• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन व्यवसायीको माग

    कास्कीमा रास्वपाका उम्मेदवार भन्दा दललाई बढी मत

    यी छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने

    ‘नयाँ सरकारले निराशालाई आशामा बदल्नु पर्छ ’

    केमिकल इन्जिनियर सुशील खड्काको संसदीय यात्रा

    केमिकल इन्जिनियर सुशील खड्काको संसदीय यात्रा

    काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर

    काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर

    नवनिर्वाचित सांसद तयार, सिंहदरबारको संसद् भवन निर्माणकै पर्खाइमा

    नवनिर्वाचित सांसद तयार, सिंहदरबारको संसद् भवन निर्माणकै पर्खाइमा

    ‘म्यागासेसे’ को संसद् यात्रा…

    ‘म्यागासेसे’ को संसद् यात्रा…

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
२५ फाल्गुन २०८२,
0
यी छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चितवन, २५ फागुनः प्रतिनिधिसभा निर्वाचन २०८२ को मतपरिणाम अन्तिम चरणमा पुग्दै गर्दा युवा पुस्ता उत्साहित बनेका छन् । उनीहरुले अब बन्ने स्थिर सरकारले रोजगारी सिर्जना र सुशासन दिनेमा ढुक्क छन् । जेनजी आन्दोलनपछि भएको आम निर्वाचनले दिएको परिणामलाई युवाहरुले सकारात्मक रुपमा लिएका छन् ।

भरतपुर महानगरपालिका–१० निवासी पृथ्वी धिताल अहिलेको परिवर्तन देशका लागि भएको बताउनुहुन्छ । युवा पुस्ताका लागि रोजगारी र सुशासन नै महत्वपूर्ण रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो,“अहिले भएको निर्वाचनको परिणामले युवा पुस्तालाई सम्बोधन गर्छ ।” यदि त्यसो हुन नसके फेरि अर्को विद्रोह नहोला भनेर भन्न नसकिने उहाँको भनाइ छ । उहाँले भन्नुभयो,“जेनजी आन्दोलन पछिको निर्वाचनले देशवासीलाई विश्वस्त बनाउनुपर्ने छ ।” अहिले देशमा सुशासन कायम गदैं भ्रष्टाचार नियन्त्रण र युवालाई रोजगारीको वातारवरण सिर्जना गर्न अवश्यक रहेको उहाँले बताउनुभयो ।

प्यूठानबाट उपचारका लागि बिरामी लिएर चितवन आउनु भएका प्रेम श्रेष्ठ अब बन्ने सरकारले परिवर्तन गर्न आवश्यक रहेको बताउनुहुन्छ । उहाँका अनुसार शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा काम गर्न सकेन भने अहिलेको परिवर्तनसमेत खेरा जाने चिन्ता उहाँमा छ । जेनजी आन्दोलन पछि बन्न लागेको सरकारमा जनताको अपेक्षा पूरा गर्न सक्ने क्षमता हुन आवश्यक रहेको उहाँले बताउनुभयो ।

भरतपुर महानगरपालिका–२ क्षेत्रपुर निवासी प्रवास पराजुली अब सुशासनको प्रत्याभूति हुन आवश्यक रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो “अब बन्ने सरकारले भ्रष्ट्राचार नियन्त्रण र सुुशासनको पक्षमा कसरी काम गर्छ भन्ने हेर्ने समय आएको बताउनुभयो ।” उहाँले भन्नुभयो “वैदेशीक रोजगारीमा रहेका युवालाई स्वदेश फर्काउने र नेपालका उद्योग कल कारखाना सञ्चालन गरेर रोजगारी सिर्जना गर्दै देशको आर्थिक संवृद्धिमा लाग्न आवश्यक छ ।”

भरतपुर महानगरपालिका–१४ निवासी रचना दाहाल अहिलेको परिवर्तनलाई कमजोर सोच्न नहुने बताउनुहुन्छ । उहाँले भन्नुभयो “यो परिवर्तनलाई कमजोर सोच्ने हो भने फेरि अर्को विद्रोह हुनसक्छ । यो परिवर्तनलाई आत्मसाथ गर्दै देश र जनताको पक्षमा काम गर्न अब बन्ने सरकार लाग्नुपर्छ ।” जनताले परिवर्तनको पक्षमा देखाएको मत खेरा जान दिने छुट कसैमा नभएको भन्दै उहाँले भ्रष्ट्राचार नियन्त्रण, स्वास्थ्य, शिक्षा र रोजगारीलाई मूलमर्म मान्न आग्रह गर्नुभयो ।

युवाहरुले अब बन्ने सरकारले पाएको मत अनुसार देशलाई अगाडि बढाउनेमा ढुक्क छन् । अन्य दलहरुले सरकारलाई निगरानीमा राखेर काम गर्न दिनुपर्नेमा उनीहरुको जोड छ । शिक्षा र रोजगारीका लागि युवा शक्ति विदेश जानबाट रोकेर यही पढ्ने र काम गर्ने वातावरण सरकारले सिर्जना गर्नुपर्नेमा धेरैको जोड छ ।

सरोकारवाला नियकायसँग छलफल गरी जनताको निराशालाई आशामा बदल्न उनीहरुले सुझाएका छन् ।

Previous Post

केमिकल इन्जिनियर सुशील खड्काको संसदीय यात्रा

Next Post

कास्कीमा रास्वपाका उम्मेदवार भन्दा दललाई बढी मत

metakhabar

metakhabar

सम्बन्धित खबर

सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन व्यवसायीको माग
फिचर-ब्यानर

कास्कीमा रास्वपाका उम्मेदवार भन्दा दललाई बढी मत

२५ फाल्गुन २०८२,
केमिकल इन्जिनियर सुशील खड्काको संसदीय यात्रा
राजनीति

केमिकल इन्जिनियर सुशील खड्काको संसदीय यात्रा

२५ फाल्गुन २०८२,
काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर
समाचार

काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर

२५ फाल्गुन २०८२,
नवनिर्वाचित सांसद तयार, सिंहदरबारको संसद् भवन निर्माणकै पर्खाइमा
फिचर-ब्यानर

नवनिर्वाचित सांसद तयार, सिंहदरबारको संसद् भवन निर्माणकै पर्खाइमा

२५ फाल्गुन २०८२,
‘म्यागासेसे’ को संसद् यात्रा…
फिचर-ब्यानर

‘म्यागासेसे’ को संसद् यात्रा…

२५ फाल्गुन २०८२,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

२५ फाल्गुन २०८२,
Load More
Next Post
सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन व्यवसायीको माग

कास्कीमा रास्वपाका उम्मेदवार भन्दा दललाई बढी मत

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In