• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, April 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अमेरिकासँग दूरी, युरोपतर्फ बेलायतको झुकाव

    अमेरिकासँग दूरी, युरोपतर्फ बेलायतको झुकाव

    जितगढी विजयउत्सवः राष्ट्रिय स्वाभिमानमा इतिहास रचेको दिन

    जितगढी विजयउत्सवः राष्ट्रिय स्वाभिमानमा इतिहास रचेको दिन

    संयुक्त राष्ट्रसङ्घको महासचिव चयनमा सीमित प्रतिस्पर्धा : शक्ति संघर्ष र कूटनीतिक दबाबले बढायो चासो

    संयुक्त राष्ट्रसङ्घको महासचिव चयनमा सीमित प्रतिस्पर्धा : शक्ति संघर्ष र कूटनीतिक दबाबले बढायो चासो

    गुल्मीमा चरा प्रजातिको सङ्ख्या ३५५ पुग्यो

    गुल्मीमा चरा प्रजातिको सङ्ख्या ३५५ पुग्यो

    काठमाडाैं महानगरले चलायाे त्रिदेवी मन्दिर ठमेलमा बनेको अनाधिकृत संरचनामा डाेजर

    काठमाडाैं महानगरले चलायाे त्रिदेवी मन्दिर ठमेलमा बनेको अनाधिकृत संरचनामा डाेजर

    नेपाल ‘ए’ टोलीको घोषणा

    नेपाल ‘ए’ टोलीको घोषणा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

यी छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने

metakhabar by metakhabar
२१ फाल्गुन २०८२,
0
यी छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र वा त्यसको विकल्पमा अन्य पाँच प्रकारका कागजातका आधारमा मतदान केन्द्र प्रवेश गर्न सकिने आयोगले स्पष्ट पारेको छ ।

मतदाता परिचयपत्रको सक्कल प्रति नभएमा नेपाली नागरिकता, सवारी चालक अनुमतिपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र वा जग्गा धनी प्रमाण पूर्जाको सक्कल प्रतिमध्ये कुनै एकले मतदान गर्न पाइने आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले राससलाई जानकारी दिए ।

मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचन अधिकृतको कार्यालयले प्रशिक्षण दिएपछि केन्द्रमा खटिने अरु कर्मचारीलाई मतदान अधिकृतले प्रशिक्षण दिएर खटाइएको आयोगले जनाएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमा कूल दुई लाख २१ हजार कर्मचारी खटिएका छन् । सत्ततर जिल्लाका १६५ निर्वाचन क्षेत्रका २३ हजार ११२ केन्द्र र समानुपातिकमा मात्र मत हाल्ने १४३ अस्थायी केन्द्रमा ती कर्मचारी खटाइएको आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले बताउनुभयो । उहाँका अनुसार ५०० भन्दाबढी मतदाता भएका केन्द्रमा नौ जना र ५०० भन्दा कम मतदाता भएका केन्द्रमा आठ कर्मचारी खटाउने व्यवस्था मिलाइएको छ ।

जिल्ला आचारसंहिता अनुगमन समितिले आवश्यक व्यक्ति तथा संयन्त्रको परिचालन गरी निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ तथा निर्वाचन आचारसंहिता २०७९ को दफा १७ र १८ बमोजिम निषेध गरिएका कार्य हुन नदिने र कहीँकतै भए गरेको पाइएमा प्रचलित कानुनबमोजिम तत्काल कारबाही गरी आयोगमा जानकारी गराउन आयोगले भनेको छ ।

मतदानको मितिभन्दा सात दिन अगाडिदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध लगाउन आयोगले निर्देशन दिएको छ ।

