• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित

    अमेरिकी सङ्घीय न्यायाधीशद्वारा राष्ट्रपति ट्रम्पको ७५ देशीय भिसा प्रतिबन्ध खारेजका लागि आदेश

    मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

    मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    इराकी ट्याङ्करहरूलाई हर्मुज जलमार्ग पार गर्ने अनुमति

    नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

    नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

    दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

    दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कुष्ठरोग प्रभावितसँग सम्बन्धित नीति तथा कानुन पुनरावलोकन गर्न सुझाव

metakhabar by metakhabar
२५ माघ २०८२,
0
कुष्ठरोग प्रभावितसँग सम्बन्धित नीति तथा कानुन पुनरावलोकन गर्न सुझाव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । नेपालमा कुष्ठरोग र सोबाट प्रभावित व्यक्तिविरुद्ध अन्यायपूर्ण रूपमा रहेका विद्यमान नीति तथा कानुनको पुनरावलोकन गर्न एक अध्ययन प्रतिवेदनले सुझाव दिएको छ ।

नेपाल कानुन समाजले सासाकावा हेल्थ फाउन्डेसन जापानको सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको सहकार्यमा गरिएको ‘नेपालमा कुष्ठ प्रभावित व्यक्तिको अधिकार तथा भावी रणनीति अध्ययन प्रतिवेदन, २०८२’ले कुष्ठरोगका कारण हुने सबै प्रकारका विभेद अन्त्य गर्न कानुनी र नीतिगत सुधार आवश्यक रहेको बताएको हो ।

नेपालमा कुष्ठरोग नियन्त्रणमा उल्लेखनीय प्रगति भए पनि रोगका कारण हुने सामाजिक विभेद, कानुनी अस्पष्टता र सेवा पहुँचको कमजोरी अझै कायम रहेको अध्ययनले देखाएको हो । प्रतिवेदनले सन् २०३० सम्म कुष्ठरोगसँग सम्बन्धित सबै प्रकारका विभेद अन्त्य गर्न नीतिगत, कानुनी तथा संरचनागत सुधार अपरिहार्य रहेको निष्कर्ष निकालेको छ ।

अध्ययनले नेपालमा कुष्ठरोग उन्मूलन घोषणा गरिए पनि सङ्क्रमण पूर्ण रूपमा अन्त्य नभएको र रोगका कारण प्रभावित व्यक्तिहरू अझै सामाजिक, कानुनी तथा आर्थिक विभेदको सामना गरिरहेका उक्त अध्ययनले देखाएको छ ।

कुष्ठरोग औषधि सेवनपछि निको हुने र अरुलाई नसर्ने रोग हो । हाल नेपालमा करिब दुई लाखको सङ्ख्यामा कुष्ठरोग प्रभावित व्यक्ति रहेका र करिब दुई हजारदेखि दुई हजार ५०० सम्म व्यक्ति बर्सेनि यो रोगको सङ्क्रमणमा पर्ने गरेको पाइएको छ । तथ्यांकहरुमा मधेस तथा लुम्बिनी प्रदेशका तराईका ११ जिल्लामा अहिले पनि प्रति १० हजारमा एक जनाभन्दा बढी व्यक्ति कुष्ठ प्रभावित भएकाले ती जिल्लालाई अति कुष्ठ प्रभावित जिल्ला मानिएको छ ।

नेपाल कानुन समाजका प्रमुख कार्यकारी निर्देशक कृष्णमान प्रधानले कुष्ठरोग प्रभावित व्यक्तिले सो रोगका कारण भोग्ने शारीरिक पीडा त छँदै छ त्यो भन्दा पनि गम्भीर कुष्ठ प्रभावित व्यक्तिलाई गरिने सामाजिक विभेद रहेको बताए । उनका अनुसार अहिले पनि कुष्ठ प्रभावित व्यक्तिलाई परिवार र समाजबाट निकाल्ने र अपमानपूर्ण व्यवहार हुने गरेको पाइएको छ ।

उनले भने, “कुष्ठरोगबाट प्रभावित व्यक्ति र परिवारले आजको समयमा के कस्ता समस्या भोगिरहेका छन्, संविधान र कानुनले दिएको उनीहरूको हक र अधिकार कसरी प्रयोग भइरहेको छ, यसमा सम्बन्धित सरोकारवालाको भूमिका कस्तो छ, यसबारेमा राज्यको स्पष्ट नीति कस्तो छ भन्ने एकिन गर्न हामीले अध्ययन गरेका हौँ ।”

