• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दार्चुलाकोे किसानको गुनासो,‘लटरम्म स्याउ फले, बिक्री हुँदैन ’

    हुम्लामा स्याउ टिप्न सुरु, बजार पठाउने तयारी

    हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

    हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

    यी स्थानमा आज हुनेछ वर्षा र हिमपात

    कस्तो रहला आजको मौसम ?

    नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा गरिँदै

    नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा गरिँदै

    नेपाल राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमयदर सार्वजनिक

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    दार्चुलाकोे किसानको गुनासो,‘लटरम्म स्याउ फले, बिक्री हुँदैन ’

    हुम्लामा स्याउ टिप्न सुरु, बजार पठाउने तयारी

    हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

    हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

    यी स्थानमा आज हुनेछ वर्षा र हिमपात

    कस्तो रहला आजको मौसम ?

    नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा गरिँदै

    नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा गरिँदै

    नेपाल राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमयदर सार्वजनिक

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

सामाजिक अभियान्ता हुँदै संसद्सम्मको शर्माको यात्रा

metakhabar by metakhabar
२४ फाल्गुन २०८२,
0
सामाजिक अभियान्ता हुँदै संसद्सम्मको शर्माको यात्रा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गलकोट (बागलुङ), २४ फागुनः आमयुवा र हाम्रो बागलुङ, हाम्रो जिम्मेवारीका संस्थापक सोम शर्मा युवाको आवाजलाई सडकबाट संसद्को यात्रा थाल्नुभएको छ । हालै रास्वपामा आबद्ध शर्माले पश्चिम बागलुङको क्षेत्र नं २ को निर्वाचन जित्न सफल हुनुभएको छ । ३४ वर्षीय शर्मा सामाजिक अभियान्ता, जेनजी आन्दोलनका अगुवा हुँदै प्रतिनिधिसभा सदस्य हुन सफल हुनुभएको छ ।

शर्माले बागलुङ–२ मा १२ हजार ६४७ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँले कांग्रेसका टेकराज पौडेललाई ७७९ मतले पछाडि पार्दै निर्वाचन जित्नुभएको हो । यहाँ खसेको ४७ हजार २०७ मतमा शर्माका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार पौडेलले ११ हजार ६८ मत प्राप्त गर्नुभएको थियो । त्यसैगरी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का ज्ञामनाथ गैरेले १० हजार ७०९ मत प्राप्त गर्दा नेकपा (एमाले) का मञ्जु शर्मा चालिसेले सात हजार ८६४ मत प्राप्त गर्नुभएको थियो । यस क्षेत्रमा ११ उम्मेदवार चुनावी मैदानमा थिए ।

कोरोनापीडितका सहयात्रीदेखि जेन्जी अगुवासम्म

बागलुङ बजारमा इलेक्टोनिक्स पसल सञ्चालन गर्नुभएका शर्मा कोरोनाअघि काठमाडौँ पुग्नुभएको थियो । जेनजी आन्दोलन र नागरिक खबरदारीको अगुवाका रूपमा चिनाउने शर्मा कोरोनाकालमा सडकमा खाना बाड्दै काठमाडौँमा हिँड्नुभएको थियो । कोरोना, विपद्, गरिबी तथा समाजका विभिन्न क्षेत्रका सेवाको सारथीका रूपमा चिनिनुभएका उहाँ राजनीतिमा नयाँ अनुहारका रूपमा संसद् छिर्नुभएको छ । विसं २०४८ पुस २९ मा बागलुङ नगरपालिका–१२ मा शर्मा जन्मनुभएको हो ।

एक प्रतिबद्ध, नैतिक र सुधारमुखी व्यक्तित्व भएका युवा नेताका रूपमा चिनिन थाल्नुभएका शर्मालाई पहिलोपटक नै जनताले अनुमोदन गरेका छन् । विद्रोही युवाका रूपमा रहुनभएका शर्माले सामाजिक सञ्जालबाट सुशासनको पक्षमा बोल्दै आउनुभएको थियो ।

रास्वपाको राजनीति, समाजसेवा र व्यावसायिक नेतृत्वमार्फत आफ्नो क्षेत्र र समुदायको विकासमा योगदान पुर्याउन निर्वाचनमा होमिएका शर्माले बागलुङको पश्चिम क्षेत्र विकट नभएर विकट बनाइएको बताउनुहुन्छ । “बागलुङको पश्चिम क्षेत्रलाई विकट मानियो, तर विकट बनाइएको हो, अब विकट रहँदैन, पर्यटनमार्फत यहाँको विकास हुन्छ, निर्वाचित सांसद गाउँ नआएको गुनासो अब रहन्न, म नियमित गाउँ र सदनलाई जोड्नेछु ।”

त्रिभुवन विश्वविद्यालय, रत्नराज्य क्याम्पसबाट राजनीतिशास्त्र र आम सञ्चार विषयमा स्नातक तह अध्ययन गर्नुभएका शर्माले कम्प्युटर, नेटवर्किङ र कृषि उद्यमशीलतासम्बन्धी विभिन्न तालिम लिइसक्नुभएको छ । पेसागत जीवनमा उहाँसँग कम्प्युटर शिक्षक, प्राविधिक विशेषज्ञ र व्यवस्थापन निर्देशकका रूपमा कार्य गरेको अनुभव छ । विकासमा पछि परेको बागलुङ पश्चिम क्षेत्रको भूगोललाई राष्ट्रिय रूपमा चिनाउँदै पर्यटकीय क्षेत्रका रूपमा चिनाउने शर्माको अठोट छ ।

Previous Post

जनसेवक बन्ने अठोट बोकेर राजनीतिमा होमिनुभएकी निशा डाँगी

Next Post

सिरहा–१ मा रास्वपाका गुप्ता निर्वाचित

metakhabar

metakhabar

सम्बन्धित खबर

दार्चुलाकोे किसानको गुनासो,‘लटरम्म स्याउ फले, बिक्री हुँदैन ’
समाचार

हुम्लामा स्याउ टिप्न सुरु, बजार पठाउने तयारी

२९ अशोज २०८३,
हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति
फिचर-ब्यानर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

२९ अशोज २०८३,
यी स्थानमा आज हुनेछ वर्षा र हिमपात
फिचर-ब्यानर

कस्तो रहला आजको मौसम ?

२९ अशोज २०८३,
नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा गरिँदै
फिचर-ब्यानर

नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा गरिँदै

२९ अशोज २०८३,
नेपाल राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमयदर सार्वजनिक
आर्थिक

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

२९ अशोज २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

२९ अशोज २०८३,
Load More
Next Post
सिरहा–१ मा रास्वपाका गुप्ता निर्वाचित

सिरहा–१ मा रास्वपाका गुप्ता निर्वाचित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In