• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, February 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नेपाललाई निर्वाचन सम्बन्धी सहयोगको तेस्रो खेप उपहारस्वरुप प्रदान

    नेपाललाई निर्वाचन सम्बन्धी सहयोगको तेस्रो खेप उपहारस्वरुप प्रदान

    मेक्सिकामा जब्त हतियारमध्ये ७७ प्रतिशत अमेरिका बाटै आएको खुलासा

    मेक्सिकामा जब्त हतियारमध्ये ७७ प्रतिशत अमेरिका बाटै आएको खुलासा

    नयाँ वर्षले चीनमा यात्राको रेकर्ड तोड्ने सङ्केत

    नयाँ वर्षले चीनमा यात्राको रेकर्ड तोड्ने सङ्केत

    चार सय ९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन

    चार सय ९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन

    काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ

    काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ

    बेनीको चक्रपथलाई सुरक्षित बनाउन ‘रेलिङ’ राखियो

    बेनीको चक्रपथलाई सुरक्षित बनाउन ‘रेलिङ’ राखियो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मुहार फेर्दै डिभिजन वन कार्यालय बाँके

metakhabar by metakhabar
२२ पुस २०८२,
0
मुहार फेर्दै डिभिजन वन कार्यालय बाँके
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जानकी (बाँके), २२ पुसः डिभिजन वन कार्यालय बाँकेले कार्यालयलाई आधुनिक, प्रविधिमैत्री डिजिटल र सेवामैत्री बनाउने लक्ष्यसहित भौतिक निर्माण, पुनःसंरचना र सौन्दर्यकरण(बगैँचा) निर्माण तीव्र रूपमा गरिरहेको छ । जीर्ण अवस्थामा रहेको कार्यालय परिसर निर्माण, मर्मतसम्भार गर्दै संरचनात्मक सुधार र दृश्यात्मक आकर्षण थप्ने कामको औपचारिक शुभारम्भ गरिएको हो ।

डिभिजन वन कार्यालयका सिनियर डिभिजन वन अधिकृत शङ्करप्रसाद गुप्ताले भन्नुभयो, “हामीले चालु आर्थिक वर्षदेखि यस कार्यालयलाई नयाँ र आकर्षक बनाउने उद्देश्यले आवश्यक मर्मतसम्भार र केही भौतिक संरचनाको निर्माण सुरु गरेका छौँ ।”

अहिलेको कार्यालय संरचना कर्मचारी सङ्ख्या र सेवाग्राहीको चापअनुसार पर्याप्त नभएको बताउँदै उहाँले नयाँ भवन निर्माण र भौतिक सुधारपछि सेवा प्रवाह अझ छरितो, व्यवस्थित र प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँका अनुसार कार्यालयको मुख्य प्रवेशद्वार पुनःसंरचना गर्नुका साथै प्रवेशद्वार पूर्ण रूपमा पुनर्निर्माण गरिएको छ । “यसअघि प्रवेशद्वारको मर्मत नहुँदा सहायक वैकल्पिक द्वार प्रयोग गर्नुपथ्र्यो”, उहाँले भन्नुभयो, “रु एक लाखको लागतमा नयाँ प्रवेशद्वार निर्माण भएपछि आवतजावत सहज भएको छ ।” मुख्य प्रवेशद्वार अगाडि रहेको खाल्डो पुर्न १० टिपर माटो प्रयोग गरिएको उहाँले जानकारी दिनुभयो ।

कार्यालयलाई डिजिटल र सूचनामैत्री बनाउने उद्देश्यले दुई वटा डिजिटल बोर्ड स्थापना गरिएको छ । साथै, यसअघि आधा भागमा मात्र सीमित रहेको कार्यालय पर्खाललाई चालु आर्थिक वर्षमा पूर्ण गरिएको वन अधिकृत गुप्ताले जानकारी दिनुभयो ।

“पहिला पर्खाल आधा थियो । तर यही आवमा हामीले रु १३ लाखभन्दा बढी लागतमा पर्खाल निर्माण सम्पन्न गरेका छौँ”, गुप्ताले भन्नुभयो, “अब त्यसमा रङरोगन गरी वन, वातावरण र वन्यजन्तु झल्काउने चित्रहरू कोरेर थप आकर्षक बनाउने कार्य भइरहेको छ ।”

कार्यालय परिसरभित्र कर्मचारी र सेवाग्राहीका लागि विश्रामस्थलको व्यवस्था गर्दै काठ र खरको गोल घर पनि निर्माण गरिएको छ । कार्यालयलाई अझ आकर्षक बनाउन परिसरमा रहेको बाघ, हात्तीलगायत मूर्तिलाई रङरोगन गरी नयाँ रूप दिइएको छ । दुई कठ्ठा क्षेत्रफलमा फैलिएको फूलबारीको गोडमेल गरी हिउँदे फूलहरू रोपिएको छ भने परिसरभित्र उम्रिएका सानाठूला झाडी कटान गरी व्यवस्थित गरिएको छ ।

