चाणक्यका केही अमर वाणीहरुः
१. विवेक पाएको गुणले सुन्दरता प्राप्त गर्दछन् । जसरी सुनमा जडिएको रत्न ज्यादै शोभायमान हुन्छ ।
२. जो मानिस कुनै गुणी व्यक्तिको आश्रित हुँदैन त्यो व्यक्ति ईश्वरीय गुणले सम्पन्न भए पनि कष्ट झेल्दछ । जसरी अनमोल श्रेष्ठ मणिलाई पनि सुनको आवश्यकता पर्दछ । अर्थात् सुवर्णमा जडित भए पछि नै त्यसको शोभामा चन्द्रमाको सुन्दरता जोडिन्छ ।
३. विगतलाई लिएर शोक गर्न हुँदैन, भविष्यमा के होला भनेर चिन्ता गर्नु हुँदैन । वर्तमानको समयलाई हेरेर नै विद्वान्ह कुनै कार्यमा लाग्दछन् ।
४. यो संसार रुपी विष–वृक्षमा दुई अमृत समान मीठा फल फल्दछन् । एउटा मधुुर वाणी र अर्काे सत्संगति, मधुर वाणी र असलको सङ्गत गर्नाले विषवृक्षको प्रभाव नष्ट हुन्छ र उसको कल्याण हुन्छ ।
५. जहाँ राजा हुँदैन त्यहाँ सबलले दुर्बललाई खान्छ तर जहाँ राजा हुन्छ त्यहाँ निर्बल पनि सबल बन्छ ।
६. स्त्रीको गुरु पति हो । अतिथि सबैको गुरु हो । चारै वर्णको गुरु ब्राह्मण हो ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













