• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, February 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य बढ्यो

    निर्वाचनपछि सपना कि यथार्थ? नेपालको स्थिरता, अपेक्षा र चुनौतीको कठोर सत्य

    निर्वाचनपछि सपना कि यथार्थ? नेपालको स्थिरता, अपेक्षा र चुनौतीको कठोर सत्य

    बेमौसमी हिमपातले हिमालको सौन्दर्य बढाउँछ

    माइनस डिग्री मुस्ताङको चिसोमा निर्वाचन सरगर्मी

    किन गरिब छ नेपाल र ग्रामीण बस्तीहरू?

    किन गरिब छ नेपाल र ग्रामीण बस्तीहरू?

    चितवनमा थपिए ३४ मतदान केन्द्र

    निर्वाचनका सात दिन बाँकीः कर्णालीमा तीन सय ५९ वटा मतदानस्थल अति संवेदनशील

    बागलुङमा ३८ दिनमा इजाजत प्राप्त ५९ थान बुझाइए हातहतियार

    बागलुङमा ३८ दिनमा इजाजत प्राप्त ५९ थान बुझाइए हातहतियार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
१४ फाल्गुन २०८२,
0
माइनस डिग्री मुस्ताङको चिसोमा निर्वाचन सरगर्मी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुस्ताङ। माइनस डिग्री तापक्रमका बाबजुद मुस्ताङमा निर्वाचन सरगर्मी बढिरहेको छ । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै यहाँ राजनीतिक दल र तिनका उम्मेदवारको प्रचार–प्रसार अभियान पनि उत्कर्षमा छ ।

जतिबेला निर्वाचनको माहोल बन्न सुरु भएकामे थियो, त्यसबेला अर्थात् अघिल्लो महिना माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्री पुगेको थियो । हाल चुनावी माहोल उत्कर्षमा छ र फागुनदेखि भने यहाँको मौसमी तापक्रम घट्दैछ । हाल माथिल्लो मुस्ताङको तापक्रम माइनस १० डिग्रीमा झरेको छ । तल्लो मुस्ताङको तापक्रम पनि माइसन ३ डिग्रीमा छ । यद्यपि, मौसम चिसो र प्रतिकूल बने पनि निर्वाचन प्रचार–प्रसार तीव्र रूपमा भइरहेको छ । तल्लो मुस्ताङको घाँसादेखि नेपाल–चीन सिमानाका कोरलासम्मै निर्वाचनको माहोल तातिएको छ ।

जिल्लामा उम्मेदवारी दर्ता गराएका आठ राजनीतक दलमध्ये छ दल र तिनका उम्मेदवारले निर्वाचनको माहोल तताएका छन् । नेकपा (एमाले), नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र उज्यालो नेपाल पार्टीले प्रचार–प्रसार अभियानलाई तीव्रता दिइरहेका छन् । मङ्गोल नेपाल अर्गनाइजेसन र आम जनता पार्टी र तिनका उम्मेदवारको प्रचार–प्रसार अभियान पनि चलिरहेकै छ ।

निर्वाचनको मिति नजिकिँदै गर्दासमेत जाडो छल्न बँेसी झरेका अधिकांश मतदाता जिल्ला फर्किएका छैनन् । केही मतदाता भने हिमालतर्फ उक्लिन थालेका छन् । मतदातालाई फर्काउन उम्मेदवार र पार्टीले पनि विभिन्न तवरले पहल गरिरहेका छन् ।

यहाँ उम्मेदवारले पूर्वाधार निर्माण, कृषि, पर्यटन, शिक्षालगायत मुस्ताङ जिल्लाको समग्र विकास योजनालाई प्राथमिकतामा राखेर निर्वाचनका कार्यक्रम अघि बढाइरहेका छन् । नेपाल–चीन उत्तरी कोरलानाकाको भन्सार अध्यागमन तथा एकीकृत सुरक्षा पोस्टलगायतका भौतिक पूर्वाधार, निर्माण, कोरलानाका हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतको मानसरोवरको पर्यटन मार्ग तथा पर्यटन विकास, माथिल्लो मुस्ताङको निषेधित तथा नियन्त्रित क्षेत्रको खारेजी, कृषि क्षेत्रमा आधुनिकीकरण तथा खेर गइरहेका जग्गाहरुको समुचित व्यवस्थापन, गुणस्तरीय शिक्षा तथा ब्याचलर सम्मको सबै विषयमा शैक्षिक सुविधा, सडक, पुल, मुस्ताङ—डोल्पा सडकको पूर्णता र मुस्ताङ—मनाङ सडकमार्ग, जलवायु सङ्कटको न्यूनीकरण, सुविधा सम्पन्न स्वास्थ्य पूर्वाधार तथा जनशक्ति व्यवस्थापनलगायतका प्रतिबद्धता लिएर दल तथा उम्मेदवार जनतासमक्ष पुगिरहेका छन् ।