त्यसैगरी, अध्ययनले कुष्ठरोग प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्ने उद्देश्यले विद्यमान नीति, कानुन र संस्थागत संरचनाको समीक्षा गरेको थियो । तर अध्ययनपश्चात निष्कर्षमा विभिन्न कानुनहरूमा अझै पनि कुष्ठरोगका आधारमा हुने विभेद अन्त्य गर्न स्पष्ट र प्रभावकारी व्यवस्था नभएको पाइएको छ ।

नेपालको संविधानले सबै प्रकारका विभेदलाई निषेध गर्दै कानुनबमोजिम दण्डनीय हुनेगरी मौलिक हकको व्यवस्था गरेको छ । कसैलाई जाति, लिङ्ग वा अन्य यस्तै आधारमा मात्र होइन व्यक्तिको शारीरिक र स्वास्थ्य अवस्थाका आधारमा समेत भेदभाव गर्न नपाइने संविधानमा उल्लेख छ ।

प्रतिवेदनमा उल्लेख भएअनुसार केही कानुनी प्रावधानहरूमा कुष्ठरोगका कारण विवाह बदर गर्न सकिने व्यवस्थाजस्ता विभेदकारी धाराहरू अझै संशोधन हुन बाँकी छन् । यस्ता व्यवस्थाले प्रभावित व्यक्तिको सम्मानजनक जीवनयापन र सामाजिक पुन: एकीकरणमा बाधा पुर्‍याएको अध्ययनले औँल्याएको छ ।

अध्ययनले प्रदेश र स्थानीय तहलाई आवश्यक अधिकार, बजेट र जिम्मेवारी प्रदान गरी प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न, कुष्ठरोग प्रभावित व्यक्तिको सामाजिक पुनस् एकीकरणका लागि जीविकोपार्जन तथा सशक्तीकरण कार्यक्रम सञ्चालन गर्न, व्यापक जनचेतना कार्यक्रममार्फत समाजमा रहेको डर, भ्रम र कलंक अन्त्य गर्न ध्यानाकर्षण गराएको छ ।

अध्ययनले कुष्ठरोगलाई केवल स्वास्थ्य समस्याको रूपमा नभई मानवअधिकारको विषयका रूपमा हेर्नुपर्नेमा जोड दिएको छ । राज्यले संविधान र अन्तर्राष्ट्रिय सन्धिहरूअनुसार प्रभावित व्यक्तिको सम्मान, सुरक्षा र समान अवसर सुनिश्चित गर्नुपर्ने प्रतिवेदनको ठहर छ ।

त्यसैगरी, कुष्ठरोग उन्मूलनको लक्ष्य हासिल गर्न कानुनी सुधार, सामाजिक चेतना र प्रभावकारी सेवा प्रवाहलाई एकसाथ अघि बढाउनुपर्ने अध्ययनले सन्देश दिएको छ । विसं २०८२ वैशाख २५ र २६ गते काठमाडौँमा सम्पन्न पहिलो राष्ट्रिय कुष्ठ रोग सम्मेलन कार्यक्रमबाट प्राप्त सुझावहरूलाई समावेश गरी यो अन्तिम प्रतिवदन तयार गरेर हालै सार्वजनिक गरिएको हो ।

Previous Post

धादिङमा सवारी दुर्घटना, एक जनाको मृत्यु

Next Post

स्थानीयस्तरका महोत्सवले पर्यटन प्रवर्द्धनमा टेवा

metakhabar

metakhabar

सम्बन्धित खबर

मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
अन्तर्राष्ट्रिय

अमेरिकी सङ्घीय न्यायाधीशद्वारा राष्ट्रपति ट्रम्पको ७५ देशीय भिसा प्रतिबन्ध खारेजका लागि आदेश

७ भदौ २०८३,
मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो
आवाज

मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

७ भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

इराकी ट्याङ्करहरूलाई हर्मुज जलमार्ग पार गर्ने अनुमति

७ भदौ २०८३,
नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित
आवाज

नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

७ भदौ २०८३,
दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस
अन्तर्राष्ट्रिय

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

७ भदौ २०८३,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

७ भदौ २०८३,
Load More
Next Post
स्थानीयस्तरका महोत्सवले पर्यटन प्रवर्द्धनमा टेवा

स्थानीयस्तरका महोत्सवले पर्यटन प्रवर्द्धनमा टेवा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In