काठमाडौँ, १७ फागुन: नेपाली कांग्रेसका नेता गगनकुमार थापाले बाराको कोल्हबीमा आयोजित सभालाई सम्बोधन गर्दै”हामी यहाँ कोही मधेसका छौँ, कोही पहाडका छौँ, कोही जनै लगाउने छौँ त कोही जनजाति छौँ; सबैलाई मिलाएर लैजानुपर्छ। यहाँका उम्मेदवारलाई जिताइदिनुहोस्। मैले बहुमत पाउँछु, प्रधानमन्त्री बन्छु अनि मैले जादु गर्छु भनेर हुदैन, म जादु र चमत्कारमा विश्वास गर्दिनँ।
परिवर्तन गर्ने हो र परिवर्तनका लागि संकल्प चाहिन्छ। एक्लै हिँडेर हुँदैन, ६,७४३ वडाका प्रमुखलाई सँगै लिएर हिँड्नुपर्छ, प्रदेश सरकारलाई सँगै लिएर हिँड्नुपर्छ र हरेक पार्टी मिलेर अघि बढेपछि मात्र देश चल्छ,” उहाँले भन्नुभयो।
नेपाली कांग्रेसका नेता गगनकुमार थापाले बाराको कोल्हबीमा आयोजित सभालाई सम्बोधन गर्दै”देशलाई तीव्र गतिमा लिएर जान्छौ तर एक्सिडेन्ट (accident) गराउँदैनौँ। हामी समयमा सडक कसरी बनाउने, बन्द भएका उद्योगधन्दा कसरी सुरु गर्ने, स्वास्थ्यको उपचारलाई सस्तो कसरी बनाउने, खाडीमा काम गर्न गएका श्रमिकहरू कसरी नठगिई जाने भन्नेमा केन्द्रित हुनेछौँ।
कामदार बनेर गई फर्केर आउँदा रित्तै गोजी आए पनि नेपालमा नयाँ काम सुरु गर्दै गर्दा कम्तीमा कुनै न कुनै कामको मालिक कसरी बनाउने र अहिले कतार, यूएईमा घरभित्र डरले बस्नुपर्ने बेला उहाँहरूले कमाएको ढुकुटीले राज्य चलाउने मात्र होइन, उहाँहरू डरमा बस्नुपर्दा उहाँहरूको लागि अभिभावकको रूपमा काम गर्ने सरकार बनाउन चाहन्छौ ,भन्ने कुरा बताएका छन्।
नेपाली कांग्रेसका नेता गगनकुमार थापाले बाराको कोल्हबीमा आयोजित सभालाई सम्बोधन गर्दै””अहिले नेपालका बैंकहरूमा जति पैसा पहिले कहिल्यै थिएन, तर कर्जा लिन कोही जाँदैनन्। यस्तो अवस्थामा उत्ताउलो भएर हुँदैन, मान्छेलाई अहिले विश्वास चाहिएको अवस्था छ। सेयर बजारमा काम गर्नेलाई पनि विश्वास चाहिएको छ, साना व्यवसायीलाई पनि विश्वास चाहिएको छ।
मैले मेरो घोषणापत्रमा प्रतिज्ञा गरेर १० लाखसम्म आम्दानी हुनेले कर तिर्नु नपर्ने व्यवस्था लिएर आएको छु। साथै, कम्तीमा १०–१५ वर्षसम्म पनि कर नीति स्थिर रहनेछ। निजी क्षेत्रको मनोबल नबढाएसम्म आर्थिक कारोबार हुँदैन र आर्थिक कारोबार नभएसम्म रोजगारी सिर्जना हुँदैन। नेपालमा वर्षमा ५ लाख रोजगारी सिर्जना हुन आवश्यक छ, तर यहाँ ५० हजार मात्र हुन्छ। सबैका लागि सरकारले मात्र रोजगारी सिर्जना गर्न सक्दैन, त्यसका लागि निजी संस्थाको आवश्यकता पर्छ। त्यसैले सरकारले स्थिर नीति निर्माण गरी लगानीको विश्वास सिर्जना गर्नुपर्छ,” उहाँले बताउनुभयो।











