत्व रहँदै आएको जनश्रुति छ । यसकारण दाउन्ने देवी मन्दिर ऐतिहासिक मन्दिरका रूपमा परिचित रहेको दाउन्ने देवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हरिहर सुवेदीले बताउनुभयो ।

विशेषगरी बडादसैँ, चैतेदसैँ, श्रीपञ्चमी तथा अन्य पर्वका अवसरमा यहाँ ठूलो मेला लाग्ने गर्दछ । दाउन्ने देवी मन्दिरलाई शक्तिपीठका रूपमा पूजाआराधना गर्ने गरिएको अध्यक्ष सुवेदीले बताउनुभयो । विवाह, व्रतबन्धलगायत कार्य गर्नका लागि पनि स्थानीयहरू मन्दिरमा आउने गरेको सुवेदीले बताउनुभयो ।

यस क्षेत्रमा लक्ष्मीनारायण मन्दिर, शिवालय, गायत्री मन्दिर, गुम्बालगायत धार्मिकस्थल पनि छन् । दाउन्ने देवी मन्दिर व्यवस्थापन समितिले गौशालासमेत सञ्चालन गर्दै आएको अध्यक्ष सुवेदीले जानकारी दिनुभयो । सार्वजनिक बिदाका दिन यहाँ भक्तजनको घुइँचो लाग्ने गरेको उहाँले बताउनुभयो । “दसैँका बेला यहाँ भक्तजनको ठूलो घुइँचो लाग्छ भने अन्य समयमा सार्वजनिक बिदाका दिनमा उल्लेख्य भक्तजन आउने गर्छन्”, अध्यक्ष सुवेदीले भन्नुभयो ।

प्राकृतिक रूपमा सुन्दर स्थान भएकाले धार्मिक यात्रामात्र नभई घुमफिरका लागि पनि मानिसहरू यहाँ आउने गरेको उहाँको भनाइ छ । अध्यक्ष सुवेदीका अनुसार गण्डकी प्रदेश सरकारले सार्वजनिक गरेको प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यमा दाउन्ने देवी मन्दिर पनि सूचीकृत गरिएको छ । तर राज्यस्तरबाट मन्दिरको विकासका लागि खासै चासो नदिइएको उहाँले बताउनुभयो ।

मन्दिरमा भक्तजनहरूले चढाएको भेटीबाट पुजारी व्यवस्थापन, गौशाला सञ्चालन, कर्मचारी व्यवस्थापन तथा मन्दिरको सामान्य व्यवस्थापन गर्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो । “राज्यले यस्ता शक्तिपीठहरूको सञ्चालन र व्यवस्थापनमा पनि चासो दिनुपर्छ । यी हाम्रा धार्मिक सम्पदा भएकाले संरक्षणमा पनि पहल गर्नुपर्छ”, अध्यक्ष सुवेदीले भन्नुभयो ।

हालै मन्दिर व्यवस्थापन समितिले अशक्त तथा ज्येष्ठ नागरिकलाई सहज रूपमा मन्दिर पुग्न सक्ने व्यवस्था मिलाउन बाटोको नयाँ मार्ग खोल्ने काम गरेको छ । यातायातका साधन मन्दिरसम्मै पुग्न सकून् भन्ने उद्देश्यले मार्ग खोलिएको भए पनि गिट्टी हालेर स्तरोन्नति गर्न समितिले सकेको छैन । यसका लागि राज्यले सहयोग गरिदिए राम्रो हुने अध्यक्ष सुवेदीको भनाइ छ ।

धार्मिक रूपमा नवलपुरकै प्रसिद्धस्थल दाउन्ने देवी मन्दिर क्षेत्र प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । दाउन्ने डाँडाबाट सुन्दर दृश्यावलोकन गर्न सकिने भएकाले धार्मिक पर्यटनको गन्तव्यका रूपमा यस क्षेत्र विकास हुँदै गएको छ । यसको थप व्यवस्थापन र विकासका लागि सबैले पहल गर्नुपर्ने अध्यक्ष सुवेदीले बताउनुभयो ।

Previous Post

व्यावसायिक फलफूलखेतीतर्फ भुल्केका किसानको आकर्षण

Next Post

सूर्यमुखी बगानले बढायो कृषि पर्यटन

metakhabar

metakhabar

सम्बन्धित खबर

तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित
आवाज

ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

४ असार २०८३,
मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने
आर्थिक

मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

४ असार २०८३,
डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो
फिचर-ब्यानर

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

४ असार २०८३,
शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा
फिचर-ब्यानर

शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

४ असार २०८३,
भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज
समाचार

भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

४ असार २०८३,
Load More
Next Post
सूर्यमुखी बगानले बढायो कृषि पर्यटन

सूर्यमुखी बगानले बढायो कृषि पर्यटन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In