यसैगरी, जिल्लामा अलपत्र विकास योजनालाई अघि बढाउने, युवा उद्यमशीलताको विकास गर्ने तथा मुस्ताङको समग्र पर्यटन विकासको सम्भावनाको खोजी गर्दै पर्यटकीय पूर्वाधार निर्माणमा जोड दिनेलगायत विषय घोषणा गरिएका छन् । मतदाता रिझाउन उम्मेदवारले भूमिहीन सुकुम्वासी तथा अव्यस्थित बसोबासीलाई लालपुर्जा दिलाउन पहल गर्ने तथा मुस्ताङमा २०३० सालमा नापी हुन छुटेका जग्गालाई पुनः नापनक्सा गराउन पहल गर्नेलगायत प्रतिबद्धता जनाइरहेका छन् ।

विसं २०७९ को निर्वाचनसम्म एमाले र कांग्रेसको एकल प्रतिस्पर्धा हुने यस जिल्लामा यसपटक मुख्य गरी चार राजनीतिक पार्टीको प्रतिस्पर्धा हुने आकलन गरिएको छ । हाल नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीको मुख्य प्रतिस्पर्धामा छन् । त्यसो त मतदातालाई आफ्नो पक्षमा पार्न उज्यालो नेपाल र राप्रपाले निर्वाचनमा मुख्य प्रतिस्पर्धी पार्टीलाई चुनौती दिने आकलन गरिएको छ ।

जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले निर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको र दलहरू पनि आफ्ना उम्मेदवार लिएर घरघर गइरहेको बताउनुभयो । निर्वाचनका लागि कर्मचारीहरुको व्यवस्थापन तथा कार्यविभाजन, मतदान केन्द्रमा खटिने कर्मचारीहरूलाई तालिम दिनेलगायत काम सकिएको उहाँले बताउनुभयो ।

निर्वाचनका लागि जिल्लामा एकीकृत सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको छ । निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीबाट ५०१ र सशस्त्र प्रहरीबाट निर्वाचन प्रहरीसहित २०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएका छन् । यसैगरी, नेपाली सेनाले माथिल्लो मुस्ताङ र तल्लो मुस्ताङमा निर्वाचन सुरक्षा बेस क्याम्प स्थापना गरी गस्ती बढाइरहेको छ ।

Previous Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Next Post

मुख्य दलका पूर्वाधार ‘एजेन्डा’: द्रुत मार्गदेखि ‘स्मार्ट ग्रिड’सम्मका प्रतिबद्धता

metakhabar

metakhabar

सम्बन्धित खबर

सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य बढ्यो

१४ फाल्गुन २०८२,
निर्वाचनपछि सपना कि यथार्थ? नेपालको स्थिरता, अपेक्षा र चुनौतीको कठोर सत्य
आर्थिक

निर्वाचनपछि सपना कि यथार्थ? नेपालको स्थिरता, अपेक्षा र चुनौतीको कठोर सत्य

१४ फाल्गुन २०८२,
बेमौसमी हिमपातले हिमालको सौन्दर्य बढाउँछ
आवाज

माइनस डिग्री मुस्ताङको चिसोमा निर्वाचन सरगर्मी

१४ फाल्गुन २०८२,
किन गरिब छ नेपाल र ग्रामीण बस्तीहरू?
फिचर-ब्यानर

किन गरिब छ नेपाल र ग्रामीण बस्तीहरू?

१४ फाल्गुन २०८२,
चितवनमा थपिए ३४ मतदान केन्द्र
आवाज

निर्वाचनका सात दिन बाँकीः कर्णालीमा तीन सय ५९ वटा मतदानस्थल अति संवेदनशील

१४ फाल्गुन २०८२,
बागलुङमा ३८ दिनमा इजाजत प्राप्त ५९ थान बुझाइए हातहतियार
समाचार

बागलुङमा ३८ दिनमा इजाजत प्राप्त ५९ थान बुझाइए हातहतियार

१४ फाल्गुन २०८२,
Load More
Next Post
मुख्य दलका पूर्वाधार ‘एजेन्डा’: द्रुत मार्गदेखि ‘स्मार्ट ग्रिड’सम्मका प्रतिबद्धता

मुख्य दलका पूर्वाधार ‘एजेन्डा’: द्रुत मार्गदेखि ‘स्मार्ट ग्रिड’सम्मका प्रतिबद्धता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In