यसैक्रममा, डिभिजन वन कार्यालयमा नयाँ भवन निर्माण पनि औपचारिक रूपमा सुरु भएको छ । लुम्बिनी प्रदेश सरकार, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वन निर्देशनालयको पहलमा कार्यालयका लागि तीन तले नयाँ भवन निर्माण हुन लागेको वन अधिकृत गुप्ताले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त भवन ३६ कोठाको हुनेछ ।

प्रदेश सरकारको बजेट स्रोतबाट निर्माण हुन लागेको यस आयोजनाको अनुमानित कूल लागत रु तीन करोड ५० लाख ६० हजार ६६७ रहेको डिभिजनल वन अधिकृत गुप्ताले जानकारी दिनुभयो ।

सो भवन निर्माणका लागि रु दुई करोड ६० लाख ३४ हजार २७८ मा ठेक्का सम्झौता गरिएको कार्यालयले जनाएको छ । गुप्ताका अनुसार गत साउन ७ गते ठेक्का सम्झौता सम्पन्न भएको यो भवन विसं २०८४ असार १५ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

“वन संरक्षण, व्यवस्थापन र वनसम्बन्धी सेवालाई एउटै स्थानबाट व्यवस्थित रूपमा सञ्चालन गर्न आधुनिक पूर्वाधार आवश्यक थियो”, गुप्ताले भन्नुभयो, “यो नयाँ भवनले हाम्रो कार्यसम्पादन क्षमतामा उल्लेखनीय सुधार ल्याउने हामीले विश्वास लिएका छौँ ।” उहाँका अनुसार निर्माण गुणस्तरीय र समयमै सम्पन्न होस् भन्ने उद्देश्यले नियमित अनुगमन र प्राविधिक मूल्याङ्कन गरिएको छ ।

“सरकारी लगानीको सदुपयोगमा कुनै सम्झौता हुँदैन”, उहाँले भन्नुभयो, “आन्तरिक बोलपत्र प्रक्रियामार्फत अघि बढाइएको यो आयोजना सम्पन्न भएपछि बाँके जिल्लामा वन संरक्षण, जैविक विविधता व्यवस्थापन तथा वनसम्बन्धी सेवा प्रवाह थप प्रभावकारी हुने अपेक्षा गरिएको छ ।” नयाँ संरचनाले कर्मचारीका लागि सुरक्षित, सुविधायुक्त कार्यस्थल र सेवाग्राहीका लागि सहज तथा मैत्रीपूर्ण वातावरण प्रदान गर्ने विश्वास कार्यालयले व्यक्त गरेको छ ।

Previous Post

अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा

Next Post

आदिवासी जनजाति महोत्सवः तीन जातिका नमुना घर निर्माण

metakhabar

metakhabar

सम्बन्धित खबर

नेपाललाई निर्वाचन सम्बन्धी सहयोगको तेस्रो खेप उपहारस्वरुप प्रदान
अन्तर्राष्ट्रिय

नेपाललाई निर्वाचन सम्बन्धी सहयोगको तेस्रो खेप उपहारस्वरुप प्रदान

१ फाल्गुन २०८२,
मेक्सिकामा जब्त हतियारमध्ये ७७ प्रतिशत अमेरिका बाटै आएको खुलासा
अन्तर्राष्ट्रिय

मेक्सिकामा जब्त हतियारमध्ये ७७ प्रतिशत अमेरिका बाटै आएको खुलासा

२९ माघ २०८२,
नयाँ वर्षले चीनमा यात्राको रेकर्ड तोड्ने सङ्केत
फिचर-ब्यानर

नयाँ वर्षले चीनमा यात्राको रेकर्ड तोड्ने सङ्केत

२९ माघ २०८२,
चार सय ९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन
फिचर-ब्यानर

चार सय ९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन

२९ माघ २०८२,
काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
फिचर-ब्यानर

काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ

२९ माघ २०८२,
बेनीको चक्रपथलाई सुरक्षित बनाउन ‘रेलिङ’ राखियो
फिचर-ब्यानर

बेनीको चक्रपथलाई सुरक्षित बनाउन ‘रेलिङ’ राखियो

२९ माघ २०८२,
Load More
Next Post
आदिवासी जनजाति महोत्सवः तीन जातिका नमुना घर निर्माण

आदिवासी जनजाति महोत्सवः तीन जातिका नमुना घर निर्माण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In