• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का

    ‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का

    खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

    खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

    एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

    एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

    ‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

    ‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

    गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

    गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

    युरोपको कडा आप्रवासन मोड

    युरोपको कडा आप्रवासन मोड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जङ्गलमा बास, जोखिमपूर्ण जीवन

metakhabar by metakhabar
११ माघ २०८२,
0
जङ्गलमा बास, जोखिमपूर्ण जीवन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

घोडाघोडी (कैलाली),  कैलालीको चुरे गाउँपालिका-४ पनेरुगडास्थित जङ्गलको बीचमा विश्नादेवी महराको परिवार पाँच वर्षदेखि पालमुनी आश्रय लिएर बस्दै आएको छ । विसं २०७७ मा चुरे गाउँपालिका-४ को गौजनामा आएको पहिरोले उहाँको १६ रोपनी जमिनसहित घरखेत बगाएपछि पाँच जनाको परिवार विस्थापित भएको थियो ।

विस्थापित भएपछि उहाँको परिवार जङ्गलमा बस्दै आएको थियो । त्यहाँबाट पनि वन कार्यालयले हटाएपछि केही समय गौशालामा बस्नुपरेको विश्नादेवीले बताउनुभयो । त्यहाँबाट पनि हटाइएपछि पुनः पनेरुगडाको जङ्गलमा फर्किएर बस्न बाध्य भएको उहाँले उल्लेख गर्नुभयो ।

विश्नादेवीले भन्नुभयो, “घरबार नै नभएपछि जङ्गलमा बस्नुपर्ने बाध्यता आएको हो ।” छोरी ठूलो भइसकेकाले जङ्गलमा बस्न असुरक्षित महसुस भएपछि उहाँले छोरीलाई आफन्तकहाँ राखेर पढाइरहनुभएको छ । दुई छोरासँगै जङ्गलमा बसिरहेकी विश्नादेवीका श्रीमान् रोजगारीको सिलसिलामा भारतमा हुनुहुन्छ । आफू भने मजदुरी गरेर परिवारको जीविकोपार्जन गर्दै आएको उहाँले बताउनुभयो ।

भाडामा बस्ने क्षमता नभएको भन्दै जङ्गलमा बस्दा छोराछोरीको भविष्य जोखिममा पर्ने चिन्ताले सताउने उहाँको भनाइ छ । “जङ्गलमा बाघसहित जङ्गली जनावरको त्रास भएकाले रातभरि आगो बाल्दै सबै एक ठाउँमा जम्मा भएर बस्नुपर्छ”, उहाँले भन्नुभयो, “सामुदायिक वन समूहले यहाँबाट अन्यत्र जान पनि भनिरहेको छ । रहर कसलाई हुन्छ र ज्यान जोखिममा पारेर बस्न ? तर जाने ठाउँ कतै छैन । बरु मारुन्, कतै जान्न ।”

विश्नादेवी जस्तै कमला रोका मगरको परिवार पनि २०७७ सालदेखि पनेरुगडाकै जङ्गलमा पालमुनी जीवन बिताइरहेको छ । “हावाहुरी चल्दा रूख ढल्छ कि भन्ने त्रास, राति जङ्गली जनावर आइपुग्छन् कि भन्ने डरका बीचमा दिन काट्नु दैनिकी बनेको छ । उठेर जान पनि भनिरहे पनि जाने ठाउँ छैन । राम्रो घरमा बस्ने मन हाम्रो पनि छ, तर कहाँ जाने ?”, उहाँले प्रश्न गर्नुभयो ।

यसै क्षेत्रमा चुरे गाउँपालिका-६ का डबलबहादुर कार्की पनि पालमुनी बस्दै आउनुभएको छ । उहाँका अनुसार सुरुमा यहाँ धेरै विस्थापित परिवार थिए । “कतिपय रोजगारीका लागि भारत गए, केही पहिरो गएको आफ्नै ठाउँतिर फर्किएका छन् ।

