• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, February 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    निर्वाचन सुरक्षामा उच्च सतर्कता : २७५ बम निष्क्रियकरण टोली तयारी अवस्थामा

    निर्वाचन सुरक्षामा उच्च सतर्कता : २७५ बम निष्क्रियकरण टोली तयारी अवस्थामा

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न निर्वाचन आयोगको निर्देशन

    जेन(जी) आन्दोलनको प्रतिवेद निर्वाचनपछि मात्र सार्वजनिक : न्याय कि राजनीतिक सुविधा?

    जेन(जी) आन्दोलनको प्रतिवेद निर्वाचनपछि मात्र सार्वजनिक : न्याय कि राजनीतिक सुविधा?

    बर्दिबासबाट हर्क साम्पाङको सन्देश : मधेशमाथिको विभेद अन्त्य हुनुपर्छ

    बर्दिबासबाट हर्क साम्पाङको सन्देश : मधेशमाथिको विभेद अन्त्य हुनुपर्छ

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    चितवनमा थपिए ३४ मतदान केन्द्र

    निर्वाचनको समयमा निषेध गरिएका कार्यहरू गरेमा कारबाही गर्न आयोगको अनुरोध

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा : फराकिलो आर्थिक वृद्धि हासिल गर्ने आधार

metakhabar by metakhabar
१३ फाल्गुन २०८२,
0
बैंकिङ प्रणालीबाट थप २५ अर्ब तान्दै राष्ट्र बैंक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चुनावको मुखमा नेपाल राष्ट्र बैंकले गरेको आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले आर्थिक वृद्धिको आशा जगाएको छ ।

फागुन २१ गते हुने चुनावबाट आगामी ५ वर्षका लागि स्थिर सरकार बन्ने अपेक्षाबिच आर्थिक वृद्धिको आशा देखिएको हो ।

राष्ट्र बैंकले मंगलबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा जारी गर्दै वित्तीय क्षेत्रमा न्यून ब्याजदर एवं उच्च तरलता र पर्याप्त विदेशी विनिमय सञ्चिति रहेकाले लगानी अभिवृद्धिमार्फत दिगो र फराकिलो आर्थिक वृद्धि हासिल गर्ने दरिलो आधार बनेको बताएको छ । ‘समग्रमा वित्तीय स्थायित्व कायम रहेको छ । नेपाल सरकारले हालै स्वीकृत गरेको वित्तीय क्षेत्र विकास रणनीतिको प्रभावकारी कार्यान्वयनबाट वित्तीय क्षेत्रलाई थप सुदृढ, सबल, समावेशी र उत्थानशील बनाउन मार्गप्रशस्त भएको छ,’ समीक्षामा भनिएको छ ।

बजारमा माग घट्दा मुद्रास्फीति झरेको थियो । तर मुद्रास्फीति न्यून रहे पनि बढ्दो विप्रेषण आप्रवाह र निर्वाचनका क्रममा हुने आर्थिक गतिविधि विस्तार लगायतले समष्टिगत माग वृद्धि भई मुद्रास्फीति केही बढ्ने अनुमान राष्ट्र बैंकको छ । सरकारको आर्थिक वर्ष ०८२/८३ को बजेटको अर्धवार्षिक समीक्षामा आर्थिक वृद्धि ३.५ प्रतिशत हुने प्रक्षेपण छ ।

मुद्रास्फीति र विदेशी विनिमय सञ्चिति सहज रहेकाले उत्पादनशील क्षेत्रमा लगानी अभिवृद्धिमार्फत समष्टिगत मागमा सुधार ल्याउने अभिप्रायले मौद्रिक र समष्टिगत विवेकशील नियमन व्यवस्थाहरूमा सहजीकरण गरिएको राष्ट्र बैंकले जनाएको छ ।

वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति गत पुसम्म २.४२ प्रतिशत छ । गत वर्ष सोही अवधिमा ५.४१ प्रतिशत थियो । मूल्य सूचकांकमा ३५.५ प्रतिशत भाराङ्क रहेको खाद्य तथा पेय पदार्थ समूहको मूल्य ०.०९ प्रतिशतले घटेका कारण मुद्रास्फीति न्यून भएको हो । यस अवधिमा खाद्यान्न, दाल तथा गेडागुडी, तरकारी र मरमसला लगायत अन्नबालीको मूल्य उल्लेख्य घटेको छ । गैरखाद्य तथा सेवा समूहको विन्दुगत मुद्रास्फीति भने ३.८१ प्रतिशत छ ।

