• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन

    एकैस्थानमा एक हजार ७१७ जनाले रक्तदान गरेर नयाँ रेकर्ड कायम

    विश्व रक्तदाता दिवस: सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

    नेपाल र चीनका सगरमाथा आरोही बेजिङमा सम्मानित

    नेपाल र चीनका सगरमाथा आरोही बेजिङमा सम्मानित

    इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन

    अमेरिका–इरान वार्ता अन्तिम चरणमा, पाकिस्तान र साउदी अरबद्वारा स्वागत

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षाको सम्भावना

    सफल हुन् सहजता त्याग्न सक्नुपर्छ : अभिनेता पीयुष मिश्रा

    सफल हुन् सहजता त्याग्न सक्नुपर्छ : अभिनेता पीयुष मिश्रा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जनसेवक बन्ने अठोट बोकेर राजनीतिमा होमिनुभएकी निशा डाँगी

metakhabar by metakhabar
२४ फाल्गुन २०८२,
0
जनसेवक बन्ने अठोट बोकेर राजनीतिमा होमिनुभएकी निशा डाँगी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

झापा, २४ फागुनः मुलुकको राजनीति र प्रणालीमा बेथिति तथा भ्रष्टाचारको चाङ रहेको अनुभूति भएपछि जागिर खान लोकसेवाको तयारी गरिरहेका बेला चार वर्षअघि निशा डाँगीको विद्रोही युवा मन राजनीतितर्फ डोरियो । जागिर खाएर व्यक्तिगत जीवन सुधार्ने सोच त्यागेर जनताको सेवक बन्ने उद्देश्यका साथ उहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को झण्डामुनि गोलबद्ध हुने कठिन तर चुनौतीपूर्ण बाटोमा होमिनुभयो ।

निराशालाई आशामा बदल्ने अठोटका साथ राजनीतिमा होमिनुभएकी २९ वर्षीया निशा डाँगी झापा निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उम्मेदवार बनेर यही फागुन २१ गते सम्पन्न निर्वाचनमा ४५ हजार ६८० मत प्राप्त गरी प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनुभएको छ ।

डाँगीको प्रतिनिधिसभामा यो दोस्रो यात्रा हो । यसअघि २०७९ सालको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उहाँ २५ वर्षको उमेरमा समानुपातिकतर्फ निर्वाचित हुँदा मुलुककै कान्छी सांसद हुनुभएको थियो । समानुपातिक सांसदका रूपमा संसद्मा प्रवेश गर्नुभएकी उहाँले युवाहरूको समस्या समाधानका लागि सदनमा निरन्तर आवाज बुलन्द गरिरहनुभयो ।

क्षमता र सक्रियताकै कारण जनताको मन जित्न सफल सांसद डाँगीलाई यसपटकको आमनिर्वाचनको परिणामले थप परिपक्व र जनअनुमोदित नेताका रूपमा स्थापित गरिदिएको छ । युवाहरुको प्रतिनिधि बनेर राजनीतिक क्षितिजमा उदाउनुभएकी उहाँ भद्रपुर नगरपालिका–२ की बासिन्दा हुनुहुन्छ । सांसद डाँगी रास्वपाको हाल केन्द्रीय सदस्य हुनुहुन्छ ।

सांसद डाँगीले यसअघिको प्रतिनिधिसभामा पार्टीको सचेतकको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुभएको थियो । उहाँले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर तहको शिक्षा हासिल गर्नुभएको छ । भीमबहादुर र देवीमाया डाँगीको सुपुत्रीका रूपमा उहाँको जन्म २०५३ मङ्सिर १६ गते झापाको भद्रपुरमा भएको हो । पूर्णकालीन राजनीतिमा आउनुभन्दा अघि पाँच वर्षसम्म उहाँ पत्रकारिता क्षेत्रमा क्रियाशील हुनुहुन्थ्यो ।

पत्रकारिताबाट राजनीतिमा होमिँदा डाँगीलाई समाज, राजनीति र नागरिकका समस्या बुझ्न सहज भएको थियो । उहाँ भन्नुहुन्छ, “पत्रकारिताले मलाई समाज, नागरिकका वास्तविक समस्या र राजनीतिको भित्री पाटो बुझ्न सघायो ।”

निर्वाचनताका जनताको घरदैलोमा पुग्दा डाँगीले झापा–१ का स्थानीय समस्या, जनचाहना र विकासका प्राथमिकतालाई बुझ्ने तथा समाधानका लागि प्रतिबद्धता व्यक्त गर्ने अवसर प्राप्त गर्नुभयो । भ्रष्टाचार, नातावाद र ढिलासुस्तीको चर्को आलोचक रहँदै आउनुभएकी उहाँ इमान्दार बनेर सुशासन कायम गर्न आफूहरूलाई मतादेश प्राप्त भएको मान्नुहुन्छ ।

“हामीलाई प्राप्त मतादेश इमानदारिता र सुशासनका लागि हो”, सांसद डाँगी दृढताका साथ भन्नुहुन्छ, “म आफ्नो भिजन र मिसनमा प्रष्ट छु । अबको यात्रामा मप्रति व्यक्त भएको जनविश्वास र भरोसालाई खेर जाने दिने छैन । देशको हितमा काम गर्नेछु ।”

देश र जनताको हितमा सही नीति निर्माण र निर्णय गर्ने स्थानमा पुग्नुभएकी सांसद डाँगीमा युवा जोश र जाँगरका साथै राजनीतिक अनुभव र परिपक्वतासमेत उत्तिकै रहेको छ । युवा जोश, शैक्षिक निखार र संसदीय अनुभव प्राप्त उहाँबाट झापा–१ का जनताले मात्र होइन, जेनजी आन्दोलनपछि परिवर्तन चाहने सिङ्गो देशका युवाले ठूलो अपेक्षा राखेका छन् ।

Previous Post

महावीरको सानदार जितः ‘विजयपछि उत्सव होइन, जिम्मेवारीको सन्देश’

Next Post

सामाजिक अभियान्ता हुँदै संसद्सम्मको शर्माको यात्रा

metakhabar

metakhabar

सम्बन्धित खबर

सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन

३१ जेष्ठ २०८३,
एकैस्थानमा एक हजार ७१७ जनाले रक्तदान गरेर नयाँ रेकर्ड कायम
जीवन शैली

विश्व रक्तदाता दिवस: सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

३१ जेष्ठ २०८३,
नेपाल र चीनका सगरमाथा आरोही बेजिङमा सम्मानित
आर्थिक

नेपाल र चीनका सगरमाथा आरोही बेजिङमा सम्मानित

३१ जेष्ठ २०८३,
इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन
अन्तर्राष्ट्रिय

अमेरिका–इरान वार्ता अन्तिम चरणमा, पाकिस्तान र साउदी अरबद्वारा स्वागत

३१ जेष्ठ २०८३,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
आवाज

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षाको सम्भावना

३१ जेष्ठ २०८३,
सफल हुन् सहजता त्याग्न सक्नुपर्छ : अभिनेता पीयुष मिश्रा
मनोरञ्जन

सफल हुन् सहजता त्याग्न सक्नुपर्छ : अभिनेता पीयुष मिश्रा

३० जेष्ठ २०८३,
Load More
Next Post
सामाजिक अभियान्ता हुँदै संसद्सम्मको शर्माको यात्रा

सामाजिक अभियान्ता हुँदै संसद्सम्मको शर्माको यात्रा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In