“हाम्रो त केही पनि बचेको छैन, कहाँ जानु ? सोही कारणले यहाँ बसिरहेका छौँ”, कार्कीले भन्नुभयो । पालिकाले हाललाई यहाँ बसोबासका लागि अनुमति दिए पनि सुरक्षित र स्थायी बसोबासको कुनै सुनिश्चितता नभएको उहाँले गुनासो गर्नुभयो ।

पनेरुगडा क्षेत्रमा मात्रै यस्ता २५ भन्दा बढी परिवार पाल टाँगेर बसिरहेका छन् । चुरे-४ का वडाध्यक्ष चन्द्रबहादुर लामिछाने मगरका अनुसार २०७७ सालको बाढीपहिरो र अन्य प्राकृतिक विपद्का कारण विस्थापित एक सय १६ परिवार पनेरुगडा, टाँकगडा, बालुवागडा, चुरे-१ को खामाहाले, खानीडाँडालगायत क्षेत्रमा अस्थायी रूपमा बसोबास गर्दै आएका छन् ।

सुरुमा घरविहीन भन्दै करिब सात सय परिवार वन क्षेत्रमा बसेको देखिए पनि गाउँपालिकाको छानबिनपछि ११६ परिवार मात्रै पूर्ण रूपमा घरबारविहीन रहेका पाइएको वडाध्यक्ष मगरले जानकारी दिनुभयो । वन कार्यालयले विसं २०७९ मा अतिक्रमण भएको भन्दै धेरैलाई हटाए पनि वास्तविक पीडित भने अझै जङ्गलमा बस्न बाध्य भएका उहाँको भनाइ छ ।

वडाध्यक्ष लामिछाने मगरले भन्नुभयो, “विस्थापितहरूको समस्या समाधानमा हामी गम्भीर छौँ । तर, स्थानीय तहसँग उहाँहरूलाई तत्काल व्यवस्थापन गर्ने आफ्नो जमिन छैन । वन कार्यालयले हटाउने भनिरहेको छ, तर उहाँहरूको जाने ठाउँ छैन । यही कारण यहाँ जोखिमपूर्ण अवस्थामा बस्न बाध्य छन् ।”

जोखिममा बालबालिकाको शिक्षा

यहाँ बस्ने बालबालिकालाई विद्यालय जान पनि चुनौतीपूर्ण रहेको अभिभावक बताउँछन् । यहाँका बालबालिका गौरीगङ्गा नगरपालिका-३ स्थित श्री शिवनमूना आधारभूत विद्यालयमा पढ्न जान्छन् । दीपेन्द्र महरा कक्षा ६ मा पढ्नुहुन्छ । दीपेन्द्रले भन्नुभयो, “वर्षाको समयमा बाढी आएपछि विद्यालय जान सकिँदैन । अन्य समयमा पनि बाघसहित जङ्गली जनावरको त्रास हुन्छ ।” रमेशबहादुर महरा पनि कक्षा ७ मा पढ्नुहुन्छ ।

“बिहानको समयमा स्कुल जाँदा अभिभावक आधा बाटोसम्म पुर्‍याउन जानुपर्छ”, उहाँले भन्नुभयो । “विद्यालय जान र आउन दैनिक करिब चार घण्टा हिँड्नुपर्छ । बाटोमा जङ्गली जनावरको डर पनि लाग्छ”, मनिषा रोका मगरले भन्नुभयो, “जसोतसो विद्यालय गइरहेका छौँ । यसको दीर्घकालीन समाधानका लागि सरोकार भएका निकायलाई आग्रह गर्दछौँ ।”

Previous Post

पर्यटकको रोजाइमा वेतना सिमसार

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar

metakhabar

सम्बन्धित खबर

‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का
मनोरञ्जन

‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का

१६ चैत्र २०८२,
खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो
फिचर-ब्यानर

खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

१६ चैत्र २०८२,
एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार
आवाज

एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

१६ चैत्र २०८२,
‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा
फिचर-ब्यानर

‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

१६ चैत्र २०८२,
गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै
आर्थिक

गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

१६ चैत्र २०८२,
युरोपको कडा आप्रवासन मोड
अन्तर्राष्ट्रिय

युरोपको कडा आप्रवासन मोड

१६ चैत्र २०८२,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In