• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आरोहीको भीडले गुलजार छ सगरमाथा आधारशिविर

    आलेखः पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

    एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान

    एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान

    म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

    म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

    डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण

    जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    सुरक्षा परिषद् सुधार्न भारतको माग

    स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

    स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जापानले लामो दूरीको मिसाइल तैनाथ गर्दै

metakhabar by metakhabar
२५ फाल्गुन २०८२,
0
जापानले लामो दूरीको मिसाइल तैनाथ गर्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

क्षेत्रीय सुरक्षा चुनौती तीव्र बन्दै गइरहेका बेला जापानले आफ्नो पहिलो स्वदेशी विकसित लामो दूरीको मिसाइल प्रणाली तैनाथ गर्ने तयारी अघि बढाएको छ । सेनाका लन्चरहरू सोमबार राति जापानको दक्षिणपश्चिमी प्रान्त कुमामोटोस्थित क्याम्प केङ्गुनमा ल्याइएपछि अपग्रेड गरिएको टाइप–१२ ल्यान्ड–टु–शिप मिसाइल तैनाथ गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको बताइएको छ । जापानले बढ्दो क्षेत्रीय तनाव र सुरक्षा जोखिमलाई ध्यानमा राख्दै आफ्नो प्रतिरक्षा क्षमता थप सुदृढ बनाउने रणनीतिअनुसार यो कदम चालेको हो ।

मुख्य क्याबिनेट सचिव मिनोरु किहाराले अपग्रेड गरिएको टाइप–१२ मिसाइलहरू मार्चको अन्त्यसम्म क्याम्प केङ्गुनमा तैनाथ गरिने जानकारी दिनुभयो । यद्यपि तैनाथीसम्बन्धी विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन । मिसाइलका लन्चर तथा अन्य सैन्य उपकरण बोकेका गाडीहरू अत्यन्त गोप्य रूपमा मध्यरातमा शिविरमा पुगेका थिए । स्थानीय बासिन्दामध्ये केहीले यस कदमको विरोध जनाउँदै शिविर बाहिर भेला भई ‘लामो दूरीका क्षेप्यास्त्र तैनाथी रोक्नुपर्छ’ भन्ने नारासहित ब्यानर प्रदर्शन गरेका थिए ।

यस कदमप्रति विपक्षी दल तथा स्थानीय प्रशासनले पारदर्शिताको अभाव भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरूले यस्तो तैनाथीले क्षेत्रीय तनाव थप बढाउन सक्ने र स्थानीय क्षेत्र सम्भावित सैन्य आक्रमणको लक्ष्य बन्न सक्ने चिन्ता व्यक्त गरेका छन् । कुमामोटोका गभर्नर ताकाशी किमुराले प्रान्तीय प्रशासनलाई औपचारिक रूपमा जानकारी नदिइएको गुनासो गर्दै पत्रकारहरूसँग भन्नुभयो, “प्रान्तलाई यसबारे कहिल्यै औपचारिक जानकारी दिइएको थिएन । मिडिया रिपोर्टबाट मात्र थाहा पाउनु अत्यन्त निराशाजनक हो ।”

जापानले दक्षिणपश्चिमी क्षेत्रमा सैन्य संरचना विस्तार गर्ने योजनाअन्तर्गत यो मिसाइल तैनाथीलाई तीव्रता दिएको हो । ताइवान वरपरको बदलिँदो क्षेत्रीय परिवेशलाई ध्यानमा राख्दै जापानले आफ्नो सुरक्षा तयारीलाई क्रमशः सुदृढ बनाउने पहल गरेको हो । सोही क्रममा रक्षा मन्त्रालयले गत वर्ष मिसाइल तैनाथीको समयतालिकालाई करिब एक वर्ष अगाडि सार्ने व्यवस्था गरेको थियो ।

