कास्की : कास्की क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रश्मि आचार्यले आज बिहान मतदान गरेका छन्।
एमाले का तर्फबाट उम्मेदवारी दिएका आचार्यले पोखरा महानगर पालिका वडा न ३३ भरत पोखरी वर पाण्डे थूम स्थित श्री शान्ति उदय मा.बि. मतदान केन्द्रमा बिहान ठिक ७:१० बजे आफ्नो मतदान गरेका हुन्।
निर्वाचनको सुरुवाती समयमा नै मतदान केन्द्रमा पुगेर मतदान गरेपछि उनले मतदातालाई उत्साहपूर्वक मतदानमा सहभागी हुन आग्रह समेत गरेका छन्। कास्की–२ मा विभिन्न दलका उम्मेदवारबीच प्रतिस्पर्धा भइरहेका कारण यस क्षेत्रको निर्वाचनलाई विशेष चासोका साथ हेरिएको छ।
देशभर आज बिहानदेखि नै प्रतिनिधि सभा सदस्य चयनका लागि मतदान प्रक्रिया जारी रहेको छ।