मतदानको दिनमा अत्यावश्यक सेवाका सवारीसाधन ९एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चार सेवाका साधन, सुरक्षा निकायका सवारीसाधन, विद्युत् मर्मत, खानेपानी तथा ढल मर्मत, दूरसञ्चार सेवा मर्मतका लागि प्रयोग हुने सवारीसाधन०, कूटनीतिक निकायका सवारीसाधन र निर्वाचनको दिनमा प्रयोग गर्ने गरी पास प्राप्त गरेका सवारीसाधनबाहेक अन्य सार्वजनिक तथा निजी सवारीसाधन यही फागुन २० गते राति १२ः०० बजेदेखि फागुन २१ गते साँझ मतदान सम्पन्न नभएसम्मका लागि सञ्चालनमा रोक लगाइने भएको छ ।

मतदानको दिन अन्तरराष्ट्रिय तथा आन्तरिक हवाई उडान यथावत् सञ्चालनको व्यवस्था मिलाइएको छ । अन्तरराष्ट्रिय र आन्तरिकतर्फका हवाई उडानका लागि टिकट भएका यात्रुलाई विमानस्थलदेखि घर÷बसोबास गर्ने होटलसम्म र घर÷बसोबास गर्ने होटलदेखि विमानस्थलसम्म यात्रा गर्दा निजी वा सम्बन्धित एयरलाइन्सले उपलब्ध गराएको सवारीसाधन प्रयोग गर्न दिने व्यवस्था भएको छ ।

निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०८२ अनुसार निर्वाचन मितिभन्दा ७२ घण्टाअघिदेखि सम्बन्धित जिल्लाका अन्तरराष्ट्रिय सीमा नाका बन्द गर्ने व्यवस्था मिलाउने सम्बन्धमा उपयुक्त व्यवस्था मिलाउन नेपाल सरकार, गृह मन्त्रालयलाई सिफारिस गरिएको सहायक प्रवक्ता न्यौपानेले बताए ।

प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि आयोगले ४१ संस्थालाई पर्यवेक्षण अनुमति प्रदान गरेको जनाएको छ । आयोगले अनुमतिप्राप्त संस्थाका करिब पाँच हजार पर्यवेक्षकका लागि परिचयपत्र जारी गरिसकेको जनाएको छ ।

Previous Post

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज

Next Post

प्रतिनिधिसभा सदस्य निर्वाचनः मतदान सुरु

metakhabar

metakhabar

सम्बन्धित खबर

अमेरिकासँग दूरी, युरोपतर्फ बेलायतको झुकाव
फिचर-ब्यानर

अमेरिकासँग दूरी, युरोपतर्फ बेलायतको झुकाव

७ बैशाख २०८३,
जितगढी विजयउत्सवः राष्ट्रिय स्वाभिमानमा इतिहास रचेको दिन
फिचर-ब्यानर

जितगढी विजयउत्सवः राष्ट्रिय स्वाभिमानमा इतिहास रचेको दिन

७ बैशाख २०८३,
संयुक्त राष्ट्रसङ्घको महासचिव चयनमा सीमित प्रतिस्पर्धा : शक्ति संघर्ष र कूटनीतिक दबाबले बढायो चासो
फिचर-ब्यानर

संयुक्त राष्ट्रसङ्घको महासचिव चयनमा सीमित प्रतिस्पर्धा : शक्ति संघर्ष र कूटनीतिक दबाबले बढायो चासो

७ बैशाख २०८३,
गुल्मीमा चरा प्रजातिको सङ्ख्या ३५५ पुग्यो
फिचर-ब्यानर

गुल्मीमा चरा प्रजातिको सङ्ख्या ३५५ पुग्यो

७ बैशाख २०८३,
काठमाडाैं महानगरले चलायाे त्रिदेवी मन्दिर ठमेलमा बनेको अनाधिकृत संरचनामा डाेजर
फिचर-ब्यानर

काठमाडाैं महानगरले चलायाे त्रिदेवी मन्दिर ठमेलमा बनेको अनाधिकृत संरचनामा डाेजर

७ बैशाख २०८३,
नेपाल ‘ए’ टोलीको घोषणा
खेलमैदान

नेपाल ‘ए’ टोलीको घोषणा

७ बैशाख २०८३,
Load More
Next Post
प्रतिनिधिसभा सदस्य निर्वाचनः मतदान सुरु

प्रतिनिधिसभा सदस्य निर्वाचनः मतदान सुरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In