मित्सुबिशी हेभी इन्डस्ट्रिजले विकास तथा उत्पादन गरेको अपग्रेड गरिएको टाइप–१२ मिसाइलको मारक क्षमता करिब एक हजार किलोमिटर (६२० माइल) रहेको छ । यो दायरा पहिलेको करिब २०० किलोमिटर (१२५ माइल) क्षमताबाट निकै विस्तार गरिएको हो । यसले जापानको मुख्य भूमिबाट चीनको भूभागसम्म पुग्न सक्ने क्षमता राख्ने बताइएको छ । यही मिसाइल प्रणाली यस वर्षको अन्त्यतिर टोकियोको पश्चिममा रहेको सिजुओका प्रान्तस्थित क्याम्प फुजीमा पनि तैनाथ गरिने योजना रहेको छ ।

पछिल्ला वर्षहरूमा क्षेत्रीय सुरक्षा अवस्थालाई ध्यानमा राख्दै जापानले आफ्नो सुरक्षा तयारीलाई क्रमशः सुदृढ बनाउँदै आएको छ । सोही क्रममा पूर्वी चीन सागर नजिकका दक्षिणपश्चिमी टापुहरूमा सुरक्षा पूर्वाधार विस्तार गरिएको छ । ओकिनावा, इशिगाकी र मियाको लगायतका टापुहरूमा पीएसी–३ अवरोधक प्रणाली तथा मध्यम दूरीका सतह–देखि–हावा मिसाइल प्रणालीहरू पनि क्रमशः तैनाथ गरिएका छन् ।

गत महिना जापानका रक्षामन्त्री सिन्जिरो कोइजुमीले सन् २०३१ मार्चसम्म ताइवानको पूर्वतर्फ रहेको जापानको पश्चिमी टापु योनागुनीमा मध्यम दूरीको सतह–देखि–हावा मिसाइल प्रणाली तैनाथ गरिने योजना सार्वजनिक गर्नुभएको थियो ।

प्रधानमन्त्री ताकाइचीले यस वर्षको अन्त्यसम्म जापानको सुरक्षा तथा रक्षा नीति पुनरावलोकन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँको सरकारले जापानी सेनालाई मानव रहित लडाकू प्रणाली तथा लामो दूरीका मिसाइलमार्फत अझ सुदृढ बनाउने लक्ष्य लिएको छ ।

यसैबीच सरकार आगामी हप्ताहरूमा घातक हतियार निर्यातसम्बन्धी कडा प्रतिबन्धहरू खुकुलो बनाउने तयारीमा रहेको बताइएको छ । प्रधानमन्त्री ताकाइचीको दल र सत्तारूढ गठबन्धनका साझेदारहरूले हालै प्रस्तुत गरेको प्रस्तावअनुसार जापानको रक्षा उद्योगलाई विस्तार गर्ने तथा मित्र राष्ट्रहरूसँग सैन्य सहकार्य बढाउने नीति अघि सारिएको छ ।

Previous Post

गृहमन्त्री अर्यालद्वारा काठमाडौँ प्रहरी परिसरको अनुगमन

Next Post

मध्यपूर्व युद्धका कारण कच्चा तेलको मूल्यमा तीव्र वृद्धि

metakhabar

metakhabar

सम्बन्धित खबर

आरोहीको भीडले गुलजार छ सगरमाथा आधारशिविर
आवाज

आलेखः पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

५ भदौ २०८३,
एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान
आर्थिक

एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान

५ भदौ २०८३,
म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री
आर्थिक

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

५ भदौ २०८३,
डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण
जीवन शैली

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

५ भदौ २०८३,
राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित
अन्तर्राष्ट्रिय

सुरक्षा परिषद् सुधार्न भारतको माग

५ भदौ २०८३,
स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले
आर्थिक

स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

५ भदौ २०८३,
Load More
Next Post
तेलको अन्तर्राष्ट्रिय आपूर्ति बढाउने ‘ओपेक प्लस’को रणनीति

मध्यपूर्व युद्धका कारण कच्चा तेलको मूल्यमा तीव्र वृद्धि

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In