समीक्षा अवधिमा थोक मूल्य सूचकांक र तलब तथा ज्याला सूचकांक बढेकाले आगामी दिनमा मुद्रास्फीतिमा केही चाप पर्ने देखिएको छ । वार्षिक विन्दुगत थोक मुद्रास्फीति ५.१७ प्रतिशत छ । गत पुसमा तलब तथा ज्याला सूचकांक २.८५ प्रतिशतले बढेकामा यसपटक ६.०३ प्रतिशतले बढेको छ ।

आर्थिक वर्ष ०८२/८३ को ६ महिनामा कुल वस्तु निर्यात ४३.८ प्रतिशतले वृद्धि भएर १ खर्ब ४२ अर्ब २ करोड पुगेको छ भने वस्तु आयात १४.२ प्रतिशतले वृद्धि भई ९ खर्ब ३९ अर्ब २ करोड पुगेको छ । समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा १०.१ प्रतिशतले वृद्धि भई ७ खर्ब ९७ अर्ब पुगेको छ ।

समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह ३९.१ प्रतिशतले वृद्धि भएर १० खर्ब ६२ अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ४.२ प्रतिशतले वृद्धि भएको थियो ।

चालु खाता ४ खर्ब २९ अर्ब ९१ करोड र शोधनान्तर ५ खर्ब १ अर्ब २४ करोडले बचतमा छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ६५ अर्ब ६७ करोड र शोधनान्तर २ खर्ब ४९ अर्ब २६ करोडले बचतमा रहेको थियो ।

आर्थिक वर्ष ०८२/८३ को दोस्रो त्रयमाससम्ममा संघीय सरकारको कुल खर्च ३.४ प्रतिशतले र राजस्व परिचालन ३.२ प्रतिशतले बढेको छ । यो अवधिमा नेपाल सरकारको कुल खर्च ६ खर्ब ९० अर्ब २२ करोडमध्ये चालु खर्च ४ खर्ब ८७ अर्ब १४ करोड, पुँजीगत खर्च ४९ अर्ब ४३ करोड र वित्तीय व्यवस्था खर्च १ खर्ब ५३ अर्ब ६५ करोड छ ।

समीक्षा अवधिमा सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकम समेत) ५ खर्ब ७७ अर्ब ४० करोड छ । दोस्रो त्रयमासमा नेपाल सरकारले १ खर्ब ७७ अर्ब ८७ करोड आन्तरिक ऋण र ३४ अर्ब ३७ करोड बाह्य ऋण गरी कुल २ खर्ब १२ अर्ब २४ करोड सार्वजनिक ऋण परिचालन गरेको छ ।

Previous Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Next Post

‘सेफगार्डिङ’ प्रणालीलाई संस्थागत र थप प्रभावकारी बनाउँदै नेपाल रेडक्रस

metakhabar

metakhabar

सम्बन्धित खबर

निर्वाचन सुरक्षामा उच्च सतर्कता : २७५ बम निष्क्रियकरण टोली तयारी अवस्थामा
समाचार

निर्वाचन सुरक्षामा उच्च सतर्कता : २७५ बम निष्क्रियकरण टोली तयारी अवस्थामा

१४ फाल्गुन २०८२,
प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु
समाचार

स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न निर्वाचन आयोगको निर्देशन

१४ फाल्गुन २०८२,
जेन(जी) आन्दोलनको प्रतिवेद निर्वाचनपछि मात्र सार्वजनिक : न्याय कि राजनीतिक सुविधा?
समाचार

जेन(जी) आन्दोलनको प्रतिवेद निर्वाचनपछि मात्र सार्वजनिक : न्याय कि राजनीतिक सुविधा?

१४ फाल्गुन २०८२,
बर्दिबासबाट हर्क साम्पाङको सन्देश : मधेशमाथिको विभेद अन्त्य हुनुपर्छ
समाचार

बर्दिबासबाट हर्क साम्पाङको सन्देश : मधेशमाथिको विभेद अन्त्य हुनुपर्छ

१४ फाल्गुन २०८२,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१४ फाल्गुन २०८२,
चितवनमा थपिए ३४ मतदान केन्द्र
समाचार

निर्वाचनको समयमा निषेध गरिएका कार्यहरू गरेमा कारबाही गर्न आयोगको अनुरोध

१४ फाल्गुन २०८२,
Load More
Next Post
‘मानवतालाई जीवित राखौँ’ नाराका साथ रेडक्रस दिवस मनाइँदै

‘सेफगार्डिङ’ प्रणालीलाई संस्थागत र थप प्रभावकारी बनाउँदै नेपाल रेडक्रस

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In