• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

    भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

    दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

    दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

    जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

    जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

    छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

    छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

    बढघर हुनु त यस्तो पो …

    बढघर हुनु त यस्तो पो …

    दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

    दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

डिजिटल युगमा पत्रकारिता र मिथ्या सूचनासम्बन्धी पुस्तक सार्वजनिक

metakhabar by metakhabar
१० माघ २०८२,
0
डिजिटल युगमा पत्रकारिता र मिथ्या सूचनासम्बन्धी पुस्तक सार्वजनिक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, १० माघः डिजिटल युगमा पत्रकारिता, मिथ्या सूचना र तथ्यजाँचसम्बन्धी तीनवटा पुस्तक सार्वजनिक गरिएको छ ।

सेन्टर फर मिडिया रिसर्च नेपाल र जर्नलिजम एकेडेमीले शुक्रबार आयोजना गरेको कार्यक्रममा डिजिटल युगमा पत्रकारिता, मिथ्या सूचना र तथ्यजाँचका साथै डिजिटल परिदृश्य पुस्तक विमोचन गरिएको हो ।

डिजिटल युगमा पत्रकारिता पुस्तक जर्मनीका पत्रकारहरू स्टेफान मोल र तन्जिभ शुल्जले लेख्नुभएको हो । जर्मन भाषामा लेखिएको सो पुस्तकलाई लक्ष्मण श्रेष्ठ, तिलक पाठक र उज्ज्वल आचार्यले नेपाली भाषामा अनुवाद एवं सम्पादन गर्नुभएको हो ।

पुस्तकमा डिजिटलाइजेसनको युगमा मिडिया र पत्रकारिता, पत्रकारिताका शैली, सम्पादकीय व्यवस्थापन, सम्पादकीय जिम्मेवारी, पत्रकारिताको गुणस्तरलगायतका पक्षमा बहुआयामिक ढङ्गले चर्चा गरिएको छ । उज्ज्वल आचार्य र उमेश श्रेष्ठले लेख्नुभएको मिथ्या सूचना र तथ्यजाँचसम्बन्धी पुस्तकमा मिथ्या सूचना, मिथ्या सूचनाको प्रतिकार, तथ्यजाँच प्रक्रिया, मिडिया साक्षरतालगायत विषय समावेश गरिएको छ ।

डिजिटल परिदृश्य पुस्तक पत्रकार तथा त्रिभुवन विश्वविद्यालय उपप्राध्यापक ऋषिकेश दाहालले लेखेका हुन् । यो पुस्तकमा प्रतिमान परिवर्तनमा पत्रकारिता, अनलाइन समाचारको मूल्य, डिजिटल मिडिया र पत्रकारिता, युट्युबमा सम्पादकहरूको यात्रा, समाचारमा प्रतिलिपि अधिकारसहितका विषयलाई केलाइएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले पत्रकारिता र सोसल मिडियामा मिथ्या सूचनाको प्रभाव परेको उल्लेख गर्दै निर्वाचनमा हुनसक्ने मिथ्या सूचनाप्रति सजग हुन जरुरी रहेको बताउनुभयो ।

वरिष्ठ पत्रकार प्रतीक प्रधानले प्रविधि, सोसल मिडिया र नागरिक पत्रकारिताका कारण पत्रकारितामा चुनौती थपिएको र पत्रकारिताले विश्वास जगाउन सक्ने पर्ने धारणा व्यक्त गर्नुभयो ।

डिजिटल युगमा पत्रकारिताका लेखक स्टेफान मोलले विज्ञापन इन्टरनेटमा आधारित मिडियामा केन्द्रित हुँदै गइरहेको र पत्रकारहरू मिथ्या सूचनाविरुद्ध लड्नुपर्ने भएकाले पत्रकारितामा चुनौती थपिएको बताउनुभयो ।

सेन्टर फर मिडिया रिसर्च नेपालका अध्यक्ष नवीन खतिवडाले नेपालमा निर्वाचनका बेला मिथ्या सूचनालाई न्यूनीकरण गरी सत्यलाई स्थापित गर्न आवश्यक रहेको बताउनुभएको थियो ।

Previous Post

हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

Next Post

आजको मौसम : उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात र वर्षाको सम्भावना

metakhabar

metakhabar

सम्बन्धित खबर

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण
अन्तर्राष्ट्रिय

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

७ जेष्ठ २०८३,
दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए
आर्थिक

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

७ जेष्ठ २०८३,
जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु
आर्थिक

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

७ जेष्ठ २०८३,
छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा
आर्थिक

छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

७ जेष्ठ २०८३,
बढघर हुनु त यस्तो पो …
आर्थिक

बढघर हुनु त यस्तो पो …

७ जेष्ठ २०८३,
दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन
आर्थिक

दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

७ जेष्ठ २०८३,
Load More
Next Post
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

आजको मौसम : उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात र वर्षाको सम्भावना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In